Thursday, May 6, 2021
Home Breaking News बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

राजधानी समाचारदाता,

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

गायक तथा सामाजिक अभियानकर्मी सदाको निधन

गायक तथा सामाजिक अभियानकर्मी गुरुशरण सदाको निधन भएको छ । सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको सोमबार साँझ निधन भएको हो । लामो समयदेखि सामाजिक तथा सङ्गीत क्षेत्रमा क्रियाशील सदाको मृत्यु भएको छ । पछिल्लो तीन/चार दिनदेखि बान्ता हुने, उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदाको मृत्यु भएको मृतकका जेठान अरुण सदाले जानकारी दिए ।

अचानक बेहोस भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लाने क्रममा लहान पुग्दानपुग्दै उनको बाटोमै मृत्यु भएको परिवारजनले जनाएका छन् । उनी सेभ द चिल्ड्रन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काठमाडौँ कार्यालयमा बसेर काम गर्दै आएका थिए ।

केही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए । उनकी श्रीमती शान्ति सदा पनि सङ्गीत क्षेत्रमा सक्रिय थिइन। सदा दम्पतीका दर्जन बढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैँले अभिनय गरेको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली ।  भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६...

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

ट्रेन्डिङ

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

मेस्सीले भंग गरे पेलेको कीर्तिमान

लन्डन । एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमान लियोनल मेस्सीले भंग गरेका छन् । उनले स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४४ गोल गरेर...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीका लागि नेपालको आधिकारिक विक्रेताले नयाँफोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुला गरेको छ । सन् २०१३...

ओलम्पिक सार्न माग

ओस्लो । आउदो जुलाई र अगस्टमा एसियाली मुलुक जापानमा विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक–२०२० हुने तय छ । ओलम्पिक हुन चार महिना बाँकी छ...

राजस्व छलीका घटना धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६...

राज्यमन्त्री दुगडको उद्योगमाथि छानबिन सुरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले...

जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथिको अपराध पनि

काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको...

बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ । गांगबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४...

मुस्ताङी सांसद विष्टको सामाजिक कार्य

पोखरा । मुस्ताङ्गी सांसद इन्द्रधारा बिष्ट अन्यभन्दा फरक छन् । उनी सदा जनताको दुःखपीर आफ्नो भन्ठान्छन् । नभए हेरौ न लकडाउनका बेला झरि परिरहँदा...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)