ह्यास फोटो नेपालमा बारपाक

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यसपटक बारपारका फोटाको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँ हो । सो ठाउँको प्रचारप्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो ।

आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिका’boutको प्रशिक्षणसमेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए ।

प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटाको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनीअन्तर्गत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महŒव उजागर गर्ने उद्देश्यका साथ विभिन्न अनलाइन कार्यक्रमको आयोजना गरिएको छ ।

बारपाक पहिलेदेखि नै एउटा आन्तरिक एवं बाह्य पर्यटनको स्थल हो र त्यस बेलादेखि खिचिएका फोटो प्रदर्शनीमार्फत सार्वजनिक गर्न सकिने र फोटो ग्राफरलाई उचित कदर गर्न सकिने बताए

प्रदर्शनी वैशाख १० बाट सुरु हुँदै छ । उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका वेशभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृश्यावलोकन गर्न सकिने स्थल, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिनेछन् ।

तीनवटा उत्कृष्ट फोटालाई पुरस्कृत गरिने बताइएको छ । प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजारको समेत व्यवस्था गरिएको छ । फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रमसमेत आयोजना गरिनेछ ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हिमालको काख रहेको एउटा पुरानो लाहुरेको बस्ती बारपाक २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चाको शिखरमा छ । बारपाकसँग नाम जोडिएको बारपाक गाउँपालिका एउटा महŒवपूर्ण सम्पत्तिका रूपमा रहेको छ । बारपाक गाउँको कला, संस्कृति र यसको पर्यटकीय आयाम उजागर गर्न गरिएको अनलाइन कार्यक्रमप्रति गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न, थप विस्तार गर्न र योगदानको कदर गर्न पर्ने र गर्न सकिने विषयमा सहयोग गर्न सकिने बताए ।

बारपाक पहिलेदेखि नै एउटा आन्तरिक एवं बाह्य पर्यटनको स्थल हो र त्यस बेलादेखि खिचिएका फोटो प्रदर्शनीमार्फत सार्वजनिक गर्न सकिने र फोटो ग्राफरलाई उचित कदर गर्न सकिने बताए । बारपाक पर्यटनलाई टेवा पु¥याउन गर्न लागिएको बारपाक एमटीबी च्यालेन्ज साइकल रेस अर्को वर्ष २०२२ मा गरिने जानकारीसमेत दिए ।

बारपाक सुलिकोट गाउँपालिका, बारपाक मित्रता समाज, स्टोरी साइकल, ब्रिटिस काउन्सिल र नेपाल पर्यटन बोर्डसँग मिलेर बारपाक सुलिकोट गाउँपालिकाको अनलाइन पहुँच बढाउन विभिन्न अनलाइन कार्यक्रम गरिँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी