Thursday, July 29, 2021
Homeप्रदेशप्रदेश १स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

ईश्वर तामाङ,
sharethis

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने पहिलो र पुरानो सडक जिर्ण हुँदा समेत सरोकारवाला निकार्यले मर्मत र स्तरोन्नतीमा चाँसो नदिएकोले स्थानीयबासीले कटारी – घुर्मि सडक अबरोध पु¥याएका हुन ।

पटक पटक स्तरोन्नतीको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय बासीले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्विचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेको हो । स्तरोन्नतीको माग गर्दै संघर्ष समितिले कटारी नगरपालिका वडा नम्बर ११ बेतिनी बजारमा सडक अबरोध गरेका हुन ।

कालोपत्रेको स्तरोन्नति गर्नुपर्ने माग गर्दै कटारी नगरपालिका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडावासी स्थानीयबासीले अनिश्चितकालीन सडक अवरुद्व पारेका हुन् । साता दिन अघि सडक स्तरोन्नती संघर्ष समितिले डिभिजन सडक कार्यालय लहान र भौतिक पुर्वाधार मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र माग पुरा गर्न चेतावनी दिएको थियो ।

जनताको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै संघर्ष समितिले सोमबारदेखि सडक अवरुद्व गरेको समितिका संयोजक तथा कटारी नगरपालिका–११ नं. का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । स्थानीयको अबरोधपछि सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडकमा यातायात ठप्प भएको छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्...

शिक्षा सुधारको स्थायी ठेगाना राज्य

हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू...

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण...

मेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन

  गौर। रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् । कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न...

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

साताका लोकप्रिय समाचार

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत...

यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

  काठमाडाैं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री...

तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

कैलाली । नेपाल आईटीएफÞ तेक्वान्दो महासंघ अन्तर्गत सुदुर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ । सुदुर पश्चिमकै नमूना...

अख्तियारमा स्थानीय तहको सबै भन्दा बढी उजुरी

स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

ट्रेन्डिङ

चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा...

जनकपुरधाममा राती १२ बजेदेखि निषेधाज्ञा

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)