Thursday, May 6, 2021
Home Editor-Picks दश वर्षमा पनि बनेन पुल

दश वर्षमा पनि बनेन पुल

सन्देश सुब्बा,

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति भने ६० प्रतिशत मात्र देखिएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने पुलको काम एक दशकमा पनि पूरा हुन नसकेको हो ।

समयमै पुल नबन्दा मोटरगाडिबाट तमोर वारि–पारि गर्ने स्थानीयको सपना पनि पूरा हुन सकेको छैन । दक्षिण पश्चिमी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तल्लो क्षेत्रका स्थानीयको प्रमुख बजार तेह्रथुम सदरमुकाम म्याङ्लुङ र छथर गाउँपालिकाको केन्द्र शुक्रबारे हो । जिल्ला सदरमुकाम फिदिम टाढा पर्छ । स्थानीय उपज बिक्री गर्न र आवश्यक किनमेल गर्न छिमेकी जिल्लाको बजार पुग्नुपर्ने त्यहाँको बाध्यता हो । पाँचथरबाट तेह्रथुम जान तमोर नदी तर्नुपर्छ । त्यसैले अन्तरजिल्ला आवतजावत गर्न सहज होस भनेर लुमुघाटमा मोटरेवल पुल निर्माणको काम अघि बढाइएको हो ।

तर, २०६९ सालमा निर्माणकार्य सुरु हुँदा दुई बर्षमा बनिसक्छ भनिएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयबासीले लुमुघाटबाट तमोर तर्न २०३५ सालमा बनेको झोलुङ्गे पुलकै सहारा लिनुपरेको छ । वारि–पारि दुबैतिर सडक पुगेको छ । तर, बीचको तमोर नदीमाथि पुल बनिनसक्दा स्थानीयले सास्ती खेप्नु परेको कुम्मायक–५, स्याबरुम्बाका भैरब बहादुर बुढाथोकीले बताए । कामले म्याङ्लुङ वा शुक्रबारे बजार जाँदा झोलुङ्गे पुल तरेर जाने उनले छेउमै बन्दै गरेको मोटरेवल पुललाई टुलुटुलु हेर्दै बाटो काटेको दश वर्ष भयो । तर, अझै पुल नबनेको उनले गुनासो गरे ।

२०६९ सालमा निर्माणकार्य सुरु हुँदा दुई बर्षमा बनिसक्छ भनिएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयबासीले लुमुघाटबाट तमोर तर्न २०३५ सालमा बनेको झोलुङ्गे पुलकै सहारा लिनुपरेको छ

मोटरसाइकल यात्रीहरु भने सास्ती खेप्दै जोखिम मोलेर झोलुङ्गे पुलबाटै गाडि तारेर यात्रा गर्दै आएका छन् । मोटरसाइकल नहुने सर्वसाधरण भने हिंडेरै यात्रा गर्न बाध्य छन् । कुम्मायक–४, रानीगाउँका पदम सम्बाहाम्फे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्ने क्रममा वालवाल दुर्घटनाबाट बँचेको क्षण स्मरण गर्दै भन्छन्, ‘सानो गल्तिले ठूलो दुर्घटना हुन सक्छ, पहाडको कच्चि बाटोमा अभ्यस्त नभएका र शिकारुका लागि यो काम निकै खतरा हुन्छ ।’

उक्त पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले पाएको हो । १५ करोड ९० लाख २५ हजार रुपैंयाँमा ठेक्का लिएको निर्माण कम्पनिले पटक–पटक म्याद थप गरे पनि काम सम्पन्न गर्न नसकेको हो । निर्माण कम्पनिले काम थालेको दश बर्षमा पुलको आधा आकृति मात्र उभ्याउन सकेको हो । गत वर्ष कोरोना–कहरका कारण सोचे जस्तो काम बढाउन नसकिएको पुल निर्माणको काम हेर्दै आएका कम्पनिका इन्जिनियर अजय लामिछानेले बताए । उनले आगामी भदौ महिनासम्ममा पुलबाटै गाडि गुडाउने योजना रहेको बताए । तर, पछिल्लोपल्ट थपिएको म्याद यहिं असार मसान्तमा सकिंदैछ ।

पुल निर्माणमा ब्यापक ढिलासुस्ती भएको भन्दै जनगुनासो आएपछि पाँचथरका दुई मन्त्रीले पुलको अनुगमन समेत गरेका थिए । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्तकुमार नेम्बाङ र एक नं.प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले निर्माणधिन पुलको अनुगमन गरेका थिए । र, समयमै काम सम्पन्न गर्न, गराउन निर्माण कम्पनि र नियामक निकाय सडक डिविजन कार्यालय धनकुटलाई निर्देशन समेत दिएका थिए । मन्त्री आङ्बो अहिले पदमा छैनन्, नेम्बाङ मन्त्री नै छन् । समयमै पुल निर्माणको लागि पहलकदमी गर्दै आएको दुबैले बताएका छन् ।

अनुगमनपछि निर्माण कम्पनिले काममा तादरुकता देखाए पनि केहि समयपछि पुनः कार्यशैली पुरानै लयमा फर्किको स्थानीयको गुनासो छ । १६० मिटर लम्बाईको उक्त पुल पछिल्लोपल्ट थप गरिएको समयसिमाभित्र पनि सम्पन्न नहुने देखिएपछि स्थानीय निरास बनेका छन् ।

(Visited 181 times, 1 visits today)
Loading comments...

आजको समाचार

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

साताका लोकप्रिय समाचार

यस्ताे लक्षण देखिएमा अक्सिजनकाे आवश्यकता पर्छ

केही समयअघि भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएकामा हाल महाराष्ट्रमा अर्काे परिवर्तित...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

उपप्रधानमन्त्रीलाई सिंहदरवारमा भेटेपछि भावुक भए धुर्मुस

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष...

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

ट्रेन्डिङ

पेटमा गर्भ रहेको हल्ला चलेपछि जाँताले हिर्काएर भतिजले गरे काकीको हत्या

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको...

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण

रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण...

निजामती सेवा विधेयक विवादित

काठमाडौं । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै...

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले...

खाद्य कम्पनीको चामल खरिदमा चलखेल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद...

डुङ्गाबाट भारत लैजाँदै गरेको ३३ बोरो हरियो केराउ पक्राउ

सप्तरी, राजविराज । कोशीको बाटो हुँदै डुङ्गामार्फत तस्करहरुले नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ बोरा हरियो केराउ प्रहरीले सोमबार बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी...

सीमाविवाद र अन्तर्राष्ट्रियकरणका कुरा

विश्वव्यापी समस्याका रूपमा रहेको सीमा विवाद विश्वका धेरै देशमा छन् । नेपाल–भारतबीच रहेको सीमा विवाद कहिले चर्कने त कहिले मत्थर हुने गर्दछ । तथापि,...

राजधानीकर्मी डब्बु क्षत्रीलाई गीतकार सम्मान

काठमाडौ । काठमाडौंमा एक समारोहबीच नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडियाले दुई वर्ष अघिबाट सुरु गरेको नेपालको...

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट

काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी...

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका...

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)