इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहि नेतालाई कारबाही गरेसँगै देशैभर समानान्तर कमिटि गठन गर्ने घोषण सँगै इलाममा पनि समानान्तर कमिटी गठन भएको हो ।
प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट रहेको समूहले गएको चैत्र २५ गते जिल्ला भेला गर्दै पुराना नेता भक्त केसीको संयोजकत्वमा ३ सय १ सदस्यीय जिल्ला कमिटी गठन गर्यो । त्यसपछि जिल्लामा दुई समूहबनेर आफ्ना गतिविधि शुरु गरेका छन् । नेपाल÷खनाल समूहले जिल्ला कमिटी विस्तारसँगै इलामको मालापथमा कार्यालय स्थापना गरेको छ भने एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको छ । समानान्तर कमिटीको अध्यक्षमा भक्त केसी सचिवमा हरिबाला राई उपसचिव सोम शर्मा रहेको कार्यालय सचिवमा मानबहादुर गुरुङले बताए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै प्रभावशाली नेताहरु रहेको इलाममा ध्रुवीकरण सुरु भएको थियो । सर्वोच्चको पछिल्लो फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि तिक्तता सतहमा आएको हो । पुरानो पार्टी कार्यालय ओली समूहले नै प्रयोग गर्दै आएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री ओलीको पक्षमा प्रष्ट देखिएका छन् ।
इलाम, माई र देउमाई नगरपालिकाका तथा चुलाचुली गाउँपालिकाका प्रमुखहरु प्रधानमन्त्रीकै पक्षमा देखिएका छन् । सूर्योदय नगरपालिका, सन्दकपुर र माईजोगमाई गाउँपालिकाका प्रमुखहरु भने खनाल÷नेपाल पक्षका देखिएका छन् । तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश संसदहरुमध्ये रामवहादुर थापा र काजीमान कागते केपी ओली पक्षमा देखिएका छन् भने खिनु लङवा लिम्बू नेपाल÷खानाल प्यानलमा उभिएकी छिन् । अर्का संसद धिरेन्द्र शर्मा (रमण) माओवादीका हुन् । इलामका १० स्थानीय तहमध्ये रोङ, फाकफोकथुम र माङसेबुङमा नेपाली काँग्रेसको नेतृत्व छ ।
केसी पार्टीको निलम्बनमा
नेकपा एमाले जिल्ला समानन्तर कमिटी गठन गरेका माधव–झलनाथ समुहका नेता भक्त केसी पार्टीको निलम्बनमा परेका छन् । नेकपा एमाले जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको बैठकले समानान्तर कमिटी बनाउने केसीलाई तीन महिनासम्म निलम्बन गरेको हो । केसीलाई पार्टीको साधारण सदस्यबाट पनि निलम्बन गरेको छ ।
बैठकले समानान्तर कमिटी बनाउने एमालेका नेता जेबि फिलिहाङ्ग र हरिवाला राईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटीमा कारबाहीको सिफारिस गरिएका धु्रब श्रेष्ठले केपि ओली नेतृत्वको नेकपा एमालेमा बस्ने भनि पठाएको प्रष्टिकरण चित्तबुझ्दो भएकाले कारबाहीको सिफारिस फिर्ता लिने निर्णय गरेको बताईएको छ ।
नेकपा ओली समुहको चैत्र २७ गतेको जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बैठकबाट उनीहरुको ’boutमा उक्त निर्णय गरेको थियो । एमाले जिल्ला सचिव महेश बस्नेतले प्रेस वक्तव्य जारी गर्दै स्पष्टिकरण र कारवाही सिफारिस’bout जानकारी गराएका थिए ।