Thursday, May 6, 2021
Home Not-to-be-missed श्रेष्ठलाई राष्ट्रिय र देशारलाई प्रादेशिक पुरस्कार

श्रेष्ठलाई राष्ट्रिय र देशारलाई प्रादेशिक पुरस्कार

राजधानी समाचारदाता,

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय तथा प्रादेशकि प्रतिभा पुरस्कार’ क्रमशः अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठ र गायिका निशा देशारलाई प्रदान गरिने भएको छ ।

संस्कृति मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा संगीत तथा नाट्य विधातर्फ अग्रज अभिनेता श्रेष्ठलाई ‘राष्ट्रिय प्रतिभा’ र ‘प्रादेशिक प्रतिभा पुरस्कार’अन्तर्गत बागमती प्रदेश ललितपुरबाट संगीततर्फको पुरस्कार गायिका देशारलाई प्रदान गरिने उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आइतबार गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ सार्वजनिक गरिएको हो ।

सरकारद्वारा गठित विधागत छनोट समितिले २०७७ अन्तर्गत राष्ट्रिय तथा प्रादेशिक, महाकवि देवकोटा, भगत सर्वजीत मानव मर्यादा र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्का सूचीसमेत सार्वजनिक गरेको छ ।

संगीत तथा नाट्य विधाकै ‘प्रादेशिक प्रतिभा पुरस्कार’तर्फ जीतबहालुर राई (मोरङ), नवीनकुमार मिश्र (रौतहट), कनमाया गुरुङ (लमजुङ), बद्री पंगेनी (पाल्पा), सुनबहादुृर मल्ल (मुगु) र डिक्रा वादी (बाजुरा) पुरस्कारका लागि छनोट भएका छन् ।

मन्ँत्रीस्तरीय निर्णयअनुसार यस वर्ष भाषा एवं साहित्यतर्फ प्राध्यापक गोपीकृष्ण गौतम (पाल्पा)लाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ । सोही विधाको ‘प्रादेशिक प्रतिभा पुरस्कार’ पोषरमण चापागाई (भोजपुर), डा. विश्वम्भरकुमार शर्मा (सर्लाही), श्रीओम श्रेष्ठ ‘रोदन’ (ललितपुर), गंगा कर्माचार्य पौडेल (स्याङ्जा), डा. सुधनकुमार पौडेल (दाङ), डा. वीर सिंह विश्वकर्मा (दैलेख) र अभिलाल शाह (अछाम) रहेका छन् ।

त्यस्तै, संस्कृति विधातर्फ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रा.डा. कैलाशनाग प्याकुरेल (काडमाडौं)लाई दिने घोषणा भएको छ । यही विधाको ‘प्रादेशिक प्रतिभा पुरस्कार’ शेरबहादुर इङनाम पापो लिम्बु (तेह्रथुृम), डा. बासुदेव लाल दास (सर्लाही), श्यामसुन्दर राजवंशी (काठमाडौं), शुक्रराज अधिकारी (कास्की), वसन्तकुमार विडारी (रुपन्देही), प्रा.डा. केवी आचार्य थापा (सुर्खेत) र दिव्यश्वरी जोशी (डोटी) छनोटमा परेका छन् ।

त्यस्तै, ललितकला ‘राष्ट्रिय प्रतिभा पुरस्कार’का लागि काठमाडौंका हरिप्रसाद शर्मा छनोटमा परेका छन् । ललितकला ‘प्रादेशिक प्रतिभा पुरस्कार’तर्फ श्रीकृष्ण जोशी (धनकुटा), मुकेश महतो नुनिया“ (पर्सा), सरिता डंगोल (ललितपुर), देवेन्द्र थुम्केली (स्याङ्जा), केशवराज खनाल (रुपन्देही), सोनाम लामा (जुम्ला) र जीतबहादुर आउजी (कैलाली) छन् ।

यसैगरी, ‘महाकवि देवकोटा पुरस्कार’अन्तर्गत क्रमशः कवितातर्फ त्रिलोचन आचार्य (सिन्धुपाल्चोक), निबन्ध तथा समालोचना ठाकुरप्रसाद पराजुली (म्याग्दी), गद्याख्यान÷नाटक रामभरोस कापडी ‘भ्रमर’ (धनुषा), बाल तथा लोकसाहित्य बू“द राना (रुपन्देही) र भाषा साहित्य सेवामा मोहन दुवाल छनोटमा परेका छन् ।

‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ क्रमशः प्रा.डा. देवीप्रसाद सुवेदी (लमजुङ) र काठमाडौंका स्नेह सायमी (रामकृष्ण मानन्धर)लाई प्रदान गरिने भएको छ ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

साताका लोकप्रिय समाचार

श्रमिकलाई कोरोना भए सामाजिक सुरक्षा कोषले उपचार खर्च बेहोर्ने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरस संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । अन्य...

फूलबुट्टे सारी सर्वोत्कृष्ट

काठमाडौं । नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न भएको छ । समारोहमा गीतसंगीत र म्युजिक भिडियोतर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो ।...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

सरकारले भन्याे : एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुस्

काठमाडाैं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।...

ट्रेन्डिङ

बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु

बैतडी । बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको...

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद...

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

पूर्व मन्त्री बस्नेतको अगुवाईमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुइ स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग...

चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेपछि यो कार्यान्वयन हुन्छ भन्नेमा सर्वसाधारण आशावादी देखिएका छन् । योभन्दा पहिले पनि चीन...

‘बलात्कारी संगठन’ फेसबुक ग्रुप सञ्चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप सञ्चालन गरेको अभियोगमा नवलपरासीका नविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीमा पक्राउ परेका बस्नेतलाई काठमाडौै...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

सिन्धुलीवासीले सुरक्षा मापदण्ड अपनाएर घरमै दशैं तिहार मान्न पाउने

सिन्धुली । दशैं तिहारमा जिल्ला बाहिरबाट भित्रिने नागरिकका कारण कोभिड १९ को जोखिम बढ्ने र त्यसको नियन्त्रणमा समस्या आउने आँकलन सिन्धुलीले दर्शै तिहार कोभिड...

संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको...

प्रशासनमा आमूल सुधार कहिले ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउन स्थायी सरकारको रूपमा रहेको प्रशासन संयन्त्रको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले, हाम्रो प्रशासन संयन्त्रलाई उच्च मनोबलयुक्त बनाई...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)