Tuesday, May 11, 2021
Home बिचार प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

डा. केदार कार्की,

पृष्ठभूमि
जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने वा ती रोग लगाउने क्षमता न्यून गर्ने क्षमता राख्छ ।

एलेकजान्डर फ्लेमिङले सन् १९२० पेनिसिलिन नामक प्रतिजैविकको आविष्कार गरेपछि मानिसका घातक रोगमा यसको सफल प्रयोगको प्रमाणपछि समग्र मानिसको रोग उपचारमा संलग्न चिकित्साकर्मीका लागि एन्टिबायोटिकको प्रयोग रामवाणसरह हुन पुग्यो । जसले गर्दा मानिसको दीर्घ जीवनको आधार पनि ।

पेनिसिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्न वा तीनको वंशवृद्धिमा अवरोध पु¥याउने क्षमता भएका विभिन्न खाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकको क्रमशः आविष्कार भएका छन् । जुन प्राकृतिक वा प्रशोधित रसायनका रूपमा आज उपलब्ध छन् ।

यी प्रतिजैविक मानिसको रोग व्याधिको उपचारमा मात्र प्रयोग गरिन्न बरु पशुपक्षीको रोग व्याधिको उपचारका साथी पशुपक्षी पालनका विभिन्न क्षेत्र तथा अवस्थामा पनि प्रयोग गरिन्छ, जसबाट पशुपक्षीका स्वास्थ्य सुरक्षा मात्र गर्दैन बरु उत्पादन तथा उत्पादकत्व वृद्धिमा समेत टेवा पु-याउँछ ।

जसका कारण आममानिस चिकित्साकर्मी तथा स्वास्थ्य प्राविधिक एवं पशु स्वास्थ्यकर्मी तथा पशु स्वास्थ्य प्राविधिकमा मानवीय एवं पशुपक्षीजन्य जुनसुकै स्वास्थ्य प्रतिकूलताको एउटै समाधान यही एन्टिबायोटिक प्रयोग हो भन्ने भ्रम परेको छ । यसरी निस्प्रयोगको कारण, एन्टिबायोटिकको उति उपयोग तथा दुरुपयोग न्यून उपयोगको कारण हिजो प्रतिकूल स्वास्थ्य अवस्थाको साफ उपचार गर्न प्रयोग गरिने यो अचुक अस्त्र आज आफैं निस्प्रभावी मात्र भएको छैन । वातावरण एवं पर्यावरणमा विचरण गर्ने मानव तथा पशुपंक्षको स्वास्थ्यमा प्रतिकूल असर पार्ने जीवाणु तथा ढुसीमा यी एन्टिबायोटिकको प्रभावप्रति सहनशीलताको क्षमता विकास भएको छ । यसरी जथाभावी प्रयोग गरी गराइएको एन्टिबायोटिकका कारण आज स्वास्थ्य उपचारमा व्यर्थको व्ययभार मात्र थपेको छैन । आज जनस्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा प्रवाहका सचेतनाका लागि सन् १९२० कै स्थिति छ ।

पशु स्वास्थ्य एवं पशुपक्षी उत्पादनमा एन्टिबायोटिकको प्रयोग
मानिसका विभिन्न खाले रोग व्याधिको सफल उपचारमा प्रयोगपछि यी प्रतिजैविकको प्रयोग पशुपक्षीको रोग व्याधिको उपचारमा पनि प्रयोग गरिन थालियो । आजको स्थितिमा पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकको त के कुरा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता अनि स्वयं पशुपालक कृषक समेतका लागि आज बजारमा उपलब्ध प्रतिजैविक पशुपक्षीका जुनसुकैखाले स्वास्थ्य प्रतिकूलताको उपचार गर्ने अचुक ब्रह्मास्त्र हुन पुगेको छ । के कारणले रोग लाग्यो भनी उचित एवं वैज्ञानिक रोग निदान गर्ने गराउने फुर्सद कसैलाई छैन किनभने छिमेककै एग्रोमेटमा हल्यान्ड, पोल्याण्ड, इंगल्यान्ड, अमेरिकामा बनेका प्रतिजैविक उपलब्ध छन् ।

अझ डरलाग्दो स्थिति पशुपक्षी पालन क्षेत्रमा यो भ्रमका कारण पो छ, यो प्रतिजैविक पशुपक्षीलाई प्रयोग गराइएमा छिट्टै तौल बढी पशुपक्षीको प्रजातिअनुसार समयअगावै हल्लक्क बढ्ने, उत्पादन दिन्छ भन्नेमा जबकि यी प्रतिजैविकको स्वास्थ्य पशुपक्षीमा प्रयोग गर्दा, गराउँदा कसरी उत्पादन उत्पादकत्व, तौल कसरी बढ्छ, बढाउँछ भन्नेमा आजको २१सौं शताब्दीमा पनि पशुचिकित्साविद्ले भेउ भएका छैनन् । यो त हाम्रो आफ्नो परिवेशमा सीमित आर्थिक स्रोतको दुरुपयोग मात्र हो ।

मानव तथा पशुपक्षीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने जीवाणु तथा ढुसीमा एन्टिबायोटिकको प्रभावप्रति सहनशीलताको क्षमता विकास हुन गएको छ

पशुपक्षीको शारीरिक वृद्धिका लागि प्रयोग गर्ने गराइने यी प्रतिजैविक पशुपक्षीका दाना पानीका माध्यमबाट प्रयोग गर्ने गराइन्छ । यसरी दानामा मिसाएर प्रयोग गराइएका प्रतिजैविक ८०% त पशुपक्षीका मलमूत्रमा निष्प्रयोजन विसर्जन भएर जाने गरेको प्राज्ञिक तथ्य भेटिन्छ । यसबाट हुने आर्थिक अपव्ययको मूल्यांकन गर्ने फुर्सद किन प¥यो । किनभने हामी आर्थिक रूपमा सबल छौं । यसरी खास जीवाणु लागि क्षति पु¥याउने वा तीनको संख्यामा वृद्धि न्यूनीकरण गराउने आवश्यक मात्रा भन्दा कम प्रयोग गराइएका पशुपक्षीमा भएका ब्याक्टेरियामा सहज रूपमा एन्टिबायोटिकको प्रभावकारिताप्रति सहनशीलताको विकास हुन जान्छ । जुन पशुपक्षीजन्य उत्पादन, दूध फूल मासुका रूपमा जनसमुदायको खाद्यय शृंखलामा प्रवेश गरी मानिसको स्वास्थ्यमा जटिलता उत्पन्न गराउँछ । आज जनस्वास्थ्यकर्मीको चिन्ता र चासो यति मात्र हो ।

प्रतिजैविक सहनशील जीवाणुको समस्याः उत्पत्ति, प्रभाव, प्रसार र जनस्वास्थ्यमा असर
जीवाणु मार्ने वा यिनको, संख्यामा वृद्धि न्यून गर्न चाहिनेभन्दा कम मात्र कम अवधि अनि उपयुक्त संवाहनमा प्रतिजैविक गरियो वा गराइयो भने कालान्तरमा जीवाणुले यी प्रतिजैविकलाई सहज पचाई आफूमा यिनको प्रभावकारिताविरुद्ध सहनशीलताकै क्षमता विकास गर्छन् । यसरी जथाभावी न्यून मात्र अवधि अनि उपयुक्त संवाहनमा प्रयोग गरी गराई पशुपक्षीमा प्रतिजैवीक पशुपक्षीमा प्रयोग गराइएका पशुपक्षीबाट प्रतिजैविक सहनशील जीवाणु ती पशुपक्षीको मलमूत्र हुर्दै वातावरण एवं हाम्रो पर्यावरणमा समाहित हुन पुग्छन् ।

माटोमा यसरी पुगेका जीवाणुले माटो पानीमा हुने जीवाणुलाई आफूले प्राप्त मलमूत्रबाट तयार हुने जैविक मलले प्रतिजैविक सहनशील जीवाणुको क्षमता वृद्धि गर्न झन मद्दत पु-याउँछ । यस्ता प्रतिजैविक सहनशील जीवाणु प्रदूषित कृषि भूमिबाट यी जीवाणु हाम्रा खोला नाला, ताल पोखरीको बाटो लागे भने वा वर्षाको भेलमा बगे भने खानेपानी संस्थानले प्रशोधित गरेको पानी अनि जति नै शुद्ध, स्वच्छ अनि स्वास्थ्य भनेको मिनिरल पानी हाम्रो खाद्य शृंखलामा नपुग्ला भन्न सकिन्न है । त्यसो भए हिजो यो जीवाणुलाई यो प्रतिजैविक त रामवाण भनेको त आज भुत्ते हुन पुग्यो भने के आइतबार कुर्ने ? त्यसैले पाल्यौं कुखुरा, बेच्यौं शून्य । आज काठमाडौं खाल्टामा कुखुरा पाल्ने कृषकको गुनासो छ । अझ दूधपालक कृषकको त गुनासो बेग्लै छ । थुनेलो हुनुभन्दा पहिले एउटा गाईको दूध बेच्दा महिनाको आम्दानी ९ हजार थुनेलो भएपछि औषधि खर्च दिनको २ हजार तै पनि बिरामी निको हुन मान्दैन । बंगुरपालकको कथा के फरक होला र ?

यसको जनस्वास्थ्य सरोकार के ?
यसरी वातावरण पर्यावरणमा प्रतिजैविक सहनशील जीवाणुको स्वच्छन्द विचरणले मानिस एवं पशुपक्षीको स्वास्थ्यका लागि ठूलै चुनौती सिर्जना गरेको छ । यसरी सिर्जना भएको स्वास्थ्य प्रतिकूलताका कारण लामो उपचार खर्च, रोग निदानका लागि लाग्ने समय अनि खर्च अझ जति गर्दा पनि उपचार निष्प्रभावी हुनुको साथै मानवीय एवं पशुपक्षीको मृत्युबाट हुने क्षतिबारे सोच्नुपर्ने बेला भएको छ ।

अझ कतिपय प्रतिजैविक पशुपक्षीको तौल वृद्धि उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि प्रयोग गर्ने गराइने गरिन्छ । ती मानिसको स्वास्थ्य प्रतिकूलतामा प्रयोग गरिने समूहसँग मिल्जुल्दा हुन्छन् । त्यस्ता पशुपक्षीबाट प्राप्त हुने उत्पादन नियमित प्रयोग गरेका बिरामीमा फेरि त्यही समूह अनि प्रकार एवं प्रकृतिको प्रतिजैविक बिरामी जनसमुदायलाई प्रयोग गरियो, गराइयो भने के बिरामी निको होला ? खर्च मनग्गै अनि बिरामी आर्यघाट पु¥याउनुप¥यो भने चिन्तित आफन्तले गर्ने भनेको नर्सिङहोम तोडफोड अनि माग्ने भनेकै क्षतिपूर्ति हो । नत्र विगत महिना थापाथलीको प्रसूति गृहमा किन हुन्थ्यो त्यो दुर्घटना ।
त्यसैले आज विश्वमा चर्चा छ, मारसाको बृहत् औषधि सहनशील स्टाफाइलो कोकस ओरियस जीवाणुको हिजो मेथिसिलिन नामक प्रतिजैविक यसका लागि रामवाण भनिन्थ्यो आज भुत्ते भएको छ । अझ इन्टेरोकोकस फिकालिसका लागि अत्यधिक प्रभावकारी भनेको भिर्गाेमाइसिन भुत्ते हुन पुग्दा यसका आविष्कारक चिन्तित छन्, विकल्पको खोजीमा ।

मानिसबाहेक पनि सालमोनेलका कम्पाइलो व्याक्टर ईकोलाई, पास्टुरेलाजस्ता पशुपक्षीका घातक जीवाणुले आज बजारमा उपलब्ध सातौं पुस्ताका एन्टिबायोटिकलाई टेरपुच्छर नलाउँदा त्रिपुरेश्वरतिरका भेटेरिनरी कम्प्लेक्सका विज्ञ त द्विविधामा छन । अनि एग्रोमेट सञ्चालक त उधारो खाता केलाएर दिन काट्दै छन् रे । यस्तो विकराल अनि कहालीलाग्दो समस्या निराकरणका लागि युरोप, अमेरिकातिर सन् २००० देखि पशुपक्षीपालन क्षेत्रमा दानापानीमा एन्टिबायोटिकको प्रयोग तौल वृद्धि, उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रयोगमा निषेध एवं कानुनी रूपमा प्रतिबन्ध गरिएको छ । त्यसैले त्यहाँका एन्टिबायोटिक हाम्रा बजारमा सर्वसुलभ । पशुपालनमा प्रतिजैविक प्रयोग: अनि प्रतिजैविक सहनशील जीवाणुको वातावरण अनि पर्यावरणमा हुने प्रवाह :

अब विकल्प पनि सोचौं :
यसरी पशुपक्षीमा अव्यवस्थित, अनियन्त्रित अनि अवैज्ञानिक रूपमा एन्टिबायोटिकको अति प्रयोग न्यून प्रयोग झन् निष्प्रयोजन दुरुपयोगले समग्र मानव स्वास्थ्यमा पु¥याउन सक्ने अकल्पनीय स्वास्थ्यजन्य क्षतिबारे आज चिकित्साकर्मी अनि पशु चिकित्साकर्मी गम्भीर रूपमा चिन्तित भएको पाइन्छ । सरोकारवालाबीच सचेतना कार्यक्रम तथा यसको प्रयोग गर्ने, गराउनेबारे आचारसंहिता नै लागू गर्ने कि ? यसबाहेक कस्तो खालको पशुपक्षी, के कारण बिरामी परेका वैज्ञानिक निदानपछि कुन तहको प्राज्ञिक क्षमता, दक्षता भएका व्यक्तिले सिफारिस गर्ने भन्ने पनि निक्र्यौल गर्नुपर्ला ।

पशुपक्षीमा अव्यवस्थित, अनियन्त्रित अनि अवैज्ञानिक रूपमा एन्टिबायोटिकको निष्प्रयोजन दुरुपयोगले समग्र मानव स्वास्थ्यमा गम्भीर असर पु-याएको छ

आज सर्वसाधारण पशुपक्षीपालन क्षेत्रमा संलग्न व्यवसायी, पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिक मनोवैज्ञानिक रूपमा एन्टिबायोटिक प्रयोग गरी नगराई बिरामी निको हुँदैन भन्ने मानसिकता बोकेर बसेको बेला निम्न विकल्पबारे प्राज्ञिक एवं सचेतना कार्यक्रम सञ्चालन गर्नेपर्नेहुन्छ:

१) कृषि तथा पशुपक्षीपालन क्षेत्रमा प्राज्ञिक एवं वैज्ञानिक रूपमा जीवाणु जन्य रोग निदान नगरी एन्टिबायोटिकको प्रयोग निषेध । प्रयोग गरे, गराइए कानुनी रूपमा दण्ड सजायको भागी हुनुपर्ने कानुनी व्यवस्था ।

२) राज्यको पशु चिकित्सा परिषदमा दर्तावाल पशु चिकित्सा विज्ञानमा न्यूनतम स्नातक तह उत्तीर्ण पशु चिकित्सकबाहेकले एन्टिबायोटिक सिफारिस गर्न गराउन नपाउने वैध कानुनी व्यवस्था ।

३) कृषि तथा पशुपालन क्षेत्रमा के कस्ता अनि कति संख्या, कति अवधि एन्टिबायोटिक प्रयोग गर्ने गराउने गरेको छ जुन साधारणलाई लोक कल्याणकारी कार्य रूपमा सार्वजानिक गर्नु गराउनुपर्ने व्यवस्था त राज्यले गर्नुप-यो ।

४) मानवीय जनस्वास्थ्य कार्यालयले कृषि क्षेत्रमा के कस्ता एन्टिबायोटिक कृषि अनि पशुपालन क्षेत्रमा प्रयोग गर्ने गराइने गरिएको छ सोबारे मानव जनसमुदाय अनि चिकित्साकर्मीलाई यथोचित सूचना प्रवाह गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्ने ।

५) पशुजन्य उत्पादन थलोमा प्रतिजैविक सहनशिलतासम्बन्धी निगरानीको कानुनी व्यवस्था गर्ने यसको प्रस्थान बिन्दु, वधस्थल, वधशाला, दुग्ध संकलन केन्द्र अनि फुल बिक्री केन्द्र अनि फ्रेस हाउसमा वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने पूर्वाधार विकास गर्ने ।

६) यसबारे अध्ययन अनुसन्धान राज्यको प्राथमिकतामा पर्नैपर्छ । जसका लागि यथेष्ट आर्थिक स्रोत, प्राविधिक विकास, भौतिक साधन, तालिम, अध्ययन, अवलोकन, भ्रमणको राज्यतर्फबाट सोच्नैपर्छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

ट्रेन्डिङ

पोखरा ट्रेड मलको सटर भाडामा आधा छुट

पोखरा, ८ चैत । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेड मलले सटर भाडामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।...

जसपाको संविधान संशोधन दर्ता प्रस्तावमा के छ ? पारित हुने विश्वास

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सोमबार संघीय संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि संघर्ष गर्दै...

आफ्नै घरमा झुन्डिएको अवस्थामा रिनाको शव फेला

सप्तरी । राजविराजकी एक युवती आफ्नै घरमा झुण्डिएकी अवस्थामा फेला परेकी छिन् । राजविराज नगरपालिका वडा नं. ८ निवासी १८ वर्षिया रिनाकुमारी यादवको शव...

किसानलाई उखुको पैसा निदिने चिनीमिल सञ्चालकलाई पक्राउ गरिने

काठमाडौं । आन्दोलनरत् उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति...

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा…

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै...

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

एसईई परिक्षा दिन पुगेका विद्यार्थी निरास हुँदै घर फर्के

सप्तरी, राजविराज । सरकारले एक्कासी माध्यमिक शिक्षा परिक्षा (एसईई) स्थगनको घोषणा गरेपनि जानकारी नपाएका सयौ विद्यार्थी विहिबार विहान सप्तरीका विभिन्न परिक्षा केन्द्रमा पुगेका छन्...

दुई महिने गर्भवती सुदिक्षाले श्रीमानको हत्यापछि किन गरिन आत्महत्या ?

काठमाडौं । टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोष्मार्टमा रिपोर्टले देखाएको छ । गएको शुक्रबार राति उमेश केसी...

कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४...

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

टीकापुर । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका...

रुपन्देहीका सिडिओ र दुबै एसपीको अकस्मात सरुवा, सशस्त्रका यी एसपीको पाप धुरीबाट करायो

काठमाडौं । गत २१ फागुनमा बुटवलको रानीगन्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनालाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)