Tuesday, May 11, 2021
Home बिचार ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

श्रीप्रसाद प्रसाईं,

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै पालनपोषणबाट हुर्कंदै बढ्दै आएको एेंजेरुले उल्टै राजनीतिक क्षेत्रलाई नै अंकुश लगाउन थालेको छ । एेंजेरु यति शक्तिशाली एवं विस्तारित भइरहेको छ कि दल र नेताले चाहेर पनि अब यसलाई अलग्याई राजनीतिक बोट वृक्षलाई पूर्ववत् अवस्थामा हराभरा र सुगन्धित बनाउन सक्ने अवस्था छैन । मुलुकको राजनीति दुर्गन्धित अवस्थामा छ । दुर्गन्ध पनि राजनीतिकै चर्चित खेलाडीले नै भित्र्याएका हुन् । राष्ट्रिय राजनीतिलाई कुरूप बनाउने अदृश्य शक्ति र संकुचित मानसिकतालाई यहाँ राजनीतिक एेंजेरु भनी नामकरण गरिएको छ । राजनीतिक ऐंजेरु नेताको मनमस्तिष्कमा गडिसकेको छ । ऐंजेरुबाटै दलहरू पनि परिचालित हुन थालेका छन् । राष्ट्रिय राजनीतिको यस्तो कुरूप अवस्थाले जनतालाई निरास बनाएको छ । यो नेता सिर्जित विकृति हो ।

राष्ट्रियस्तरका कुनै पनि दल अहिले ऐंजेरुविहीन स्वच्छ सुगन्धित छैनन् । प्रशावशाली दलका नेताले नै ऐंजेरुलाई मौलाउने अवसर दिएको कारणबराबर सत्तामा पुग्दै आएका ठूला सबै दलमा ऐंजेरु हराभरा अवस्थामा पुगेको छ । अन्य ससाना दलमा पनि यसको पकड नभएको होइन तर विस्तारित अवस्थामा पुगेको छैन । प्रभावशाली दलका कतिपय उच्चस्तरीय नेताले त ऐंजेरुलाई सत्तामा पुग्ने भ¥याङ र टिकिरहने आधार बनाउँदै आएका छन् । नेताकै बुइँ चढेर फक्रने फुल्ने अवसर पाउँदा ऐंजेरु नफैलने कुरै भएन । घटी र बढी मात्रामा मात्रै फरक हो । ऐंजेरुविहीन राजनीतिक दल फेला पार्न सकिँदैन ।

ऐंजेरु बोटबिरुवामा मात्र होइन मानिसमा पनि पलाउँछ । तर, बोटबिरुवा, राजनीति र मानिसमा पलाउने ऐंजेरुको लक्षण भने फरक फरकै हुन्छ । तथापि ऐंजेरुको प्रमुख कार्य भने यथाअवस्थाको सुन्दरतालाई बिगारेर कुरूप बनाउने नै हो । मानिसको अनुहार र घाँटीकै भागमा ससाना गिर्खाका रूपमा पलाउने ऐंजेरु बढ्दै जाँदा व्यक्तिको सुन्दर मुहार नै कुरूप बन्छ । बोटबिरुबामा यत्रतत्र पलाउने ऐंजेरुले रूखको शोभा नै हरण गर्छ । यसैगरी, राजनीतिमा पलाएको ऐंजेरुले भने राजनीतिक दल र नेताको विचार र व्यवहारसँग टाँसिन्छ जसलाई रूख र मानिसमा पलाएको ऐंजेरु जस्तो सामान्य बाहिरी नजरले देख्न सकिँदैन । राजनीतिक ऐंजेरु हेर्न आन्तरिक दृष्टिकोण वा मानसिक नजरको आवश्यकता पर्छ । जसको माध्यमबाट नेता, दल र ऐंजेरुबीचको अनोन्याश्रित भावनात्मक सम्बन्ध, कार्यगत एकता र पारस्परिक सहयोगको अवस्थाबाटै यसलाई अनुभूति गर्न सकिन्छ ।

नैतिक इमानदारितालाई सर्वोपरि ठानी नेताले वैधानिक रूपमै राज्य सञ्चालन गरे, स्वार्थ त्यागे, गुट अन्त्य गरे, नागरिकलाई समान दृष्टिले हेरेमा राष्ट्रिय राजनीति ऐंजेरुविहीन स्वच्छ, हराभरा एवं सुगन्धदायी बन्छ

राजनीतिक ऐंजेरुको मुख्य आकर्षण भनेकै स्वार्थ अभिप्रेरित मिजासिलो र लालयित व्यवहार हो । सेवाकै रूपमा प्रस्तुत हुने यही व्यवहारले राजनीतिज्ञलाई अन्ततः आफ्नो प्रभावमा पार्न ऐंजेरु सफल बन्छ । सहयोगीकै भूमिकाबाट नजिकिँदै जाने ऐंजेरु राजनीतिज्ञकै अन्तर आत्मामा घुस्छ । यसपछि भने नेता र ऐंजेरुबीचको सम्बन्ध नङ र मासुकै अवस्थामा पुग्छ । एकले भनेको अर्कोले नकाट्ने, सहकार्यमा सरिक हुने, पारस्परिक लाभलाई सर्वाधिक महत्व दिने तथा सार्वजनिक हितलाई गौण ठान्ने अवस्थामा पुगेपछि भने ऐंजेरु पूर्ण रूपमा सफल भएको मानिन्छ ।

राजनीतिक ऐंजेरुले प्रारम्भमा छदम भेषमै शीर्षस्थ नेताको मनमस्तिष्कमा सोझै पकड जमाउँछ । ऐंजेरु प्रभावित नेताको निष्कलंक कार्यशैली र स्वच्छ एवं पारदर्शिता नै क्रमशः प्रभावित बन्दै जाने भएकाले नेतालाई हेर्ने सामाजिक दृष्टिकोण नै परिवर्तन हुन्छ । ऐंजेरुको प्रभावको कारण लोकप्रिय ठानिँदै आएको नेता नै भावनात्मक रूपमा कुरूप र दुर्गन्धित बन्छ । व्यक्तिको राजनीतिक प्रतिष्ठा खस्कन्छ । । ऐंजेरु प्रभावित नेताको इज्जत र प्रतिष्ठा पनि पूर्ववत् रूपमा फर्कन सक्दैन । नेतामार्फत राजनीतिक बोट वृक्षलाई नै कुरूप बनाउने ऐंजेरुलाई नेताले किन संरक्षण गर्दछन् ? यो कौतुहलता सबैमा उत्पन्न हुन सक्छ ।

राजनीतिक ऐंजेरुको असर कस्तो हुन्छ र यसले राष्ट्रिय राजनीतिलाई कसरी प्रभावित बनाउँछ, भन्ने कुरा बुझ्न हाम्रो विद्यमान राजनीतिक अवस्था हेरे पुग्छ । सर्वप्रथम त ऐंजेरुले दरिलो आड भरोसा पाउँछ । नेताकै मलजलमा हुर्कन्छ, बढ्छ तथा नेतासँगसँगै झागिँदै फैलन्छ । शीर्षस्थ नेता र दलमार्फतै ऐंजेरुले राष्ट्रिय राजनीतिलाई नै कुरूप बनाउँछ । यसलाई अझै गहन र विस्तृत रूपमै बुझ्न यसलाई निम्न चार समूहमा वर्गीकृत गरी हेर्नुपर्दछ ।

दलीय एवं निजी स्वार्थः दलीय एवं नेताको स्वार्थले नै ऐंजेरु उत्पन्न गराउँछ । स्वार्थलाई सर्वोपरि ठान्ने नेता जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने दृष्टान्त नेता र ऐंजेरुबीचको सम्बन्धले पुष्टि गर्छ । निःस्वार्थ र सिद्धान्तमा आधारित राजनीति देश र जनताका निम्ति लाभदायक बने पनि नेताका लागि लाभदायक हुँदैन भन्ने कुरा नबुझ्ने नेता छैनन् । राजनीतिलाई आर्जनको पेसा बनाउने र आफैं लाभान्वित बन्ने उद्देश्यले राजनीतिमा होमिएका कतिपय व्यक्तिहरू राजनीतिज्ञ होइनन् । यस्तो कुटिल मानसिकताका व्यक्तिले राजनीतिलाई आर्जनको माध्यम मात्रै बनाएका हुन्छन् । यस्तै व्यक्तिले राजनीतिमा प्रवेश गर्दाकै समयमा ठूलो लगानी पनि गरेका हुन्छन् । कतिले आर्जन गरेर बुझाउने सर्तमा उधारै राजनीतिमा लागेका हुन्छन् । राजनीतिक पृष्ठभूमि बेगरको सामान्य व्यक्तिलाई राजनीतिमा डो¥याउने कार्य पनि प्रभावशाली उच्चस्तरीय नेताबाटै हुने गर्दछ । नेताले आफ्नो अभिष्ट पूरा हुने लालसामा राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिलाई निर्वाचनको समयमा दलको टिकट दिने, समानुपातिक कोटाबाट सोझै सांसद बनाउने र क्रमशः नेताकै निगाहमा सरकारमा पु¥याउने अवसर पाउँदै आएका छन् ।

लगानी गरेर राजनीतिमा भित्रिएका व्यक्तिको मुख्य उद्देश्य नै लगानी असुल गर्नु, बोलकबोल गरेको पूरा गर्नु तथा भविष्यमा पुनः बराबर राजनीतिज्ञकै रूपमा स्थापित हुने पूर्वाधार सुनिश्चित गर्नु नै हुन्छ । यस्तै व्यक्तिबाट उच्चस्तरीय भ्रष्टाचार हुने, तस्करी र अवैध धन्दा सञ्चालित गराउने, जसरी हुन्छ कमाउने प्रवृत्तिप्रति आकर्षित हुँदा राज्यबाटै अपराधलाई प्रश्रय दिएको देखिन्छ । हुन त यस्ता व्यक्तिको टिकाटिप्पणी र आलोचना पनि नभएको होइन तर त्यसको राज्यबाट सुनुवाइ नै हुँदैन । किनकि यिनीहरूकै पहुँच र पकडमा राज्य सत्ता रहेको हुन्छ । प्रभावशाली व्यक्तिलाई रिझाएर विकास निर्माणका योजना हत्याउने, महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा लाभ लिने, राष्ट्रिय गौरवका महत्वपूर्ण योजना ठेकापट्टा गर्दा कमिसन लिने प्रवृत्ति सामान्य ठानिन्छ । यही प्रवृत्तिले राजनीतिक दल र नेतालाई मात्र होइन राष्ट्रिय राजनीतिलाई नै कुरूप बनाउने हुँदा यसलाई राजनीतिक ऐंजेरु भनिएको हो ।

राजनीतिमा पलाएको ऐंजेरु भने राजनीतिक दल र नेताको विचार र व्यवहारसँग टाँसिन्छ जसलाई रूखमा पलाएको ऐंजेरुजस्तो सामान्य बाहिरी नजरले देख्न सकिँदैन

ऐंजेरु संरक्षणः यो दोस्रो वर्गमा पर्ने राष्ट्रघाती ऐंजेरु हो । अपराधिक प्रवृत्तिलाई राजनीतिक स्वरूप प्रदान गर्दा यो ऐंजेरुको उत्पत्ति हुन्छ । अर्को शब्दमा भन्नुपर्दा यो अपराधको राजनीतिकरण हो । शीर्षस्थ नेताद्वारा राजनीतिक भेषमा उभ्याइएका अपराधीहरू यो वर्गमा पर्दछन् । यस्ता व्यक्तिलाई चोख्याएर राजनीतिमा हावी गराई आफ्नो स्वार्थ पूरा गर्ने नेताको उद्देश्यले यो ऐंजेरुलाई जन्माउँछ । आवश्यतानुसार प्रतिपक्षी र विरोधीलाई ठेगान लगाउन, एकछत्र राजनीतिक प्रभुत्व स्थापित गर्न, पक्षमा बहुमत कायम राख्न नेताद्वारा प्रयोग हुने यो क्षेप्यास्त्र नै हो । यो ऐंजेरुको नेतासँगको सम्बन्ध पनि एकै सिक्काको दुई पाटाजस्तै हुन्छ । नेता रिझाएर मुलुक लुट्न यो ऐंजेरु अत्यन्त सिपालु हुन्छ ।

राजनीतिक आवरणभित्रको अधिकांश अपराध यही ऐंजेरुमार्फत हुने गर्दछन् । कारबाहीको दायरामा आउनै नपर्ने भएकाले यसले मुलुकभर सञ्जाल स्थापित गरी धन्दा सञ्चालन गर्दछ । यसको सामु राज्य संयन्त्र नै निरीह बन्छ । अपराधिक कार्यक्षेत्र पहिचान गर्न, आर्थिक स्रोत पहिचान गर्न, राज्य प्रशासनलाई धम्क्याउन, आवश्यक परे उच्च पदस्थ सरकारी पदाधिकारीसँग स्वार्थको सम्झौता गरी निर्विवाद रूपमा अपराधिक धन्दा सञ्चालन गर्न यो वर्गको ऐंजेरु पोख्त हुन्छ । राष्ट्रिय राजनीतिलाई कुरूप बनाउने यो अर्को प्रमुख ऐंजेरु हो ।

सहकार्य र प्रोत्साहनः यो नेतामा उत्पन्न हुने विकृत मानसिकता हो जसले अपराधीलाई नै सम्मानित स्थानमा पु¥याइ दीर्घकालीन लाभको स्रोत सुनिश्चित गराउँछ । आफैंमा यो अलगै ऐंजेरु होइन, नेताको मनमस्तिष्कमा उत्पन्न ऐंजेरु हो । पछिल्लो समयमा यसले राष्ट्रिय राजनीतिलाई सबैभन्दा दूषित बनाएको छ । यसको प्रमुख विशेषता चर्चित अपराधीलाई आफ्नो ठान्ने हुन्छ । कतिपय अपराधिक कार्यमा निपूर्ण राजनीतिक व्यक्तिहरू पनि यसमा पर्दछन् । सत्ता शक्तिकै विश्वासपात्र व्यक्ति यसमा रहन्छन् । यो समूहलाई राज्यको ऐन कानुन लाग्दैन, उनीहरूलाई अपराधिक कार्य गर्न छुट हुन्छ । यिनीहरू सत्ताकै प्रभावशाली व्यक्तिको सल्लाहकार, मुख्य सहयोगी र विश्वास प्राप्त हुने भएकाले उल्टै उनीहरूकै राज्यमा बोलबाला रहन्छ । ठूलो भ्रष्टाचार, अवैध तस्करी, कालो बजारी जस्ता राष्ट्रघाती ठूला अपराध यही समूहबाट हुने गर्दछ । राजनीतिलाई कलंकित बनाउने कार्यमा यो ऐंजेरुको भूमिका अग्रणी हुन्छ ।

गुटगत राजनीति र व्यावहारिक विभेदः राजनीतिमा जेलिएको पछिल्लो सबैभन्दा विस्तारित ऐंजेरु गुटगत राजनीति र व्यवहारिक विभेद हो । ठूला प्रभावशाली दलदेखि ससाना दलसम्म विस्तारित गुटगत राजनीतिले राष्ट्रिय राजनीतिलाई दुर्गन्धित मात्र होइन कलंकितै बनाएको छ । दलीय मूल्य मान्यता प्रभावहीन भएका छन् । वैधानिक प्रक्रिया निष्क्रिय भइसकेका छन् । व्यक्तिवादी चिन्तन हावी भइरहेको छ । सिंगो जनप्रतिनिधिमूलक संस्था संसद्भन्दा दल शक्तिशाली ठानिन थालेको छ । दलभन्दा गुट उपगुट शक्तिशाली मानिन्छ । गुटगत नेता सबैभन्दा शक्तिशाली बन्दै आएका छन् । स्वैच्छाचारिता पराकाष्ठामा पुगेको छ । नेतामा बढ्दै आएको अहम्ताले सीमा नाघी हुकुमी शैलीमा रूपान्तरित भइसकेको छ । व्यक्ति नै सर्वोच्च शक्तिको स्रोत बन्दा लोकतान्त्रिक मूल्य र मान्यता नै ओझेलमा पर्दै आएका छन् । जनतामा निहित सर्वोच्च शक्तिको स्रोत नेतामा सीमित हुन थालेको देखिन्छ । सिस्टममा सञ्चालित हुनुपर्ने मुलुक नेताको चाहनामा सञ्चालित हुन थालेको छ ।

यही पृष्ठभूमिमा राजनीतिमा उत्पन्न व्यावहारिक विभेदले दलीय सीमा नाघी गुटउपगुटसम्म विस्तारित हुँदा आमनागरिकलाई समेत प्रभावित बनाएको छ । सर्वसाधारणले सामान्य सेवा सुविधाका निम्ति पनि नेतालाई अगुवाइ बनाउनुपर्ने भएको छ । राज्य निकायले सम्पादन गर्नुपर्ने काम कार्यसमेत राजनीतिक प्रभावको कारण स्वच्छ र पारदर्शी हुन छोडेको छ । जनताका प्रतिनिधिले जनचाहना अनुरूपै सञ्चालन गर्नुपर्ने लोकतान्त्रिक प्रक्रिया हुकुमी शैलीमा रूपान्तरित हुँदा शासक र शासितबीचको दूरी बढ्दो छ । यी सबै राजनीतिक ऐंजेरुकै विकृति हुन जसले सुन्दर राजनीतिक बोटवृक्षलाई कुरूप बनाएको छ ।

ऐंजेरुविहीन राजनीति दुर्गन्धरहित, हेर्नमा सुन्दर, व्यवहारमा स्वच्छ र पारदर्शी तथा जनभावना अनुकूल हुन्छ । विधिसम्मत राज्य सञ्चालित हुनु स्वच्छ र पारदर्शिताको प्रतीक हो । पारदर्शी राज्य प्रशासन जनहितकर हुन्छ । पारदर्शिताले कानुनी राज्य स्थापित हुने, जनभावनाको कदर गर्ने, मुलुकको विकास गर्ने, नागरिक हक अधिकार सुनिश्चित गर्ने, तथा तनाव र चिन्तामुक्त समाज निर्माण गर्ने भएकाले जनजीवन सहज बन्छ । लोकतान्त्रिक राजनीतिको विशेषता नै यही हो । यसैले सर्वसाधारण जनताले ऐंजेरुविहीन स्वच्छ पारदर्शी, हेर्नमा सुन्दर र लोकतान्त्रिक शैलीको राजनीतिको व्यावहारिक अनुभूति गर्न कहिले पाउँलान् ? यो सबै नेपालीको अहिलेको चिन्ता र चासोको विषय हो ।

तर ऐंजेरु रहेसम्म राजनीतिक सुन्दरताको परिकल्पनासम्म गर्न सकिँदैन । नेताहरूको सद्व्यवहार बेगर ऐंजेरु हट्दैन । नैतिक इमानदारितालाई सर्वोपरि ठानी नेताले वैधानिक रूपमै राज्य सञ्चालन गरे, स्वार्थ त्यागे, गुटगत राजनीति अन्त्य गरे, सबै नागरिकलाई समान दृष्टिले हेरे तथा गलत प्रवृत्तिलाई संरक्षण नगर्ने हो भने राष्ट्रिय राजनीति ऐंजेरुविहीन स्वच्छ, हराभरा एवं गुगन्धमय बन्छ । यदि नेताले ऐंजेरु हटाउन चाहेनन्, राजनीतिक आचरणमा सुधार ल्याएनन्, भनेर आमजनताले अझै टुलुटुलु हेरेर बसिरहनु हुँदैन । शल्यक्रियाद्वारा राजनीतिबाट ऐंजेरु हटाउन चिरफार गर्ने डाक्टर भनेका जनता नै हुन् । यसर्थ ढिलो वा चाँडो मुलुक निर्वाचनमा जान्छ । ऐंजेरु संरक्षक नेतालाई छानीछानी जनताले नै निर्वाचनद्वारा सधैंका निम्ति परास्त गराउन सक्नुपर्छ । अहिलेदेखि नै आमनागरिकले यो मानसिकता बनाउनु उत्तम हुन्छ ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

साताका लोकप्रिय समाचार

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

सिन्धुलीमा कोरोना संक्रमणबाट ८ वर्षिय बालकको मृत्यु

सिन्धुली । कोरोना संक्रमित एक ८ वर्षिय बालकको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

ट्रेन्डिङ

फेरि सुरु भयो साहित्यिक जेसुम यात्रा

काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको साहित्यिक यात्रा ‘जेसुम यात्रा’ फेरि सुरु भएको छ । जसुमको १३औं शृंखला भक्तपुरमा शनिबार सम्पन्न भएको...

आन्तरिक हवाई र लामो दूरीका यातायात असोज १ गतेदेखि खुल्ने

काठमाडौँ । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द...

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका...

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही...

अन्तिम टेस्टमा इंग्ल्यान्ड हावी

लन्डन । वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड हावी बनेको छ । दोस्रो दिन वेस्ट इन्डिज १ सय २२ रनले पछि...

दैनिक १६ हजार यात्रुलाई सेवा दिने गौतमबुद्ध विमानस्थल यस्तो बन्दैछ

बुटवल । रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै चिटिक्क देखिन थालेको छ । भौतिक संरचना निर्माण कार्य करिब सकिएसँगै विमानस्थलले...

चोरी भएको १ ट्रक बियर रौतहटको गोदामबाट बरामद

रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि...

जहाँ को-यो, त्यहीँ दिइयो

सकुन्दा पर्वत (ललितपुर) । कुक यात्रा समूहले २५ सय मिटर उचाईमा पुगेर बनाएको चित्रकला कालेश्वर मन्दिर जिर्णोद्वार समिति अध्यक्ष चरसुन्दर महर्जनलाई ‘अन द स्पट’...

राजधानीकर्मी चौलागाईसहित तीन पत्रकारलाई सम्मान

दोलखा । भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह...

मुक्तक संसार : मुक्तकिला मनका सारथि

यिनलाई चिन्नुभयो ? उही क्या त, प्रत्येक सोमबार राति दस बजेपछि रेडियो नेपालमा पोटिला मुक्तक लिएर गुञ्जन छन् नि ! हो अब भने ठ्याक्कै...

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना...

सरकार समृद्धिको बाटोमा छ ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९आँै राष्ट्रिय सम्मेलनको अवसरमा आज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)