Tuesday, September 21, 2021
Your Ads Here
HomeNot-to-be-missedमदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

राजधानी संवाददाता,
sharethis

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यो पुस्तक विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने शाक्यले बताए । पुर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको भनाइ उनले कार्यक्रममा राखे ।

सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको छ भनिन् । राणाकालमा नेपालमा ३८ वटा दरबार बनेको र ती दरबारमा बनाएका पेन्टिङबारे खोज अनुसन्धान हुनुपर्ने विचार उनले सो कार्यक्रममा राखिन् । नेपाली कला बुझ्न चाहने सबैलाई यो पुस्तक मार्गदर्शक बन्न सक्ने उनले बताइन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

कलाकार तथा लेखक मदन चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेकाले आफूले यो पुस्तक ल्याएको जानकारी गराउँदै भने, ‘नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरेका हौं ।’

अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारे चर्चा समेत गरिएको छ ।

पुनम आरएल राणाले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला र कलाकारबारे जानकारी लिनका लागि यो पुस्तक निकै उपयोगी छ भनिन् । पुस्तकमा कलाबारे, पुरातन कला र कलाकारबारे राम्ररी उल्लेख गरिएको उनले बताइन् ।

तपाइको प्रतिक्रिया

(Visited 105 times, 1 visits today)

आजको समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

साताका लोकप्रिय समाचार

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

नेप्से परिसूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन हिजो बिहीबार सेयर बजार मापक नेप्से परिसूचक राताम्मे देखिएको छ । नेप्से ७६.६५ अंकले घटेर २ हजार ८१२.३८...

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

ट्रेन्डिङ

क्रुर हत्या : घाँटीमा डोरीले बाँधेर भुईमा लडाए अनि खुकुरी हाने

अजय साह, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वषिर्य साहिद हुसेनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ...

डिजिटल प्लेटफर्ममा दयाहाङको नाटक मितज्यू

काठमाडौं । कोरोना संक्रमणको महामारीसँगै दुई साताभन्दा लामो समयदेखि भएको लकडाउनका कारण यतीबेला काठमाडौं र मोफसलका दर्शक घरमै बन्दी अवस्थामा छन् । यस्तो अवस्थामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)