Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ५ नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

रुद्र सुवेदी,

नेपालगन्ज । बाँकेमा आगामी बिहीबारदेखि एक साताका लागि लकडाउनको सिफारिस गरिएको छ । कोरोना संक्रमण वृद्धिको उच्च दरमा रहेको कारण बाँकेका स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका विज्ञले संक्रमणको दर घटाउन अनिवार्य लकडाउनको विकल्प नभएको सुझाव आएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जिल्लालाई एक साता लकडाउनको सिफारिस गरेको हो ।

मंगलबार दिउँसो बाँकेका स्थानीय तहका प्रमुख, स्वास्थ्य क्षेत्रका विज्ञ तथा स्थानीय राजनीतिक दल, व्यावसायीका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागितामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्नै पर्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि बाँके जिल्ला लकडाउन गर्न सुझाव आएकोले केन्द्रमा सिफारिस पठाएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले बाँकेको कोरोना संक्रमणको दर अत्यन्तै तीव्र रूपले वृद्धि भएका कारण संक्रमणको चेन तोड्न स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा संघीय सरकारबाट प्राप्त गाइड लाइनका अनुसार विद्यालय, हेल्थक्लब, पौडी पोखरी, मनोरञ्जनका स्थललगायतका स्थानहरू बन्द गर्नुका साथै बाँके जिल्लालाई लकडाउन गर्ने गरी तयारी अघि बढाउन सकिने बताए ।

बाँकेबासीलाई कोरना महामारीको संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन स्वास्थ्यका मापदण्ड पालना गर्दै आफूलाई आवश्यक पर्ने खाद्यान्नलगायतको जोहो गर्न उनले आग्रह गरे । सो बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणा, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, एमाले बाँकेका अशोक कर्माचार्य, जनता समाजवादीका कमरुदिन राई, भेरी अस्पतालका डा. प्रकाशबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ । कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३ सय ७५ जनाको परीक्षण गर्दा २ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

साताका लोकप्रिय समाचार

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ ।...

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...

भाेलि मध्यरातदेखि आन्तरिक उडान रोक्ने निर्णय

काठमाडाैं ।  सरकारले भोलि मध्यरातदेखी आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय...

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

चुरे मकवानपुर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका निवासी एक जना पुरुषको मृत्यु भएको छ । केही दिन अघि मात्रै कोरोना संक्रमण...

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुनुहुने भएको...

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४...

आइतबारदेखि भरी ग्यास सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे...

बागमती प्रदेशमा गौरवका आयोजना : आठ जिल्लामा हिल स्टेशन निर्माण सुरु

सिन्धुपाल्चोक । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पहाडी क्षेत्रमा हिल स्टेशन निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा...

काठमाडौंका संक्रमित भनिएका ग्रान्डी अस्पतालमा उपचाररत, ग्रान्डीलाई सिल गर्ने तयारी

काठमाडौं । काठमाडौंमा आज विहान कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेसँगै सो अस्पताललाई सिल गर्ने तयारी भइरहेको छ ।...

माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । विकास हाइड्रोपावर कम्पनी र बैंकबीच...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

कोरोना प्रभावित देशमा नेपाली कामदार नपठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै...

बाँकेमा ४१ जना कोरोना जितेर घर फर्के

नेपालगन्ज । बाँकेमा शुक्रवार ४१ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो संगै कोरोना जितेर घर फर्कनेहरुको संख्या बाँकेमा मात्र २५० पुगेको छ...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)