Thursday, May 6, 2021
Home अर्थ सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

ईश्वर तामाङ,

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्धिचरण लोकमार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने पहिलो र पुरानो सडक जीर्ण हुँदा समेत सरोकारवाला निकायले मर्मत र स्तरोन्नतिमा चासो नदिएकोले स्थानीयबासीले कटारी–घुर्मी सडक अवरोध पु-याएका हुन् ।

पटक–पटक स्तरोन्नतिको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयबासीले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चित्कालीन बन्द गरेको हो । स्तरोन्नतिको माग गर्दै संघर्ष समितिले कटारी नगरपालिका–११ बेतिनी बजारमा सडक अवरोध गरेका हुन् । कालोपत्रेको स्तरोन्नति गर्नुपर्ने माग गर्दै कटारी नगरपालिका ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाबासी स्थानीयबासीले अनिश्चितकालीन सडक अवरुद्ध पारेका हुन् ।

साता दिनअघि सडक स्तरोन्नति संघर्ष समितिले डिभिजन सडक कार्यालय लहान र भौतिक पूर्वाधारमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदै एक साताभित्र माग पूरा गर्न चेतावनी दिएको थियो । जनताको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै संघर्ष समितिले सोमबारदेखि सडक अवरुद्ध गरेको समितिका संयोजक तथा कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बूढाक्षेत्रीले बताए । स्थानीयको अवरोधपछि सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडकमा यातायात ठप्प भएको छ ।

जीर्ण र साँधुरो सडक त्यसमा पनि टिपर र बढी भार क्षमताका हजारौं गाडी चल्ने गरेका कारण भत्केर जर्जर भएको सडक खण्डको तत्काल स्तरोन्नति गर्न माग गर्दै समितिले धेरै अनुरोध गर्दै आएका थिए । जत्ति माग राख्दा पनि बेवास्ता गर्ने गरेपछि कटारी नगरपालिका–८ देखि १४ सम्मका ७ वटा वडाबासीले संघर्ष समिति गठन गरेका थिए । सो समितिले अन्तिम पटक चेतावनी दिदै चैत ३१ गते डिभिजन कार्यालय लाहानमा ज्ञापनपत्र बुझाएको थियो ।

कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडक खण्ड अत्यन्त जीर्ण भएकाले बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सो खण्डको मर्मत सम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयले वर्षौंदेखि समस्या भोग्दै आएको स्थानीयबासी बताउँछन् । सडक स्तरोन्नतिको माग गर्दै पटक–पटक डिभिजन कार्यालय, नगरपालिका, प्रदेश सरकार, विभाग र प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदै आए पनि चासो नदिएको उनीहरूको गुनासो रहेको छ ।

संघर्ष समितिले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा लोकमार्ग सुरक्षित बनाउन विकल्प दिन दुई लाइन सडक बनाउनुपर्ने माग पनि अघि सारेको छ । यो माग स्थानीयले एक दशकदेखि नै राख्दै आएका हुन् । त्यसको कार्यान्वयनका लागि मन्त्रालयले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, लागत इस्टिमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने, लोकमार्गलाई स्तरोन्नति कार्य गर्नेबारे निर्णय गर्नुपर्ने माग समितिले राखेको छ । त्यसैगरी २ लेन सडक बनाउने निश्चित नभएसम्म सडक आउजाउ खुलाउन नसकिने जनाएको छ । स्काभेटर, जेसिबी जस्ता उपकरण तैनाथ राख्नुपर्ने र धूलो मार्न पानी छ्याप्ने ट्यांकरको व्यवस्था गर्न पनि समितिको माग छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

साताका लोकप्रिय समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

ट्रेन्डिङ

म्याग्दी पहिरोमा बेपत्ता भएका १० जनाको शव भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका...

अरिङ्गालको टोकाइबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का एक पुरुषको अरिङ्गालले चिल्दा मृत्यु भएको छ । बारीमा घाँस काट्न गएका स्थानीय ४० वर्षका वाङदोर्जे तामाङलाई...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक । नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५...

भोटेकोशीमा पानीको बहाव उच्च, तातोपानीमा पहिरोले तीन जना पुर्यो

सिन्धुपाल्चोक । अविरल वर्षसँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाब उच्च भएपछि नदी छेउछाउमा भागाभा भएको छ । भोटेकोशी गाउँपालिकाको लार्चा खोलामा बाढी आउँदा...

शिल गरिएको चैनपुरको प्राथमिक स्वास्थ्य केन्द्र बुधबारबाट खुल्यो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना विरामीको मृत्यु भएपछि शिल गरिएको थियो । स्वास्थ्य केन्द्र मृत्यु भएका झापा...

पार्टी एकता काम अढाई बर्षमा पनि पूरा भएन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताले तीन महिनाभित्रै पार्टी एकताको सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको...

वरिष्ठ कवि वासु शशी र डा.कुमारबहादुर जोशीको शालिक अनावरण

  कपिलवस्तु । वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह आयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ...

श्रीमतीद्वारा बन्चरो प्रहार गरी श्रीमानको हत्या

नेपालगन्ज । घरायसी झगडमा बाँकेको खजुरा गाउपालिका वडानं. ६ गिजरामाश्रीमतीले धारिलो हतियारबञ्चरोले प्रहार गरेर श्रीमानको हत्या गरेकी छन् । जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रवक्तातथाप्रहरी नायवउपरीक्षक सुवाश खड्काले...

अन्तिम टेस्टमा इंग्ल्यान्ड हावी

लन्डन । वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड हावी बनेको छ । दोस्रो दिन वेस्ट इन्डिज १ सय २२ रनले पछि...

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

आयोध्यापुरी ओझेलमा पर्नुको कारण

सक्कली अयोध्याबारे तीव्र रूपमा बहस र चर्चा भइरहेको छ । भारतको उत्तर प्रदेशस्थित फैजावाद सक्कली अयोध्या होइन भन्ने तथ्यगत प्रमाण पनि संकलन हुँदै छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)