Monday, May 17, 2021
Home प्रदेश गजेन्द्र नारायणको सम्झनामा

गजेन्द्र नारायणको सम्झनामा

राजधानी समाचारदाता,

सप्तरी राजविराज । हालै सम्मपन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको सम्मान संगै मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता गजेन्द्र नारायण सिहको सम्झना गर्दै उनको जन्म जयन्ती मनाइएको छ ।

गजेन्द्र नारायण सिह अध्ययन केन्द्र राजविराजले बुधवार उक्त कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका नव निर्वाचित पधाधिकारीहरुलाई सम्मान र स्व.सिहको राजनितक योगदानको सम्झना गर्दै उनको ९१ औं जन्मजयन्ती मनाएको हो । सप्तरीको तिलाठी कोइलाठी गाँउपालिका घर भएका स्व. सिह १९८७ सालमा राम नवमीकै दिन जन्मीएका थिए । प्रत्येक वर्ष राम नवमीका दिन उनका अनुयायीहरुले स्व.सिहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

नव निर्वाचित पत्रकार महासंघका पदाधीकारीहरुलाई सम्मान पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य मृग्रेन्द्र कुमार सिह यादवले मधेशवादका प्रणेता स्व. सिहले देखाएको बाटो तथा पार्टी संगठनमा थालेको अभियानलाई पुरा गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने बताए ।

प्रदेश २ मिडीया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराईले निष्ठावान नेताका रुपमा चिनिएका स्व.सिह पत्रकार मैत्रि भावना राख्ने नेताका रुपमा समेत चिनिनु भएको सुनाउदै उहाँको अभाव सधै खडकि रहने बताए । पत्रकार महासंघका सभापती श्रवण देवले मधेशमा निष्ठा र आर्दशको राजनितिक गर्ने स्व.सिंहबाट वर्तमान र भावी पुस्ताले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए ।

गजेन्द्र नारायण सिह अध्ययन केन्द्रका संयोजक एवं जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभावकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय सदस्य राजेश कुमार राय, अमरनाथ मण्डल, उपेन्द्र प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले पनि बोल्दै नव निर्वाचितलाई बधाई तथ स्व सिहको राजनितीक योगदानको चर्चा गर्दै उनको सम्झना गरेका थिए ।

(Visited 30 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

खोपलाई व्यापक बनाउ

पछिल्लो समयमा चीनबाट कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएको छैन । सहयोगस्वरूप प्राप्त १० लाख डोज चिनियाँ खोप अहिले पनि कोल्डस्टोरमै...

कोराेना संक्रमितको दैनिक मृत्यु, अस्पतालमै भएको आइसियु र भेन्टीलेटर प्रयोग बिहिन

रौतहट । जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर...

सिंहदरबारमा ओली र नेपालविच छलफल

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल,...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

ट्रेन्डिङ

आगलागीबाट २५ लाखको क्षति

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ५ बाँसटारीमा आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको...

नारायणी नदीको बहाव ४४ वर्षयताको उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको...

कोरोना अपडेटः विश्वभर २ लाख ११ हजार बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्...

अन्तराष्ट्रिय उडान नहुँदा खोटाङेको शव ल्याउन समस्या

खाेटाङ । ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई ...

सर्वोच्चको फैसला कार्यान्वयन गर

कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्नु-गराउनु भन्ने सर्वोच्चको फैसला निकै समसामयिक र जनहितमा छ । यो फैसला आफैंमा नेपालको संविधानले व्यवस्था गरेको जनस्वास्थ्यसम्बन्धी मौलिक...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

दाइजो दिन नसक्दा विवाह नै रोकियो

जनकपुरधाम । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो ।...

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत...

सचिवकै कार्यक्षमतामा गम्भीर प्रश्न

काठमाडौं । आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकायका सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ...

नाटोजले बाँड्यो पत्रकारलाई एन ९५ मास्क र स्वास्थ्य सामग्री

काठमाडौ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पत्रकारहरुलाई एन ९५ मास्क लगायत विभिन्न स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको...

सम्पत्ति विवरण समयमै सार्वजनिक गर

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीका रूपमा आउने राजनीतिक नेतृत्वले नियमित रूपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यसैगरी राष्ट्रसेवक कर्मचारीले भने हरेक आर्थिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)