Monday, May 17, 2021
Home भर्खरै बिहीबार राति उल्का वर्षा हुने

बिहीबार राति उल्का वर्षा हुने

राजधानी समाचारदाता,

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । वैशाख ९ गते राति ११ः०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उनले जानकारी दिए । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेतारा सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । जुन लाखाैँ किलोमिटरसम्म फैलन सक्छ । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । रासस

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

ट्रेन्डिङ

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक २५ मंसिरमा हुने

काठमाडौं । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन...

चीनको वुहानमा आजदेखि लकडाउन हटाइयो

बुहान । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । बुहानबाट कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो । हिजो मङ्गलवार...

कोरोना सन्त्रास र सरकारी प्रयास

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले आएर युरोप, अमेरिका हुँदै संसारभर महामारीका रूपमा फैलिएको छ । विश्वमा अहिले यो संक्रमणले २ लाख २० हजार...

हामेसलाई मायमी ल्याउन चाहन्छन् बेकह्याम

मायमी । डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजलाई अनुबन्ध गर्न चाहिरहेका छन् । त्यसका लागि उनले तयारी...

भारतबाट आएकालाई क्वारेन्टाइन लाँदै गरेको ट्रिपर कर्णाली नदीमा खस्यो

कालिकोट । कालिकोटको कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार...

हनुमानका प्रसंसाले ओली झन झन उग्र हुँदै गए : नेपाल

तुलसीपुर । नेकपा दहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सिंगो देश भष्मासुरबाट आक्रान्त भएको बताएका छन् । दाङको तुलसीपुरमा भएको जिल्ला स्तरीय अगुवा...

मंगलसेन र साँफेबगरमा भदौ २३ गते सम्म निषेधाज्ञा

अछाम । अछामको मंगलसेन र साँफेबगर नगरपालिकामा भदौ २३ गते सम्म निषेधाज्ञा जारि रहने भएको छ । मंगलसेन र साँफेबगर नगरपालिकामा गरीएिको निषेधाज्ञा १...

पहिरोले एकै घरका पाँच पुरिए

सिन्धुपाल्चोक । वर्षा सँगै आएको पहिरोले सिन्धुपाल्चोकको सीमावर्ती भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा दुइ घर पुरेको छ । पहिरोले एकै घरका पाँच जना...

शीर्ष स्थानमा उक्लिने म्यानचेष्टर युनाइटेडको सपना सेफिल्डद्वारा चकनाचुर

लन्डन । दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड विसौं स्थानमा रहेको सेफिल्डसँग स्तब्ध बनेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा आफ्नै...

बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का...

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका...

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)