Tuesday, May 11, 2021
Home Editor-Picks को होला वर्ष उत्कृष्ट खेलाडी ?

को होला वर्ष उत्कृष्ट खेलाडी ?

विजय नेपाल,

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनयनमा परेसँगै उनीहरुके चर्चा सुरु भएको छ । तीमध्ये १ जनाले २० वैशाखमा वर्ष उत्कृष्ट खेलाडी घोषितसँगै २ लाख नगद पुरस्कार जित्ने छन् ।

कराते खेलाडी नवीन रसाइली (२३) साग विजेता हुन् । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उनले स्वर्ण जित्दै देशको नाम चम्काएका थिए । संघर्षपूर्ण जीवन बाँच्दै आएका यी स्वर्णधारी यतिबेला पुनः चर्चामा छन् ।

आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले भने, ‘दुःख गरेमा फल अवश्य पाइने रहेछ । मेरो लक्ष्य अझै ओलम्पिकमा सहभागी हुनु हो ।’ त्यसैले उनी यतिखेर ललितपुरमा तालिम गरिरहेका छन् । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त उनी दिउँसो बालाजु कराते डो एकाडेमीमा आबद्ध छन् । बालाजुमा उनी २०६६ देखि नै आबद्ध छन् । उनलाई ध्रुवविक्रम मल्लले कराते सिकाएका हुन् २०६५ सालदेखि ।

सानैदेखि कराते खेल्दै आएका उनी स्वर्ण पदक जित्नुलाई जीवनको अहोभाग्य ठान्छन् । भन्छन्, ‘पदक जित्नु आफ्नो लागिमात्रै हैन, राष्ट्रकै इज्जत रहन्छ । विदेशमा यसको छुट्टै भ्यालु छ । नेपालमा अझै पनि खेल र खेलाडीको भविष्य सुनिश्चित हुन सकेको छैन ।’

बागलुङको बोंगादोभान–२ मा २०५५ मा जन्मिएका नवीनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेताका नाम पनि उनकै नाममा छ ।

सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट/ जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उनी ६८ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए । उनले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आएका छन् । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए ।

टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । १३ औं सागमा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जित्न सफल भएका थिए । साथै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोल्डसहित ३ पदकधारी हुन् ।

विनेश खनियाँ

सन् २००८ देखि यस खेलमा आबद्ध उनको जन्म लमजुङको दुराडाँडा (हाल सुन्दरबजार) मा भएको हो । बावु गोविन्दराज खनियाँ र आमा निर्मला खनियाँका २ सुपुत्रमा उनी कान्छा हुन् । सर्वोदय मावि पढ्दाताका दाइहरुले टेबलटेनिस खेलेको देखेर नजानिँदो पारामा यसप्रति उनमा मोह जागेको बताउँछन् । पछि उनको प्रतिभा फुल्ने अवसर काठमाडौंको सिद्धार्थ वनस्थलीमा पुगेर भयो । त्यहाँ उनलाई प्रशिक्षक सुरेन्द्र सुवालले तालिम दिए । बीबीएस उत्तीर्ण विनेश खेलकै सिलसिलामा विभिन्न देश पुगेका छन् । सन् २०१७ मा बंगलादेशमा आयोजित साउथ एशियन क्लबमा रजत पदक जितेर देशको नाम चम्काएका थिए । यस्तै सन् २०१८ मा मलेसियामा भएको १३ औं युआईटिएम इन्टरनेशनल स्पोर्टस् फेस्टामा उनले गोल्ड मेडल जित्न सफल भए । आठौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण (मेन्स डबल्स), रजत (मिक्स डबल्स्) र कास्य (मेन्स् टिम) जितेका हुन् ।

राष्ट्रिय करिब ३ दर्जन तथा अन्तर्राष्ट्रियस्तरका झन्डै एक दर्जन प्रतियोगिता खेलिसकेका छन् । कोभिड–१९ का कारण खेल क्षेत्रमा प्रभाव परेको बताउने उनी हाल काठमाडौं लैनचौरस्थित कभर्डहलमा आफूभन्दा सानालाई प्रशिक्षण दिन्छन् । प्रहरी सेवामा उनी २०७३ सालदेखि आबद्ध भएका हुन् ।

सुमन अर्याल नवलपुरको दुम्कीवास निवासी हुन् । सानैदेखि फुटबलप्रेमी उनको सहभागिता यु–१६ साफ च्याम्पियनसीपबाट भयो । ५ वर्षअघि भएको सो प्रतियोगितामा क्वार्टरफाइनलसम्म नेपाल पुग्न सकेको थियो । १३ औं सागमा यु–२३ मा नेपाललाई स्वर्ण दिलाउन उनको पनि योगदान छ ।

सुमन अर्याल

हाल जारी वल्र्ड कप क्वालिफाई राउण्ड खेल्दै गरेका छन् । तर अहिले भने केही समयदेखि कोभिड–१९ का कारण रोकिन पुगेको छ । यु–१८ साफ च्यापियनसीप, भुटानमा सहभागी नेपालले स्वर्ण जित्दा उनको पनि योगदान छ । नेपालले त्यसबेला भारतलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

उनले एन्फामै तालिम लिएका हुन् । ४ वर्षदेखि उनी नेपाल आर्मीमा आबद्ध छन् । आर्मी टिमबाट आहारारा गोल्डकप खेल्न यी डिफेन्डर पोखरा रंगशाला समेत आएका थिए । त्यसबेला आर्मीले फाइनल यात्रा तय गरेको उनको स्मरण छ । सुमन भन्छन्, ‘पहिलेको तुलनामा अहिले खेल क्षेत्रमा लाग्नेलाई राम्रो अवसर छ । खेलाडीलाई अझै राम्रो सुविधा दिइयो भने आगामी दिनमा राम्रो गर्न सक्छन् ।’

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सोमबार...

ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

ट्रेन्डिङ

नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल...

भारतीय सेनाध्यक्ष नरवणे कार्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेले कार्तिक १९ गते नेपाल भ्रमण गर्ने भएका छन् । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको...

विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक...

आफनै साथीको खुकुरी प्रहारबाट डाँगीको मृत्यु , हत्यारा पक्राउ गर्न व्यापक खोजी

तुलसीपुर । आफनै साथीहरुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा...

पञ्चे बाजा बज्न छोड्यो बिहेमा

दैलेख । पञ्चेबाजाको एक पटक यस्तो समय थियो गाउँघर र शहरबजारमा । छोराछोरीको विबहेको सिजनभरी दैनिक जसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै...

कोरोना भाइरसको असर अर्थतन्त्रमा, अर्बौ डलर खर्च गर्ने प्रकोप प्रभावित देशको योजना

रोम । कोरोन भाइरस संक्रमण (कोभिड–१९) को सिकार भएका विश्वका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई जोगाउनका लागि अर्बौं डलर खर्च गर्ने योजना अघि सारेका छन्...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

अब अनुमतिबिनै फोन ट्यापिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग...

सुचना विभागको महानिर्देशकमा शर्मा

काठमाडौ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा वरिष्ट सहसचिव किरणराज शर्मा नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार शर्मालाई विभागको महानिर्देशकको...

प्रमाणित हुने बित्तिकै नेपालीले काेराेना बिरुद्धकाे खोप पाउँछन् : मन्त्री ढकाल

काठमाण्डाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएकाे छ...

नेपाल भारत सिमामा गोली लागेर एक युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदि पारी दोधाराचाँदनी नगरपालिकासंगै जोडिएको भारतीय क्षेत्रको गढिगोठ जंगलमा नेपाली एक युवक गोलि लागि घाइते भएका छन् । सोमबार साँझ साडे...

वडाध्यक्षलाई धुलाई

बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)