Tuesday, May 11, 2021
Home बिचार ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

राजधानी समाचारदाता,

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका प्रबुद्ध समूहले २०७५ साल असारमै एक साझा प्रतिवेदन तयार पारी दुवै देशका प्रधानमन्त्रीसमक्ष बुझाउने निर्णय गरेका थिए । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रतिवेदन बुझ्न आलटाल गर्दै अहिलेसम्म अस्वीकार गरेपछि यो अलपत्र पर्न गएको छ । यो प्रतिवेदन खाली एकेडेमिक मात्र छैन । त्यति बेला नेपाल–भारतको सीमा इलाकमा दुवै पक्षका कर्मचारी टिम परिचालित भएर केही विवादित भनिएका इलाकाबाहेक सबै सीमामा नयाँ पिलर पनि निर्माण गरी सिमांकन स्पष्ट पार्ने÷पारिने काम हुन गएका पनि छन् । त्यति बेला निर्माण गरिएको यो प्रतिवेदन तयार पारिएको मितिले एक महिनाभित्रै दुई देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने भनिएको थियो र सहमति पनि तदनुरूप भएको थियो । तर, अहिलेसम्म पनि प्रबुद्ध समूहको पत्र भारतीय प्रधानमन्त्रीले बुझ्न नमान्नुमा दुनियाँले आश्चर्य प्रकट गरिरहेका छन् । भएको सहमतिअनुसार पनि भारतपछि हट्नुमा के कुराले काम गरेको छ, यो दुवै देशका जनताका लागि आश्चर्यको विषय बनिरहेको छ । सीमा अनुगमन र रेखांकनको क्रममा नै यी दुवै पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भनी निर्णय गरेको थियो ।

उसो त ईपीजी प्रतिवेदनमा भएको विषय राष्ट्र र राष्ट्रिय मामलासँग जोडिएकाले यसका बारेमा ईपीजीमा संबद्ध विज्ञबाहेक अरू कसैलाई पनि थाह छैन । यो प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन । प्रबुद्ध समूह बैठकमा त्यति बेलै भारतीय टोली संयोजक भगतसिंह कोस्यारीले नेपालको पक्षमा खेलेको भूमिकाप्रति भारत असन्तुष्ट छ । उनले ईपीजी बैठकपछि १९५० सन्धि विषयमा बोलेका थिए । उनले यसका बारेमा निकै स्पष्ट मत राखेका थिए । यो सन्धिको सार निकै महत्वपूर्ण भएको कुरा खोतल्दै कोस्यारीले यसको समाधानका लागि ‘सरकारी तहबाट १९५० को सन्धिबारे अवधारणापत्र लिएर छलफल बस्नुपर्ने बताएका थिए । भारतीय पक्षलाई यो विषय नेपालका लागि सहज हुने र भारतका लागि असहज हुने भन्दै असन्तुष्टि पोखेको थियो । प्रतिवेदनमा भारतीय पक्षका सदस्य जयन्तप्रसादले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । सीमाना नेपालतिर गडबड गरिएको थियो । यसैले पनि उक्त सीमाना सच्याउनु जरुरी थियो । यसैका पक्षमा देखिएका थिए कोस्यारी । समूहमा भारतका भगतसिंह कोस्यारी, जयन्तप्रसाद, महेन्द्र पी लामा र बीसी उप्रेती गरी ४ जना र नेपाली पक्षबाट सूर्यनाथ उपाध्याय, डा. भेषबहादुर थापा, राजन भट्टराई र नीलाम्बर आचार्य गरी ४ जना थिए ।

ईपीजीले तयार पारेको प्रतिवेदन नेपाल र भारतबीच भएका सम्पूर्ण सन्धि, सम्झौता र सहमति अध्ययन अनुसन्धान गरी पुनरावलोकनका लागि सुझावसहितको छ । यसमा थप गृहकार्यको जरुरी छ । भारत आफैंमा निकै ठूलो भूगोल र जनसंख्या भएको देश हो । यसले नेपालका केही मानिस र केही भूगोल लिएमा त्यसले तात्विक फरक पर्दैन होला पनि । तर, नेपाल आफंैमा निकै सानो देश हो । यसको सानो भूमि यताउता भए पनि यसलाई ठूलो असर पर्छ । ईपीजी प्रतिवेदनले समस्या समाधनको बाटो पहिल्याएको छ । यसबारे समयमै छलफल होस् ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता

दैलेख । कर्णाली नदीमा मंगलबार राती १० बजे टिपर खस्दा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिपरमा रहेका चालक र सहचालक रहेको ईलाका...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

म्युनिख । बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई...

ट्रेन्डिङ

कोरोना भाइरस संक्रमण : नेपाली ल्याउने विषय अझै अन्योल

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले...

कोरोना भाइरस संक्रमण : अभिभावकले भेटे गृहमन्त्रीलाई

काठमाडौँ । उहानमा रहेका नेपालीहरुलाई यथासिघ्र फिर्ता गर्नुपर्ने माग गर्दै अभिभावकहरुले गृहमन्त्री समक्ष ध्यानाकर्षण गरेका छन् । उनीहरु गृहमन्त्रालयमा पुगी गृहमन्त्री राम बहादुर थापा...

राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी तीव्र

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । मौलापुर...

फिल्म र प्रेमका कारण करिना डिप्रेसनको सिकार

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफू एक समय डिप्रेसनको सिकार भएको बताएकी छिन् । त्यो डिप्रेशन पछि आफु कमजोर भएको र बेला...

स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको...

जुम्लाको आलु : पहिला व्यापारी खोज्दै किसान, अहिलै किसान खोज्दै व्यापारी

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर १ को खोरिया लेकमास्थानीय गोरख बस्नेत आफ्नो गोठमा आलु संकलन गरेर व्यापारिलाई पर्खिरहेका थिए । उमेरले ६५...

छोरी भन्दा आमा तरुनी…

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पु-याएको हो । जेलिन डियाज र...

कोरोना महामारी र सुदूरपश्चिम

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् जन्म दिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि ठूला हुन् । भनिन्छ, भगवान् सबभन्दा ठूला हुन् । तर, हामीले...

मखनलाई जी मोटर्सको साथ

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका...

वाइडबडी काण्डमा बिनापूर्वाग्रह कारबाही गरौं :  माधव नेपाल

काठमाडौं  । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको...

सन्तुलित परराष्ट्र नीति आवश्यक

अमेरिकी सहयोगमा स्थापित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट विषयमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच जारी बहसले यो सम्झौता सत्ताधारी दलका निम्ति घा“टीमा अड्केको हाड...

गरिब, असाहयलाई सहयोग जारी

सप्तरी, राजविराज । लामो समयको लकडाउनले समस्यामा परेका जिल्लाका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् । क्रियसन नेपाल नामक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)