Tuesday, May 11, 2021
Home बिचार जीवनको आधार नै जैविक विविधता

जीवनको आधार नै जैविक विविधता

विश्वनाथ खरेल,

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक प्रकाशित अध्ययनअनुसार विश्वभरि झन्डै १ अर्ब ६० करोड मानिस आआफ्नो जीविकोपार्जनका लागि वनजंगलमा आश्रित रहेका छन् । त्यसरी नै करिब ४० प्रतिशत अक्सिजन वनबाट नै प्राप्त हुन्छ । मूलतः सन् २०१९ मा जैविक विविधता तथा पारिस्थितिकीय सेवासम्बन्धी अन्तरसरकारी वैज्ञानिक मञ्चले प्रकाशित गरेको प्रतिवेदनअनुरूप आगामी एक दशकभित्र करिब १० लाख प्रजाति लोप हुन सक्ने तथ्यांक औंल्याएको छन् । हाम्रो देशका बारेमा कुरा गर्ने हो भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भत्रे बुझिन्छ । मूलतः भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाउँछन् अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाउँछन् । त्यसैगरी गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथ जस्ता स्थल पवित्र भू–स्वरूपका रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणबाट समेत महत्वपूर्ण छन् ।

जैविक विविधताको दृष्टिकोणले हाम्रो देश विश्वको २५औं र एसियाको ११औं स्थानमा पर्ने अध्ययनले देखाएको छ । वस्तुतः देशमा १ सय १८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ । राष्ट्रको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत क्षेत्र वनजंगल तथा झाडी बुट्यानले ढाकेको छ । त्यसैगरी, संरक्षित क्षेत्रले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ । त्यसैगरी देशमा जैविक विविधताको दृष्टिले धनी देश हो । यहाँ रहेका विभिन्न जीव तथा वनस्पतिको समष्टि रूपले नेपाललाई जैविक विविधतापूर्ण बनाएको छ । भौगोलिक हिसाबले विश्वको कुल भू–भागको करिब ०.१ प्रतिशत भूभागमा फैलिएको नेपालले जैविक विविधताको दृष्टिले झन्डै चार प्रतिशत हिस्सा ओगट्नु नेपाली मात्रका लागि गर्वको विषय हो ।

यसर्थ विज्ञको पछिल्लो अध्ययनअनुसार मुलुकमा झन्डै ८ सय ८० प्रजातिका चरा, १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ प्रजातिका पुतली, २ सय १० प्रजातिका स्तनधारी जीव, ७ हजार ५ सय प्रजातिका बिरुवा तथा जडीबुटी रहेका छन् । मूलतः विश्वमा भएका हरेक प्राणी अनि बिरुवाका लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाको सुरक्षा, संवद्र्धन अनि उपस्थिति मानवको दायित्व हो । अतः चोरीसिकारी, पैठारी अनि तस्करको सक्रियताले नेपालमा पनि धेरै जनावर र बिरुवाको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीको आआफ्नै महत्व र योगदान छ ।

तसर्थ सबै प्राणीको सुरक्षा आजको आवश्यकता पनि हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवा सबैको रक्षा गर्न जरुरी छ । यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भित्रभित्र मौसम एवं भीर, पहरा, गल्छी र उपत्यका छन् । पहाड, तराई र हिमाली क्षेत्रमा उत्तर दक्षिण दुवैतिर फर्केका भित्ता पाखाका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । यसर्थ अर्कोतिर हेर्ने हो भने घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहोलमा पुगिन्छ । जैविक विविधता अनुभव गर्न सकिन्छ । देशमा समुन्द्री सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८ हजार ८ सय ४८.६ मिटरको सगरमाथा छ । सम्पूर्ण युरोपको भूभागभन्दा नेपालमा धेरै प्रजातिका चरा पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ ।

जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भत्रे बुझिन्छ

राष्ट्रमा ५ सयभन्दा बढी प्रजातिका अत्रबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातिका खेती गरिन्छ । प्रजातीय विविधता, वतावरणीय विविधता, रहन सहनको विविधता, अणुवान्षीय विविधता, देशको जैविक विविधताभित्र पर्दछ । त्यस्तै गरी उन्यू, च्याउ, लेउ वा झ्याउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको संख्या नेपालमा ५ हजार ८ सय ५६ छ । गुराँस प्रजातिको संख्या मात्रै ३० नाघ्छ भने सुनगाभा र सुनाखरी परिवारमा ३ सय ६३ भन्दा बढी प्रजाति छन् । प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन् । सपूर्ण अमेरिकी भूभागभन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छ । त्यसरी हाम्रो देशमा पुतलीको सबैभन्दा धेरै प्रजाति पाइन्छ । विश्वको सन्दर्भमा हेर्ने हो भने ब्राजिलपश्चात् सबैभन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो ।

नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । देशमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।

पृथ्वीको अस्तित्व जोगाउनका लागि वनस्पति संरक्षण गर्नु अनिवार्य छ । वनस्पति मात्र यस्ता सजीव हुन् जसले सौर्य ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गरेका हुन्छन् । यो प्रकाश संश्लेषण प्रव्रिmया हो । यदि, वनस्पति नहुँदा हुन् त सौर्य ऊर्जा पारिस्थितिक प्रणालीमा खाद्य सञ्जालका रूपमा जान सक्दैनथ्यो । जसले गर्दा पारिस्थितिक प्रणाली नै सिर्जित हुन सक्दैनथ्यो । सजीव तथा निर्जीवको अन्तरसम्बन्ध कायम हुन नसकेपछि जीवित पर्यावरण पनि रहँदैन । यसैबाट वनस्पति र वातावरणको अन्योन्याश्रित सम्बन्ध अनुभूति गर्न सकिन्छ । वातावरणमा देखापरेका जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र अनुकूलित हुनका लागि वनस्पति संरक्षण अनिवार्य छ । स्वच्छदेखि नुनिलो पानीसम्म तथा उष्णदेखि लेकाली वातावरणमा विविध प्रजातिका वनस्पति पाइन्छन् । यसरी जन्मदेखि मृत्युसम्म विभित्र मानव संस्कारमा वनस्पतिका विविध भाग जस्तै फूल, फल, बीउ, बोव्रmा, काठ, जरा आदि प्रयोग हुँदै आएका छन् ।

यसर्थ वनस्पतिले नै यस धर्तीमा जीवित वातावरणको सिर्जना गरिरहेका छन् । वनस्पतिको विनाशका कारण मौसम परिवर्तन, हरित गृह ग्याँस उत्सर्जन, विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलगायतका असर देखापछन् । आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धबाट नै दिगो वातावरण कायम गर्न सकिन्छ । दिगो वातावरण सँगसँगै दिगो विकास अगाडि बढ्न सक्दछ । यसको ठोस कार्यान्वयन हुनु अनिवार्य छ । होइन भने विकासका नाममा धेरै विनाश हुन सक्दछ । त्यसैले, वातावरणमैत्री विकासका गतिविधि मात्र सञ्चालन गरिनुपर्छ । जैविक प्रविधि नीति, २०६३ ले जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारका रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिने लक्ष्य लिएको छ । नीतिले बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार, जैविक सुरक्षा, जैविक निगरानी तथा जैविक नैतिकता जस्ता विषयलाई पनि सुनिश्चितता प्रदान गर्ने उल्लेख गरेको छ ।

समग्रमा भन्नुपर्दा पछिल्लो समयमा जैविक विविधता, वन तथा वातावरण विनाश हुँदै गएको छ । यसैका कारणले गर्दा अहिले विश्वभरि कोरोना भाइरसले तहसनहस स्थिति एकातिर छ भने अर्कोतिर तीव्र वायु प्रदूषणले विकराल स्थिति उत्पन्न गराएको छ । यसको संरक्षणमा युवालाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्न सके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ । देश जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् ।

जैविक विविधताको स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधि उपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ

त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ । मुलुक एक सुन्दर एवं विविधतायुक्त स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । यसरी जैविक विविधताका क्षेत्रमा संरक्षण संबद्र्धन गरी पूर्वाधारमा व्यापक लगानी गर्ने हो भने एकदुई वर्षमै अहिलेभन्दा जैविक विविधताको संरक्षणलाई दोब्बर पार्न सकिन्छ ।

यसका लागि ठूलो लगानी आवश्यक हुन्छ । यी विविध स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधि उपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्दछ । जसले गर्दा प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन्छ, त्यसैले पृथ्वीमा रहेका वनस्पति, जीवजन्तुलगायतका जैविक विविधताको संरक्षण गर्न सके मात्र हामी सुरक्षित रहन्छौं । साथै जैविक विविधता हाम्रो जीविकोपार्जनको मुख्य आधार पनि हो ।

(Visited 96 times, 2 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी,...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

पाल्पाको फोक्सिङकोटमा पहिरोले ३ घर पुरिए, ६ जना बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि बिहीबार विहान पहिरो गएको छ । पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएको प्रहरीले...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

कोरोना संक्रमित वडाध्यक्षको अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु

बाजुरा । बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार विकको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि...

भेरी अस्पतालमा कोरोना संक्रमित युवतीको मृत्यु

नेपालगन्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी...

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको...

सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं । निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन अटेर गरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई चुनौती दिने १७ हजार १ सय ८५ जना राष्ट्रसेवक कर्मचारीमाथि...

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

निषेधाज्ञामा नरोकिएका सिर्जनशील हातहरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा सुरु भएको आज चार दिन पुरा भयो । कलकारखाना ठप्प छ । अत्यावश्यक भनिएका खाद्यान्ह र औषधी दोकानदारले समेत पसल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)