Tuesday, May 11, 2021
Home बिचार क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

डा. देवीप्रसाद आचार्य,

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा धन सम्पति कमाउने इच्छा हुनु अस्वाभाविक भने होइन । मीठो खान, राम्रो लगाउन, राम्रो घरमा बस्न, सुख सयलमा रमाउन हरेक मानिसको इच्छा हुन्छ । समाजमा कतिपय मानिस इमादारिताका साथ परिश्रमको कमाइमा जीवन बिताउन चाहने पनि छन् । तथापि समाजमा कतिपय मानिस धन आर्जनका लागि छलछाम, भ्रष्टाचार, दलाली विचौलिया आदि काममा लागेको देखिन्छ । सम्पत्तिप्रतिको मोहले वेचैन बनाउने क्लेप्टोमेनियाँ लागेपछि मानिस साम, दाम, दण्ड, भेद लगाएर भए पनि सम्पत्ति कमाउने कर्ममा लाग्दछ । समाजमा यस्तै भएको छ ।

जीवनमा परिश्रम गरेर कमाउनु महानता हो । मेहनत गरेर कमाउनुको मजा छट्टै छ । इज्जत बेग्लै छ । तर, समाजमा धन आर्जनका लागि अनैतिक काम गर्ने, कालो बजारी, तस्करी, ठगी, चोरी, चकारीगरी सम्पति कमाउने क्लेप्टामेनियाँका रोगीहरू बढ्दै जाँदा राजनीति, प्रशासन, व्यापारलगायतका क्षेत्रहरू प्रभावित भएका छन् । हो, समाजमा राम्रा चरित्र र असल कर्म गर्ने मानिस राजनीति, व्यापार व्यवसाय, कर्मचारीलगायतका क्षेत्रमा नभएका होइनन् । तथापि एक घर मुल्याहाले सय घर पिर्छ भने झंै केही नेतागण, कर्मचारी, ठेकेदार, व्यापारीको भ्रष्ट मतिका कारण सिंगो क्षेत्र बदनाम हुन पुगेको छ ।

राजनीतिक क्षेत्रमा हुने गरेको पद, पैसा र शक्ति संघर्षले सिंगो मुलुकले दुःख पाइरहेको छ । देशमा हुने ठेक्कापट्टा, विकास निर्माण, राजनीतिक नियुक्तिलगायतका ठाउँमा कमिसन, भ्रष्टाचार, अनियमितता एवं सेटिङ हुने गरेको पाइन्छ । माथिल्लो तहको राजनीति वा प्रशासनतन्त्रमा मिलिजुली खाने प्रवृत्तिका कारण देशका संरचना कमजोर हुने गरेका छन् । नातावाद, कृपावाद, पैसाको चलखेल जस्ता क्रियाकलापका कारण राइटम्यान इन राइट प्लेस हुन सकेको अवस्था छैन । सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण, ओम्नी प्रकरण, ७० करोडको भिडियो काण्ड, वाइडबडी, न्यारोवडीलगायतका ठूलाठूला आर्थिक चलखेलमा माथिल्लो तहका क्लेप्टोमेनियाँका रोगीको संलग्नता रहेका समाचारहरू आउने गरेका छन् ।

सिंहदरबारदेखि स्थानीय तहसम्म सुशासन र विकासको बाधकका रूपमा देखिएको क्लेप्टोमेनियाँको बिगबिगीलाई विधिको शासनले नियन्त्रण गरियोस्

सुशासन नभई विकासले गति लिन सक्दैन । मुलुकमा सुशासन कायम हुन नसक्नुमा धन लाभ कै कुरा जोडिएर आउँछ । अहिले पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीबीचमा घात, अन्तरघात, प्रतिघातसँगै राजनीतिक अस्थिरता बढ्दै छ । देशमा पटकपटक भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसक्नुका पछाडि पनि राजनीति क्षेत्रमा लोभ, लालसा र धनमोहले नै मुख्य भूमिका खेलेको पाइन्छ । क्लेप्टोमेनियाँ रोगकै कारणले राजनीतिक दर्शन सिद्घान्त र दृष्टिकोण गौण भएका छन् । राज्यको पुनर्संरचना भएपछि गाउँ–गाउँमा सिंहदरबार भनियो । वास्तवमा सिंहदरबार राणा शासन, पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्रमा पनि क्लेप्टोमेनियाँका रोगीको शक्तिकेन्द्र थियो । अहिले पनि सिंहदरबारको अवस्था उस्तै छ । गाउँगाउँमा सिंहदरबार भनिएसँगै क्लेप्टोमेनियाँ रोग स्थानीय तहसम्म फैलिएको छ ।

हाम्रो देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व र प्रशासकका कारण सुशासन कायम हुन नसकेको प्रस्ट छ । सरकारी जग्गालाई देशका प्रधानमन्त्रीकै मिलेमतोमा व्यक्तिको नाममा गराउनेले सुशासनका कुरा गर्दै हिंडेका छन् । सरकारी सम्पतिको दोहन गर्न पल्केकाले हरेक ठाउँबाट आर्थिक फाइदा लिने गरेका छन् । देशको ठूलो रकम उच्च ओहोदाका पदाधिकारीको सेवा, सुविधामा खर्च गरिएको छ । पदमा रहुन्जेल मात्र होइन, पदच्युत भइसके पनि गाडी, पेट्रोल, ड्राइभर, सुरक्षाकर्मी, भत्ता आदि इत्यादि नाममा सरकारी सुविधा लिइरहेकै छन् । क्लेप्टोमेनियाँका रोगी नै सुविधाको दोहन गर्न सकिने कानुन बनाउने ठाउँमा भएका कारण देश विकासको कुनै पनि भिजन, मिसन, एक्सन वा योगदान नभएका लाटा देशका गाँडा तन्नेरीले देशको अर्थतन्त्रमा बेथिति गरिरहेका छन् ।

राज्यको कार्यशैलीले विकास बजेटमा कमिसनको ठूलो चलखेल हुने जानकारको ठहर छ । राज्यको संयन्त्रमा रहेका क्लेप्टोमेनियाँका रोगीले धन आर्जनका बाटा र पाटा मिलाउनका लागि अनेक प्रपञ्च गरेको देखिन्छ । आर्थिक वर्षको अन्त्य साउन मसान्तलाई मान्ने गरिएको छ । साउनदेखि वैशाखसम्म विकास निर्माणका काम गर्नका लागि लामो प्रशासनिक झन्जटमा मुलुकलाई अल्झाएर, सेटिङ मिलाएपछि वर्षायामको सुरुवातसँगै टालटुले काम गर्ने संस्कृतिको अन्त्य भएको छैन । यस्तो राजनीतिक निर्देशन र कर्मचारीतन्त्र भएको देशमा कसरी विकास निर्माणका काम गुणस्तरीय हुन सक्दछन् ?

मूल नै फोहर भएपछि त्यसको फोहर जताततै फैलनु स्वाभाविक नै हो । जवाफदेहिताविहीन राजनीतिक क्रियाकलापको प्रभाव प्रशासनतन्त्रमा परेको छ । आर्थिक वर्षलाई वैशाख महिनादेखि नै सुुरु गर्ने र बजेटको बाँडफाँड गरी प्रत्येक वर्षको चैत मसान्तभित्रमा विकास निर्माणका काम सिध्याउने गरी राज्यले किन व्यवस्था गर्दैन ? महिनौंसम्म लाग्ने प्रक्रिया, आर्थिक नीति–नियम र विनियमलाई संशोधन गरी छिटोछरितो र वैज्ञानिक कार्य प्रणाली बनाए के हुन्छ ?

राज्यले बनाएका नीतिनियम, कानुनलाई कार्यान्वय नगरी जनतालाई सेवासुविधा उपलब्ध गराउने भूमिका कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा निर्णयलाई कार्यान्ययन गर्ने अभिभारा बोकेका कर्मचारीबाट नै आमजनताले सरकारी सेवा सुविधा पाउने हो । जनताले प्राप्त गर्ने सेवा सुविधा र विकास निर्माणका कार्यका आधारमा सरकारको सफलता र असफलताको मापन हुने हो । राज्यले चाहेमा कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त, विकासमुखी बनाउनुका साथै जरा गाडेर बसेको क्लेप्टोमेनियाँ रोगलाई निर्मुल गर्न सक्छ, तर गर्दैन ।

पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीबीच घात, अन्तरघात, प्रतिघातसँगै राजनीतिक अस्थिरता बढ्दै छ

जनतालाई उपलब्ध गराउने सेवा र सुविधा त्यति बेलासम्म प्रभावकारी र उपलब्धिमूलक हुन सक्दैनन्, जबसम्म मुलुकको प्रशासनतन्त्र जनउत्तरदायी, सेवामुखी, प्रतिष्पर्धी र मितव्ययीका साथै छिटोछरितो बन्न सक्दैन । राजनीतिक व्यवस्था परिवर्तन भए तापनि उच्च पदस्थ नेतृत्व र कर्मचारीतन्त्रको कार्यशैलीमा परिवर्तन हुन सकेको छैन । देशको कर्मचारीतन्त्रमा लालफित्ता शाहीको प्रभाव व्याप्त छ । माथिको आदेश भन्ने र फाइल लुकाउने, रहस्यमय बनाउने जस्ता कार्यको अन्त्य हुन सकेको छैन । स–साना कुरामा पनि टिप्पणी उठाउने, अनावश्यक रूपमा फाइल घुमाउने, आवश्यक नपर्ने प्रशासनिक शाखा र प्रशाखाको राय, सल्लाह लिनुपर्ने कुराले प्रशासनतन्त्र प्रक्रियागत झन्जटमा अल्झिएको छ ।

भ्रष्टहरूलाई कारबाही गर्नुको साटो उनीहरूको मुद्दालाई राजनीतिकरण गर्ने राजनीतिक दलका क्रियाकलाप नै देशमा भ्रष्टाचार बढ्दै जानुको प्रमुख कारण हो । मुलुकमा विधिको शासनको पालना गर्न राज्यण् सक्षम नभएकाले राजनीतिक संक्रमणको आडमा गैरकानुनी धन आर्जन गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ । राजनीतिक शक्तिको आडमा आप्mना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिले आँखा चिम्लिनु नै भ्रष्टाचारलाई प्रश्रय दिनु हो ।

नागरिकलाई सधैं तड्पाउने, भोट बैंक बनाउने र उनीहरूको गरिबीको नाम भजाएर देशको सुविधामा हालीमुहाली गर्ने राजनीतिक नेतागणका कारण लोकतन्त्र सर्वसाधारणको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैं भएको छ । नागरिकलाई शान्ति, सद्भाव, मेलमिलाप, आपसी मैत्रीभावसहितको समृद्घ नेपाल चाहिएको छ । आर्थिक विकास चाहिएको छ । आयआर्जनको अवसर चाहिएको छ । त्यसैले राजनीतिक दलले यो वा त्यो नाममा नागरिकको भाग्य र भविष्यमाथि खेलबाड गर्ने काम तत्काल बन्द गरून् ।

त्यसो त देशमा विकास निर्माणका केही काम सुरुवात भएका छन् । राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् । कतिपय सम्पन्न भएका छन् । कतिपय हुने क्रममा छन् । देशको विकासमा उल्लेखित आयोजनाले ठूलो भूमिका खल्ने भए तापनि जनताले गाउँ गाउँमा विकासको अनुभव गर्नसक्ने अवस्था नभएसम्म आमजनताका लागि लोकतन्त्रको अनुभूति हुन सक्दैन । उनीहरूको जीवनस्तर माथि उठ्न सक्दैन । जनताको चुलोचौकोमा सरकारको उपस्थिति हुन सक्दैन । तसर्थ राज्यले व्यावहारिक, वैज्ञानिक र प्राथमिकताको आधारलाई विकास योजनाको छनोट गर्नुपर्छ । भ्रष्टाचार, दण्डहीनता, कुशासन, नातावाद, आफन्तवाद, पार्टीवाद, स्वार्थ जस्ता विषयको अन्त्य गर्नुपर्छ ।

अन्त्यमा राजनीतिक परिवर्तनसँँगै जनतालाई संस्थागत रूपमा स्थानीय तहबाट नै सरकारी सेवा प्रदान गर्नका लागि गाउँ सरकारको व्यवस्था गरिएको हो । गाउँ सरकारलाई स्वायत्त बनाइएको हो । यस सन्दर्भमा गाउँसरकारका कर्मचारी एवं जनप्रतिनिधि पारदर्शी, जवाफदेही एवं जनउत्तरदायी हुनु पर्दछ । सरकारका निकायमा क्लेप्टोमेनियाँका रोगी रहनुहुँदैन । तसर्थ सिंहदरबारदेखि स्थानीय तहसम्म सुशासन र विकासको बाधकका रूपमा देखिएको क्लेप्टोमेनियाँको बिगबिगीलाई विधिको शासनले नियन्त्रण गरियोस् । राज्यको ढुकटीमा गिद्दे नजर लगाउनेलाई दण्ड सजाय दिलाउन किन्तु, परन्तु, इफ्, बट, आदि केही नभनियोस् । यसो हुन सकेमा विकासले गति लिन सक्दछ । विकास निर्माणका काम गुणस्तरीय हुन सक्दछन् ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

ट्रेन्डिङ

भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस् : विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले मर्माहत भएको जनाएको छ । सो...

तनहुँमा बस पल्टिँदा किचिएर महिलाको मृत्यु

तनहुँ । जिल्लास्थित ब्यास-१२ घाँसीकुवामा बस पल्टिँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला गोर्खा नगरपालिका-१८ बस्ने बर्ष २५ की शर्मिला ठकुरीको...

यी २३ रोग, जसले विश्वलाई नै आतंकित बनायो, करोडौंको ज्यान लियो

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र...

असिनाले चुटेर १० वर्षिय बालकको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको...

जीवन र जीविकाको सवाल

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ३० वर्ष बित्यो । गणतन्त्र ल्याएको पनि १५ वर्ष भयो । नेपालका राजनीतिक दलहरूले प्रजातन्त्रलाई जनताको गाँस, बास, कपास, शिक्षा,...

कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव कार्यसूचीबाट ‘आउट’

काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउने ससदमा दर्ता भएको संकल्प प्रस्ताव बिहीबारको बैठकमा परेको छैन । संसद सचिवालयले हिजो बुधबार प्रकाशित गरेको...

२ महिने शिशुसहित दुई दिनमा ६२ संक्रमित कोरोना जितेर डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राती पौने ११ बजे १८ जना डिस्चार्ज भएका छन् । योसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट अहिलेसम्म...

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

लम्की । कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर...

काठमाडौंमा थप २८ जनालाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य...

कविताले ल्याइन लक डाउनमा नयाँ गीत

काठमाडौं । गायिका कविता बलामीको आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनले नयाँ गीत आकाशको कालो बादल’ श्रोतामाझ ल्याएकी हुन् । यो गीतमा...

ग्यास डिपोमा भीडभाड (फोटोफिचर)

काठमाडौं । जिल्ला प्रसासन कार्यलय काठमाडौले बिहीवार अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन र भिडभाड भएका ठाउँमा नजान अनुरोध गर्दे विज्ञप्ती जारी गरेपछि बजारमा...

मागअनुसार विपद् कोषमा रु १५ लाखसम्म पठाइने

काठमाडौँ । शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)