Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश १ धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

रबिन कटेल,

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार बसेको बैठकले बैशाख ९ गतेदेखि १७ गतेसम्म नगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा वुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि ज्वरोले सताएपछि उनी मंगलवार जिल्ला अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।

उनमा ज्वरोसहित निमोनियाको समस्या पनि देखिएको छ । यता, उनी अध्ययनरत कलेजका एक दर्जन भन्दा बढी विद्यार्थीमा पनि ज्वरो आउँने, रुघाखोकी लाग्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यसरी एक विद्यार्थीमा लक्षणसहितको संक्रमण देखिनु र अन्य विद्यार्थीमा पनि उस्तै लक्षण देखिएपछि सतर्कता अपनाउँन नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्न लागिएको हो ।

सीसीएमसीको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जारी गरेको सूचनामा भौतिक उपस्थितीमा हुँने पठनपाठन बन्द गरी भर्चुवल वा वैकल्पिक सिकाई विधि प्रयोग गर्न विद्यालयहरुलाई भनिएको छ । यता, परीक्षा सञ्चालन भइरहेको भए स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर मात्र परीक्षा लिन आग्रह गरिएको छ ।

यसैबीच, संक्रमण देखिएको धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले यसअघि वुधवार बिहान नै सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि कलेज बन्द भएको जनाएको छ । कलेज बन्द गरेर लक्षण देखिएका विद्यार्थीहरुलाई पीसीआर परीक्षण गराउँन भनिएको कलेजका प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

केही दिन अघि पनि धनकुटा १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित अहिले होम आइसोलेशनमा छन् । पहिलो चरणको कोरोना संक्रमण दर शुन्यमा झरेको धनकुटामा केही दिनयता पुनः संक्रमण देखिन थालेको हो ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकास मन्त्री समर्थक

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी...

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन १७ जेठमा

काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका...

ट्रेन्डिङ

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी स्थगित

काठमाडाैं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर...

पुर्नगठित जनता समाजवादी पार्टीमा असन्तुष्टि चुलिदै

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराए लगत्तै सो पार्टी भित्र एक पछि अर्को असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ । पार्टी...

कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु

अमेरिका । कोभिड–१९ भाइरसको सङ्क्रमणबाट शनिबारसम्म विश्वभर १२१ गैरआवासीय नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । सङ्घका अनुसारका यो साता थप...

सर्वोच्चको फैसला कार्यान्वयन गर

कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्नु-गराउनु भन्ने सर्वोच्चको फैसला निकै समसामयिक र जनहितमा छ । यो फैसला आफैंमा नेपालको संविधानले व्यवस्था गरेको जनस्वास्थ्यसम्बन्धी मौलिक...

संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा...

फ्रान्समा हेलिकोप्टर दुर्घटना, पाँचजना उद्धारकर्मीको मृत्यु

पेरिस । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति...

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण

धनुषा । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि...

बुटवलको कोरोना अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको छ । कोरोना संक्रमित भएर निको भएका बिरामीको...

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको...

कोरोना महामारी र शव अन्त्येष्टि विवाद

विश्वभर कोरोनाबाट पौने ३ करोड संक्रमित भइसकेका छन् । पौने २ करोड निको भएका तथा पौने ९ लाखको मृत्यु भइसकेको छ । नेपालमा करिब...

अध्यादेश फिर्ता लिनु सरकारको उपयुक्त निर्णय

नेपाल सरकारले कोभिड–१९ बाट देश संकटमा फस्दै गएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनमा दल फुटाउन हालसम्मको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत...

बहराइनमा एउटै क्याम्पमा बसेका ९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । ती...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)