Tuesday, May 11, 2021
Home खेल नेपाल र नेदरल्यान्ड्स फाइनलमा

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

राजधानी संवाददाता,

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका लागि १० ओभरमा ९२ रन बनाउनुपर्ने थियो । तर, मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेलबराबरी भएको थियो ।

कट अफ टाइमको कारण (समय सकिँदा) सुपर ओभर नभएपछि दुवै टोलीले अंक बाँडेपछि नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका हुन् । अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा मलेसियाले १ रन मात्र बटुलेपछि बराबरी भएको थियो । जितका लागि मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिएको अवस्थामा भिभियन किंगमाले ६ रन दिँदै नेदरल्यान्ड्सको फाइनल यात्रा पक्का गराए । अन्तिम २ बलमा दुई रन चाहिएको अवस्थामा अमिनुद्दिन राम्ली एलबीडब्लू आउट हुन पुगेका थिए ।

जितका लागि १३ ओभरमा १ सय २० रनको विजयी लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा मलेसियाले ५६–० को अवस्थामा वर्षा भएपछि खेल १० ओभरमा झारिएको थियो । ओपनर सैद अजिज ३० रनमा आउट भए । अनवार अरुद्दिनले २६ तथा विरनदीप सिंह १४ रन बनाए । नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ विकेट लिए । बास डी लिड र भिभियन किंगमाले १–१ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय७ रन बनायो । १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि डेढ घण्टा खेल रोकिँदा ओभर घटाउँदै १३ मा झारिएको थियो । वर्षापछि १६ बल खेलेको नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । नेदरल्यान्ड्सका बेन कुपर सर्वाधिक ५४ रनमा अविजित रहे । कप्तान पिटर सिलार ३७ रनमा बोल्ड आउट भए । एन्टोनियस स्टाल १० रनमा अविजित रहे ।

पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीप सिंहले ओपनर टोबियस भिसेलाई शून्यमा क्याच आउट गराए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । एक बलपछि बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि कुपर र सिलारले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोहम्मद वाफिकले सर्वाधिक २ विकेट लिए । विरानदीप र पवनदीप सिंह दाजुदाइले १–१ विकेट लिए ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । लिग चरणको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया खेल्नेछन् । फाइनल वैशाख ११ मा हुनेछ ।

(Visited 23 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ । सुनकोशी गाउँपालिका...

अक्सिजन कार्यदल गठन

काठमाडाैं ।  सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

ट्रेन्डिङ

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

उपत्यका प्रहरी अब संघ मातहत

महेश्वर गौतम काठमाडौं । लामो समयदेखि किचलो रहेको उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषय अब टुंगिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल...

उदयपुरका थप दुई जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा त्रियुगा नगरपालिका–५ देउरीका...

कालीगण्डकीमा युवक मृत फेला

गलकोट । बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत...

नवलपुरका २ सय १५ को र्यापिड टेष्ट, सबै नेगेटिभ

नवलपुर । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेभेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा...

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क...

रामको ससुरालीमा कुनै चहल पहल देखिएन (फोटोफिचर)

जनकपुरधाम । राम जन्मोत्सवको अवसरमा भगवान रामको ससुरालीमा कुनै चहल पहल देखिएको छैन । जनकपुरधामको प्रसिद्ध स्थल राम मन्दिरमा भक्तजनहरुको खासै भीड देखिएको छैन...

डेढ किलोमिटरमा एउटा चेक पोस्ट

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले नाका सुरक्षामा झनै कडाइ गरेको छ । सीमा नाकामा स्थायी...

नेकपाले भन्यो सहिद रामवृक्षको सम्झनामा वृक्षारोपण गरौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ कमिटीले यस वर्षको रामवृक्ष यादव स्मृति दिवस फरक शैलीमा मनाउने भएको छ । मंगलबार प्रदेश कमिटी...

याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७...

सरकारी अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालमा धरौटी नै ५० हजारसम्म राख्नुपर्ने भएको छ । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै नीजिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)