सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ ले हरायो । सिटीको जितमा फिल फोडेन र रोड्रिले एक एक गोल गरे । भिल्लाका जोन क्याक्गीनले पहिलो गोल गरेका थिए ।

खेलको ४१ औं मिनेटमा सिटीका जोन स्टोन्स र ५७ औं मिनेटमा भिल्लाका म्याटी क्यासले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्टनलाई २–१ ले हरायो । टोटनह्यामको जितमा ग्यारेथ बेल र हिउङ मिन सनले एक एक गोल गरे ।

साउथह्याम्पटनका ड्यानी इंग्सले पहिलो गोल गरेका थिए । गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा ३३ खेलबाट ७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ६६ अंकसहित दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)

Ads Space Available

साताका लोकप्रिय समाचार

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा