Tuesday, May 11, 2021
Home प्रदेश सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

राजधानी समाचारदाता,

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ ।

स्थायी राजधानी सर्लाही संघर्ष समितिका संयोजक चन्द्रभुषण साहले प्रदेश २ को भौगोलिक, आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रको दुरगामी प्रभाव तथा महत्वलाई आत्मसात गर्ने गर्दै प्रदेशको स्थायी राजधानी सर्लाहीको बिकल्प नभएको बताए ।

प्रदेश २ को स्थायी राजधानी सर्लाहीमा कायम गराउनका लागि विगत लामो समयदेखि हामी ध्यानाकर्षण, प्रेस विज्ञप्ति, धार्ना, सर्वदलीय एवं सर्वपक्षीय अन्तरक्रिया, संकल्प र्याली तथा संकल्प दीप प्रज्वलन लगायतका विविध रचनात्मक एवं शान्तिपूर्ण कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

‘आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेसंगै यसको ठोस एवं संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको रुपमा रहेको प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशका ७ मध्य ६ प्रदेशले आ–आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश २ सरकार आफ्नो स्थायी राजधानी र नाम समेत तोक्न हालसम्म असमर्थ रहनु पछौटेपनको आफैंमा एउटा भद्दा नमुना एवं हामी सारा प्रदेशवासीहरुको साझा अपमानको विषय हो’ साहले भने ।

प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा–सप्तरी र पश्चिमी जिल्ला बारा–पर्साको बिच/मध्य भूगोलमा अवस्थित सर्लाही एउटा पुरानो विरासत बोकेको स्थान रहेको दावी उनको छ । सर्लाही प्रदेशको अन्य स्थानको तुलनामा धार्मिक, भाषिक एवं सांस्कृतिक विविधताले समेत भरिपुर्ण रहेको बताउँदै उनले यहाँ मधेशी, मुस्लिम, थारू, खस–बाहुन, क्षेत्री, दलित, मगर, भोटे, तामाङ्ग लगायतका आदिवासी जनजातिहरुको समेत उल्लेख्य बाहुल्यता रहेको छ ।

सर्लाही मिनी नेपाल

समग्रमा हेर्दा सर्लाहीलाई एउटा मिनी (सानो) नेपालको रुपमा लिन सकिने बताउँदै साहले सामाजिक सद्भाव र शक्ति सन्तुलनको हिसाबले समेत यो स्थान स्थायी राजधानीको लागी उपयुक्त रहेको दावी गर्छन् ।

‘प्रदेश नं. २ को पश्चिम भूगोलमा रहेको विरगंजलाई व्यापारिक तथा औद्योगिक केन्द्र, पूर्वी भूगोलमा रहेको जनकपुरलाई धार्मिक तथा पर्यटन केन्द्र र सर्लाहीलाई प्रदेश प्रशासनिक केन्द्रको रुपमा अगाडि बढाउन सके मात्र प्रदेशवासीहरुको साझा जनभावनाको सही अर्थमा कदर हुनेछ’ साहले भने ।

प्रदेश २ को प्रख्यात नगरी लालबन्दी–नवलपुर, हरिवन, बरहथवा, मलंगवा, तथा महोत्तरीको गौशाला र बर्दिबासको समीपमा रहेको ईश्वरपुर–बयलबाँस बृहत्तर नगरीमा प्रदेशको स्थायी राजधानी भएको खण्डमा सागरनाथ, राजारानी थुम्को, कैलाशपुरी महादेव, मन्दिर ,मुर्तिया, ,सतिविहुला–जयाविषहर, नाढी ताल, टुटेश्वरनाथ लगायतका स्थानहरुलाई जोडेर मिनी पर्यटन सर्किट बनाउन सकिने बिकल्प प्रस्तुत गर्दै उनले प्रदेश नंबर २ मा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना बढेर जाने बताए ।

प्रदेश नं. २ को बीच (मध्य) भू–भागमा अवस्थित, पुर्व–पश्चीम राजमार्गसंग जोडिएको, नव निर्माणको लागि मितव्ययी, पुरानो संरचनाको क्षति गर्नुनपर्ने, उपयुक्त समतल सरकारी जग्गाको पर्याप्त उपलब्धता, नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट नयाँ शहर निर्माण भैरहेको, भाषिक, धार्मिक तथा सांस्कृतिक पहिचानले भरिपुर्ण, निजी जग्गा अधिग्रहण गर्नुपर्ने बाध्यता नरहेको बताइएकाे छ ।

प्राकृतिक – वातावरण अनुकूल भएको, सामाजिक सद्भाव र शक्ति सन्तुलनले समेत उपयुक्त, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना, समानुपातिक एवं सन्तुलित विकास कार्यमा सहयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको प्रवल सम्भावना रहेको, सर्लाहीको प्रख्यात नगरी लालबन्दी, नवलपुर–हरिवन, बरहथवा, मलंगवा, हरिपुर्वा र महोतरीको गौशाला, र बर्दिबासको केन्द्र बिन्दुमा अवस्थीत रहेको, विना कसैको हार सबैको जीतै – जीतकैं अवस्थामा स्थायी राजधानी विवाद अन्त्य, .राजधानी निर्माणको नाममा सरकारी ढुकुटी लुट्ने एवम् भ्रस्टाचारको सम्भावना अति न्यून हुने लगायतका कारणले सर्लाही प्रदेश राजधानीका लागि उपयुक्त रहेको दावी साहको रहेको छ ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

मिस युनिवर्समा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

ट्रेन्डिङ

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

प्रदेश राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको...

मुलुकभर वर्षा, आजबाट सुधार

काठमाडौं ।  पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले शनिबार मुलुकभर बिहानैदेखि अपराह्नसम्म वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल...

राजनीतिक असहमतिको चपेटामा संविधान संशोधन

काठमाडौं । मुलुकको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि सरकारले संघीय संसद्मा दर्ता गरेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ राजनीतिक सहमति नजुट्दा बुधबार...

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो...

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो...

बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार...

ऐश्वर्याको आमा छोरी घर फर्किए

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको अभिषेक बच्चनले ट्विटरमार्फत...

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल बैठकमा...

कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

काठमाडौँ । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग...

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)