Tuesday, May 11, 2021
Home Editor-Picks नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

राजधानी समाचारदाता,

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो ।

विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाए । यसअघिका तीन खेल(नेदरल्याण्डस, मलेसिया)मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके ।

नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिए । उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने। यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिए ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । उनले १७ बलमा एक छक्का र पाँचा चौका हाने । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र १३ बलमा ४५ रनको योगदान दिए । सो क्रममा केसीले सात छक्का प्रहार गरे । यस्तै कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिनुभएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

ट्रेन्डिङ

अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा...

‘प्रधानन्यायाधीशले नेतृत्व गर्नु हुँदैन’

काठमाडौं । न्यायालय विभिन्न प्रकरणमा विवादमा आइरहँदा काननुविद्हरूले न्याय परिषद्को अध्यक्षता प्रधानन्यायाधीशले गर्न नहुने धारणा सार्वजनिक गरेका छन् । न्यायाधीशलाई अनुशासनमा कारबाही गर्ने, भ्रष्टाचार मुद्दा...

निजगढ अन्तराष्ट्रिय विमानस्थलको रुख गणना आउदो मंसिरमा सकिने

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमान स्थलको कामले तिब्रता लिएको छ । हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

मोहना अन्सारीसहित ६ अभियन्तालाई बलात्कार गर्ने, मार्ने धम्की

काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्ध आन्दोलित महिला अभियन्तामाथि बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भत्सर्ना गरेको छ । गत ३०...

कांग्रेस र जसपाको निष्कर्ष : कुर्सी जोगाउन चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले कुर्सी जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेको निष्कर्ष...

पश्चिम नवलपरासीका मस्जिद र मदरसा अनुगमन

नवलपुर । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल...

संक्रमणको जोखिमबीच सिरहामा उपेन्द्र र डा. बाबुरामको भीड

सिरहा । प्रदेश २ कोरोना भाइरसले आक्रान्त बनेको बेला जनता समाजवादी पार्टी (जसपा) ले हजारौंको सहभागिताबीच सिरहा जिल्लाको चोहर्वामा हिजो बिहीबार पार्टी प्रवेश कार्यक्रम...

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भ भइसक्यो : गृह मन्त्रालय

काठमाडौँ । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता...

पीसीआर परीक्षण कहाँ र कसरी गर्ने ?

सरकारले कन्टयाक्ट ट्रेसिङ जिम्मावारी स्थानीय तहलाई दिएको छ । पीसीआर परीक्षण गर्नलाई कुनै न कुनै कारण हुनुपर्छ । पीसीआर परीक्षणका लागि कुनै न कुनै लक्षण...

मेर्टिन्स नपोलीमै रहने

रोम । बेल्जियन विंगर तथा फरवार्ड ड्रिएस मेर्टिन्सले इटालियन क्लब नपोलीसँग सम्झौता नवीकरण गरेका छन् । मेर्टिन्सले नपोलीसँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका...

फूलखेतीबाट पाँच लाख आम्दानी

सुरुङ्गा । झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उनले फूलखेती गरेरै आफ्नो परिचय फेरेकी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)