Tuesday, May 11, 2021
Home Editor-Picks नौ महिनामा व्यापार घाटा १० खर्ब

नौ महिनामा व्यापार घाटा १० खर्ब

आयात ११ खर्ब, निर्यात ९४ अर्बको मात्र

कौशिला कुँवर,

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको हो । आयातको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार मूल्यको सामान आयात भएको छ । मुलुकले स्वदेशबाट विभिन्न देशमा नौ महिनामा जम्मा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार मुल्यको मात्र सामान निर्यात भएको छ । मुलुकले अन्तर्राष्ट्रिय बजारमा आफ्नाे उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।

गतआर्थिक वर्षको तुलनामा निर्यात २०.२३ प्रतिशतले बृद्धि भएपनि व्यापार घाटा कम हुन सकेको छैन । गतआर्थिक वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १३.१२ प्रतिशतले बृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गतआर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा ९ खर्ब ३७ अर्ब १६ लाख १७ करोड ९ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा १२.४९ प्रतिशतले व्यापार घाटा बढेर १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

विभिन्न मुलुकसँगको व्यापार घाटा मध्ये सबै भन्दा धेरै छिमेकी मुलुक भारतसँग रहेको छ र चिनसंग रहेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ व्यापार घाटा मध्ये भारतसंग मात्र ६ खर्ब ५६ खर्ब ५१ करोड ५८ लाख ८ हजार व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा नेपालले भारतबाट ७ खर्बको २४ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ६८ अर्ब ४३ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । यसैगरीचिनसँग नेपालको व्यापार घाटा १ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । नेपालले चिनबाट १ खर्ब ६४ अर्बको सामान आयात गरेको छ भने नेपाल चिनमा जम्मा ७९ करोड ६४ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

ट्रेन्डिङ

टेटे प्रशिक्षण आजदेखि

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले भोलि (बुधबार)देखि प्रशिक्षण थाल्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै टेबल टेनिसको प्रशिक्षण बुधबारदेखि सुरु...

फिफा क्लब विश्वकप फेब्रुअरीमा

जुरिच । कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले निकालेको नयाँ तालिकाअनुसार फिफा...

राहदानी विभागको गम्भीर लापर्बाही : सरकारले गुमायो डेढ करोड

२० लाख विद्युतीय राहदानी छपाइका लागि पुनः प्रक्रिया सुरु काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र...

थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित, मृतक ११ सय नाघे

काठमाडाै‌ं । पछिल्लाे २४ घण्टाकाे अवधिमा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १...

नाग्म पहिरो अपडेट : एकै परिवारका चारसहित १० जनाको मृत्यु

खलङ्गा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट...

पोखराका विभिन्न ३ वडा सिल गर्ने वडाध्यक्षको निर्णय

पोखरा । पोखराका ३ वडाले कोरोना नियन्त्रणका लागि वडाभित्र सिल गर्ने निर्णय गरेका छन् । पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त...

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

कोरोना भाइरसका कारण इपिएल क्रिकेट स्थगित

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

शसस्त्र प्रहरीद्धारा पाँच लाख नगद सहित, हुण्डी कारोवारी पक्राउ

सर्लाही । सर्लाहीमा शसस्त्र प्रहरीले पाँच लाख नगद सहित एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । मलंगवा नगरपालिकामा ५ लाख १ सय नगद...

डा. रुइतलाई सर्वोच्च मानपदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)

काठमाडौं । सरकारले यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ । वरिष्ठ आँखा रोग...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)