Thursday, May 6, 2021
Home Editor-Picks भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी,

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।

यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

फुट सँघारमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको...

नागरिकलाई ढाडस दिनुपर्ने बेलामा बेड छैन भन्नु सरकार गैह्रजिम्मेवार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग...

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

ट्रेन्डिङ

अशोक एक्ला निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका...

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण...

आइसोलेसनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

रौतहट । समाजिक क्षेत्रमा काम गदै आइरहेको छाया नेपालले रौतहट बिपत ब्यबस्थापन समितिले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...

स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट निकासा गर्ने भएपछि यसले कार्यरूप पाओस् भनेर स्थानीय जनताले आशाको नजरले हेर्न थालेका छन् । स्थानीय...

दाङमा नेकपाको कित्ताकाट : अधिकांस स्थानिय तहका प्रमुख ओली पक्षमा

तुलसीपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) दुई समुहमा विभाजित भए लगतै कित्ताकाट सुरु भएको छ । पाटीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर...

संक्रमणकालीन जनजीवनको व्यवस्थापन गर

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि परिस्थतिको मूल्यांकनसहित सरकारले १५ वैशाखसम्मका लागि लकडाउनको समयावधि थप गरेको छ । यो कदम आफैंमा आवश्यक...

चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा...

इंग्ल्यान्डको जित, फ्रान्स रोकियो

लन्डन । यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम इंग्ल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को...

हिजो माधव नेपाललाई आज प्रचण्डलाई ओलीको फोन

काठमाडौं । प्रतिस्पर्धी दलका शीर्षनेताहरुप्रति कटाक्ष गर्दै आएका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले फोन गर्दै सम्बन्ध सुधारका लागि प्रयाशरत छन्...

धादिङमा कार र टिपर ठोक्किँदा १ को मृत्यु, ३ जना घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।...

तनहुँमा घरको छतबाट खसेर महिलाको मृत्यु

तनहुँ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको व्यासनगरपालिका–१ भादगाउँमा डेरा गरी बस्दै आएकी ३० बर्षीय मन्जु भुजेलको छतबाट खसेर...

वनमा दिगो वन व्यवस्थापन कार्यक्रम

‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’का नाममा वनमा बेथिति हुन थालेपछि सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी ‘दिगो वन व्यवस्थापन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन लागेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)