कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ । त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान