Sunday, May 9, 2021
Home अर्थ आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन

आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन

राजधानी समाचारदाता,

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरु छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका आयोजना तयारीका कार्य पुरा हुन जरुरी रहेको बताए । अर्थमन्त्री पौडेलले सामान्य भन्दा बाहिरका आयोजनाहरु छनौट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै आयोजनाहरु छनौट गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिएपनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपुरक भएको बताए । उनले वित्तीय संघीयतालाई समृद्ध पार्न आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न समेत प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

बैठकमा अधुरा तथा वहुवर्षिय आयोजनालाई उच्च प्राथमिकतासाथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानूनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको थियो । यस्तै, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा तीनतहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरुको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा प्रदेश र स्थानीय तहका पदाधिकारीहरुले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए । स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहसँगको समन्वयमा आयोजनाहरु छनौट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयनमा सहजता हुने धारणा व्यक्त गरेका थिए ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु,अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिवहरु, विज्ञ, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत सहभागी थिए ।

(Visited 255 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन १७ जेठमा

काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

ट्रेन्डिङ

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

बाला चतुर्दशी आज, पशुपतिमा दीपदान नहुने, सतबीज छरिँदै

ललितपुर । पितृहरूको मोक्ष र उद्धारका लागि आइतबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको...

‘विद्युतीय गाडीमा कर बढाउनुको कारण पेस गर’

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय सवारीलगायत साधनमा कर बढाउनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले...

मालपोत अधिकृत पौडेललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका डिल्लीबजार मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले...

पूर्वमन्त्री डा यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा...

भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

नयाँ दिल्ली । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले...

निबन्ध लेखनमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थिएटरले आयोजना गरेको निबन्ध प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ का विद्यार्थी रोजिता आचार्य क्षत्री उत्कृष्ट भएकी छन् ।...

गोलञ्जोरका वडाध्यक्ष कार्कीले कुटे छिमेकी, प्रहरीमा उजुरी

सिन्धुली । गोलंजोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्की छिमेकीलाई कुटपिट गरेका छन् । कोरोना सार्न हिडेको भन्दै...

आठ महिनादेखि अस्पतालमै बन्धक भएका जीवनको उद्धार

संखुवासभा। उपचार गराएको पैसा तिर्न नसकेर आठ महिना देखि मोरङको विराट अस्पतालमा बन्धक बनाइएका संखुवासभाको खाँदबारी नगरपालिका–१०, चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको...

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

जेनेभा स्वट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख...

नेपालको पहिलो जित

काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो जित हात पारेको हो । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालले दिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)