१७ मिनेटमै सकियो आर्दश अन्तरजातीय विवाह

सप्तरी, राजविराज । तराई मधेशमा बढदो दाईजो प्रथालाई चुनौती दिदै सप्तरीमा शुक्रवार १७ मिनेटको समयमै एक जोडीको आर्दश अन्तरजताीय विवाह सम्मन्न भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरीनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन तथा कुनै प्रकारको पनि सरसमानको लेनदेन नगरी आर्दश विवाह सम्पन्न भएको हो ।

विवाहका लागी राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीले संयोजन गरेको थियो । बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो । १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए ।

स्थानीय सतलोक आश्रममा आयोजित वैवाहीक कार्यक्रममा भडकिलो खालको खर्चा समेत नगरी सहभागीहरुलाई संस्थाकै तर्फबाट चिया विस्कुट खुवाए विदाई गरिएको संयोजक सिहले बताए । उनले विवाहमा दाईजाको लेनदेन गर्ने चलन बढेका कारण महिला हिंशा,हत्या,आत्महत्या,भ्रुण हत्या जस्ता अपराधिक घट्ना पनि बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न र उदाहरणिय विवाहलाई प्रोत्साहन गर्ने उदेश्यले संस्थाले अग्रसरता देखाएको भन्दै भविष्यमा पनि यस्ता विवाहलाई अझै प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

विवाह अवधिभर भारतका चर्चित सन्त रामपालजी महराजको टेलिभिजन मार्फत कथा वाचन र प्रवचन प्रसारण गरिएको थियो ।

बेहुला बेहुलीका साथै विवाहका सहभागी सबैले मास्क लगाई कार्यक्रममा सहभागिता जनाएका थिए । बेहुला बेहुली फरक फरक जातीका रहेका कारण यसलाई अन्तरजातीय विवाहको रुपमा समेत लिईएको छ । विवाहलाई सुरक्षित गराउन उनीहरुको विवाह दर्ता समेत गराई सकिएको संयोजक सिहले जानकारी दिए । बेहुला बेहुली दुबै पक्षका अविभावक तथा आफन्तजनको सहभागिता रहेको कार्यक्रममा दाईजो प्रथालाई चुनौति दिदै आयोजना गरीएको यस्तो मितब्ययी परम्पराको सहभागीहरुले प्रसंसा समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित