Tuesday, June 22, 2021
Home भर्खरै प्रधानमन्त्री ओलीले किन बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक ?

प्रधानमन्त्री ओलीले किन बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक ?

राजधानी समाचारदाता,

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । आयोजक कमिटीको पहिलो बैठक बसेको दुई दिनपछि पुनः बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

स्पष्टिकरण सोधिएका नेता तथा सांसदहरुका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको छ । फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदलाई पदबाट हटाउने निर्णय भइसकेको छ भने बाँकी २४ जनाका बारेमा निर्णय हुने अनुमान गरिएको छ ।

गत शुक्रबार सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरेको थियो । उक्त स्थायी कमिटीमा माधव नेपाल र झलनाथ खनाल समूहका नेता तथा महिलालाई समावेश गरिएको थिएन ।

स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

(Visited 267 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता...

ट्रेन्डिङ

एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै...

बिमा समितिको नयाँ मापदण्डप्रति तीव्र आलोचना

काठमाडाैं । सरकारको नियम नै अमान्य हुनेगरी बिमा समितिले बनाएको नयाँ मापदण्डले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई मर्का परेको भन्दै अहिले चौतर्फी आलोचना भएको छ...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

किसानलाई दिनु पर्ने मल ब्यापारीलाई दिएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मल आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् । नेकपा प्रदेश नम्बर...

बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा

बर्दिया । कोरोना संक्रमण समुदायस्तरमै देखिएको हुँदा संक्रमण फैलिन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ...

प्रधानमन्त्री ओली झापा आगमन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पार्टी स्थापना दिवसको अवसरमा ओली र प्रचण्डको छुट्टाछुट्टै विज्ञप्ती, एक अर्काप्रति लक्षित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई...

अनुदान कि आत्मनिर्भरता ?

नेपाल सरकारको अर्थमन्त्रीले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा आर्थिक वर्ष २०७७÷७८ को तुलनामा वित्तीय हस्तान्तरण १५.७ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब...

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

त्रिशूली । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय...

रौतहटमा आर्थिक पुर्नलाभ कार्यक्रमको शुभारम्भ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आर्थिक पुर्नलाभ कार्यक्रमको शुभराम्भ भएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सो कार्यक्रमको परिचयात्मक कार्यक्रम गरिएको थियो । युएसआइडी नेपालको...

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन । जसपा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)