कोरोना हटस्पट बनेको बाँके जिल्लाभरी सोमबारदेखि निषेधाज्ञा

नेपालगन्ज । बाँकेमा सक्रिय कोभिड संक्रमितको संख्या आईतबार साँझ ६ बजेसम्म २ हजार बढी भएपछि सोमबार राती १२ बजेदेखि बैशाख २० गते राती ( एकसाता) १२ बजेसम्म बाँके जिल्ला भरी निषेधज्ञा जारी गरिएकोे छ ।

नेपालगन्जमा अप्रत्याशित रुपले कोरोना संक्रमितको संख्यामा बृद्धि भएछि गत बैशाख ९ गतेदेखि नेपालगन्ज उपमहानगरमा मात्रै आव्हान गरिएको निधेषाज्ञा अहिले बढाएर जिल्लाभरी बैशाख २० गते राती १२ बजेसम्म गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनले निषेधज्ञाका कारण भारतका विभिन्न स्थानबाट नेपाल आउनेहरुलाई भन्सार कार्यालय परिसरमा बनाईएको होल्डिङ्ग सेन्टरबाट संबन्धित जिल्लामा पठाउने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

उनले बाँकेमा कोभिड संक्रमणको दर उच्च भएसंगै भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोभिड उपचार कक्ष २÷२ सय बेडको तयार गर्नेको साथै नेपालगन्ज उपमहानगरले १ सय बेडको आइसोलेशन र खजुराले ५० बेडको आशोलेशन तयार गरेको जानकारी दिए ।

उनले जिल्लामा जारी निषेधज्ञामा पनि स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्जजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालनमा हुने बताए ।

यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चल्न पाउने छन् ।

बाँकेमा अप्रत्याशित कोभिड संक्रमितको संख्या बृद्धि भएपछि जिल्लालाई स्वास्थ्य ईमरजेन्सी घोषणा गरी संघ र प्रदेश सरकारबाट स्वास्थ्यर्मी सहितको टोली पठाउनुको साथै अक्सिजन सहितको बेड तयार गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेका फोकल पर्शन तेज ओलीले माग गरेका छन् ।

उनले नयाँ भेरिएसनको कोभिडको संक्रमित नयाँसवा फेरिए पछि मात्र २ हजार ९ सय ३० पुगेको कारणले उनीहरुको व्यवस्थापन गर्न निक्कै कठिन भएको बताए । ‘अस्पतालमा अक्सिजन सहितको बेड छैन । संक्रमितको अक्सिजन लेबल अत्यन्त न्यून छ । यस्तो बेलामा संघ र प्रदेृशबाट असिक्जन सुबिधा सहितको बेड थप गर्न र जनशक्ति पठाउन पर्ने आवश्यकता छ’–उनले भने ।

बाँकेमा आईतबार सांझसम्म सक्रिय संक्रमितको संख्या २ हजार ६१ पुगेको छ । यी मध्ये सबैभन्दा बढी नेपालगन्जमा १ हजार ४ सय ३१, कोहलपुरमा ३ सय ३२ खजुरामा १ सय १८, जानकीमा ४४, डुडुवामा ४१, नरैनापुरमा १३, बैजनाथमा ५७ र राप्तीसोनारीमा २५ जना रहेका छन् ।

कोभिड संक्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । सबैभन्दा बढी नेपालगन्जमा ४५, कोहलपुरमा १७ खजुरामा ९, जानकीमा २, नरैनापुरमा २, बैजनाथमा ५ र राप्तीसोनारीमा ३ जना रहेका छन् । बितेका दुई दिनमा ३५ जना संक्रमितले ज्यान गुमाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)