Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित २३ नेपालीको मृत्यु

राजधानी समाचारदाता,

काठमाडाैं ।  यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले जानकारी दिए।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

एनआरएनएले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । telehealth@nrna.org मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिले दुईओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।

डा सापकोटाले सङ्घले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड–१९ बाट जोगिन र सङ्क्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिर् । पत्रकार सम्मेलनमा सङ्घका महासचिव डा हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका ३०० शहरमा दुई हजार ५०० स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिए ।

(Visited 48 times, 2 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'चोली तिम्रो' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

ट्रेन्डिङ

टोकियो ओलम्पिक स्थगित

लसाउने । चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक– २०२० एक वर्षको...

कोरोना प्रभाव : मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

वासिङ्टन डिसी । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु...

सरस्वती र कुल वर्ष उत्कृष्ट

काठमाडौं । नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा तेस्रो एनभीए अवार्डको ‘वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मानित ...

हाम्रो व्यासभूमि

महर्षि व्यास जन्मेको ठूलो पावन धाम छ । सेती र मादीको वेणी प्रयाग सरि तुल्य छ ।। दमौली पून्यभूमियो व्यास नगर नाम छ । हेर्दा नेपालको चित्र...

क्यान्सरपीडित बालकलाई आर्थिक सहयोग

काठमाडौं । क्यान्सर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी...

प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी

लन्डन । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग जुन दोस्रो साताबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगले स्थगित...

कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बिक्री गर्न पाउने

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आप्mनो उत्पादन आफै विक्री वितरण गर्न पाउने भएका छन् । किसानले आफ्नाे उत्पादन सिधै...

रुकुमपश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु

रुकुमपश्चिम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६...

मालपोत र भ्रष्टाचारका कुरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरमा कार्यरत लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेपछि मालपोतमा के कति भ्रष्टाचार हुन्छ भन्ने कुरा फेरि...

महामारी रोक्न सरकारको तीन सूत्रीय विधि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले त्यसलाई बढ्न नदिन महामारीविरुद्ध रोकथाम, नियन्त्रण र उपचारका तीन सूत्रीय विधि अपनाइएको...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

कोरोना परीक्षण निःशुल्कबारे सरकारले दियो पुनरावलोकन निवेदन

काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)