Tuesday, June 22, 2021
Home Breaking News संक्रमणको बेवास्ता गर्दै विद्यालय संचालन गर्ने ११ जना पक्राउ

संक्रमणको बेवास्ता गर्दै विद्यालय संचालन गर्ने ११ जना पक्राउ

राजधानी समाचारदाता,

सप्तरी, राजविराज । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरु बन्द गर्ने सरकारको निर्णयको अवज्ञा गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक र शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, प्रहरी उपरिक्षक राजेन्द्र धमलासहितको अनुगमन टोलीले सरकारी निर्णयको अवज्ञा गर्ने विभिन्न विद्यालयका ११ जना संचालक र शिक्षकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार यसरी नियन्त्रणमा लिइएकाहरुमा राजविराजका लक्ष्मी इङलिस बोर्डिङ स्कुलका संचालक राजेश कुमार यादव, बैधनाथ कुमार झा, बुलन्द साह, ह्या्पिल्याड मावि बोर्डिङ स्कुलका संचालक शैलन्द्र कुमार ठाकुर, जानकी सेकेन्ड्रि स्कुलका प्रिन्सिपल हरिकिसुन राय, लिटिल एन्जेल्सका प्रिन्सिपल नरेन्द्र प्रसाद देव तथा पिसजोन इङलिस बोर्डिङ स्कुलका संचालक उमाकान्त साह छन् ।

यस्तै सृजना बोर्डिङ स्कुलकी शिक्षिका रिमा झा, लिटिल फ्लावर बोर्डिङ स्कुलका संचालक डा. कमानन्द देव, ग्रिन इङलिस बोर्डिङ स्कुलका शिक्षक मनोज यादव तथा विष्णुपुर गाउँपालिकास्थित शिब्स बोर्डिङ स्कुलका संचालक नरेश प्रताप साहलाई पनि नियन्त्रणमा लिइएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।

पक्राउ परेका उनीहरुमाथी संक्रमण रोग ऐन २०२० अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

साताका लोकप्रिय समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

अधुरै रहेका ती घोषणा

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित, ३४ जनाकाे मृत्यु

  काठमाडाैं ।  नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

ट्रेन्डिङ

बर्दियामा एकै दिन थपिए १५ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बढैयाताल गाउँपालिकाका ९ जना,...

महिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

काठमाडौं । महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्कारी र सहयोगी होस् । प्राय महिलाहरुले मिजासिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन्...

क्वारेन्टाइनभित्र मदिरा बेच्ने पक्राउ

डडेल्धुरा जिल्लामा क्वारेन्टाइनभित्र मदिरा बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमरगढी नगरपालिका–१० राईस्थित सहश्रलिङ्ग माध्यामिक विद्यालय राईमा रहेको क्वारेन्टाइनभित्र रहेका...

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले आजदेखि जारी गरेको निषेधाज्ञासँगै उपत्यकाका तीन जिल्ला सुनसान बनेको छ । बिहानैदेखि सफा आकाशका साथमा सडक खण्ड समेत खाली देखिएका छन्...

रानीपोखरीमा धमाधम पानी जम्मा गरिँदै

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरीको पुनर्निर्माणको अधिकांश काम सम्पन्न भएसँगै अहिले धमाधम पानी जम्मा गर्ने काम...

प्रतिनिधि सभा विघटन विरुद्ध डम्फु बजाएर प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजद्वारा काठमाडौंको माइतीघर मण्डलामा डम्फु बजाएर सांकेतिक प्रर्दशन गर्दै । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानीक तरिकाले संसद विघटन गरेको...

सांसद पराजुलीलाई कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई...

२५ करोडको अखाद्य वस्तु बचाउन चलखेल

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

पाकिस्तानका ३ खेलाडीको पदक खोसियो

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पाकिस्तानका ३ खेलाडीको पदक खोसिएको छ । प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि उनीहरुको पदक खोसिएको...

एकै थलोमा १० देशका लोकनृत्य

काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको १०औं संस्करणको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)