तपाइकाे मास्क खै ? भन्दै प्रहरी सडकमा

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाइको मास्क खै ? भन्ने कार्यक्रम चलाएको छ । जिल्ला सदरमुकामबाट सुरु गरिएको यो कार्यक्रम जिल्लाका विभिन्न ठाँउमा गरिने भएको हो । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रूपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडकमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमुख होविन्द्र बोेगटीले बताए । सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधन, पैदल यात्रु र बजार क्षेत्रका सर्वसाधरणलाई तपार्इंको मास्क खै ? भन्ने कार्यक्रममार्फत सचेतनासहित केही मास्क वितरण गरेको बोगटीले बताए ।

स्याङ्जामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो रूपमा रहेकाले प्रहरी प्रमुखकै नेतृत्वमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सदरमुकामका विभिन्न क्षेत्रमा कोरोना संक्रमण सचेतना अभियान सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए । पैदल यात्रा गर्दा होस् वा सवारी साधनमा यात्रा गर्दा होस अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ । कोरोना संक्रमित हुनबाट बचांै, अरूलाई पनि बचाऊ भन्ने नारासहित प्रहरीले सर्वसाधरणलाई सचेत गराएको छ ।

लुम्बिनी प्रदेशको सीमा नाकामा रहेको स्याङ्जा पहिलो चरणमा पनि निकै जोखिम रहेको थियो । दोस्रो लहरको कोरोना संक्रमणबाट पनि स्याङ्जा उच्च जोखिममा हुन सक्ने भन्दै प्रहरीले पहिलो चरण मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न सचेत गराएको बताइएको छ । हालसम्म स्याङ्जामा करिब ५० जना संक्रमित भइसकेका छन् भने एक जनाको निधन भइसकेको छ । स्वास्थ्यका मापदण्ड अपनाउँदै स्याङ्जावासीलाई सुरक्षित राख्न प्रहरी खेलेको भूमिका महŒवपूर्ण रहेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती