काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ ।
रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन् । भिडियोमा उनीहरु प्रेमिल देखिएका छन् ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्यहरु सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । गीतको अडियो तथा भिडियो भावसागर इन्टरटेन्टमेन्टले तयार गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)