sharethis
Monday, October 18, 2021
Your Ads Here

दाङमा २८ वर्षिय युवाको मृत्यु, १७ देखि २५ गतेसम्म लकडाउन

घोराही । दाङमा ९ दिन पूर्णरुपमा लकडाउन गरिने भएको छ । जिल्ला संकट कोभिड व्यवस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले बैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा बजार, कलकारखाना, उद्योगधन्दा, विकास निर्माण, शैक्षिक संस्थान, वित्तिय संघसंस्था, निजी तथा सार्वजनिक सवारीसाधन पूर्ण रुपम बन्द हुनेछन् ।

अत्यावश्यक भित्र पर्ने तरकारी, पशुपंक्षीको दाना, दुध, विद्युत, इन्धन, टेलिकम, खानेपानी, औषधीका गाडी, एम्बुलेन्स तथा प्रेसका सवारी साधनहरु निर्वाद रुपमा संचालन हुन पाउने छन् । त्यसैगरी उपभोग्य वस्तु खरिदका लागि भने बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टा खाद्यन्नका पसलहरु खुल्नेछन् । जहाँ सामाजिकदुरी कायम गरेर खरिद बिक्री गर्नपाईने छ ।

यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ४२ वेडबाट बढाएर ६५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २७ बाट बढाएर सय वेडको बनाउने, तुलसीपुर, घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०÷४० वेड र बबई, शान्तिनगर, दंगीशरण र वंगलाचुली गाउँपालिकाले अक्सिजन सहित २०/२० वेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरिएको छ ।

त्यसैगरी बेलुझण्डी कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खानाको लागि उपमहानगरपालिकाले मासिक डेढलाख र गाउँपालिकाले एक लाखका दरले २०७८ असार मसान्तसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रमा कोरोना संक्रमणको संका लागेका नागरिकहरुलाई एन्टीजेन्ट टेष्ट गर्ने र प्रदेश स्वास्थ्य निर्देशनालय उपलब्ध गराउने निर्णय भएको छ ।

केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । बैठकमा दंगीशरण गाउँपालिका बाह्यक ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुख, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कोरोनाबाट २८ बर्षका युवकको मृत्यु

तुलसीपुर । कोरोना संक्रमित एक व्यक्तिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ । २/३ दिनदेखि ज्वरो आएका तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निबासी २८बर्षका युवकलाई स्वासप्रस्वासमा समस्या देखिएपछि सोमबार राति अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती १२ बजे मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ
सुन चोरीको आरोपमा तीन जना पक्राउ
घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार
चीनबाट आयात गरिएका मास्क गुणस्तरीय नभएकै हो त ? यस्तो छ आरोप
'पुरुषले मात्र तीज गीत गाउनु विकृति हो'

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी