काँकरभिट्टा नाका प्रवेशमा रोक

दमक । नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनील दाहालले जानकारी दिए ।

‘काँकरभिट्टा सीमानाका हुँदै नेपाल आउने भारतीयलाई प्रवेशमा रोक लगाइएको छ,’ डीएसपी दाहालले राजधानीसग भने, ‘भारतबाट आउने नेपालीलाई भने पीसीआर रिपोर्ट हेरेर छोड्ने गरेका छौं । नेपालबाट भारत जानेलाई पनि परिचयपत्र देखाएपछि छाडिनेछ ।’

झापामा कोराना संक्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा कडाइ गरिएको छ । नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारण कम भएकाले काँकरभिट्टा नाका प्रायः ठप्प छ ।

तपाइको प्रतिक्रिया
(Visited 504 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै