कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा कोरोना संक्रमणबाट गएराती मृत्यु भएको हो । सहकारीको कामको शिलशिलामा पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको आफन्तले बताएका छन् ।

कोभिड–१९ ले संक्रमित भएपछि अध्यक्ष जोशी पोखरास्थित आम्दा अस्पतालमा भर्ना भएका थिए । विराटनगरबाट गत चैत–२९ गते पोखरा पुगेका जोशीमा यहि वैशाख–५ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएपछि जोशीले दिक्तेलका आफन्तलाई फोनमार्फत संक्रमण ’bout जानकारी गराएको पारिवारिक श्रोतले जनाएको छ । सहकारी अभियान्ता जोशीको अल्पायुमै निधन भएपछि परिवार शोकमा डुबेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुन् । व्यवसायी एवं सहकारीका अभियानकर्मी जोशीको निधनमा जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि, सहकारी एवं शुभेच्छुकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् । दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना संक्रमणबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ । मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने