Tuesday, June 22, 2021
Home Editor-Picks कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

दीपक ओली,

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु भएको हो ।

यसरी एकैदिन बिहीबार मृत्यु हुनेमा कैलालीका ६, कञ्चनपुरका ४, अछाम र बझाङका एक/एक जना रहेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिला र सोही अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष तथा घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको सेती अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

त्यस्तै गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको होम आइसोलेसनमा र घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको महेन्द्रनगरस्थित महाकाली अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो। उनी भारतबाट आएका थिए ।

यस्तै, अछामको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय एक बृद्धको पनि मृत्यु भएको छ । उनलाई नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको अछाम प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बझाङको मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको जिल्ला अस्पताल बझाङमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार कोरोना संक्रमण पछि अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

साताका लोकप्रिय समाचार

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ ।...

ट्रेन्डिङ

इलाममा मालपोत र शिक्षा बन्द

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय...

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

  पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको...

कुनै दिन सिंगै काठमाडौं मसानघाट बन्यो भने …

काठमाडौंमा लगातार तीन दिन पानी परिरह्यो भने खोला छेउछाउमा भएका ढिस्का ढिस्की पहिरो जान सक्छ । त्यसपछि काठमाडौंका सबै खोला र नदिमा पानीको बहाब...

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र...

काठमाडौँ उपत्यकामा एकैदिन ८०९ जनामा संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, ललितपुरमा १०४ र...

काका भन्छन्– यदि म प्रधानमन्त्री भएको भए

काका देशका सचेत, शिक्षित, दीक्षित एवं प्रशिक्षित नागरिक हुन् । उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विश्वविद्यालयबाट मास्टर्स गरेपछि बेरोजगारीको तनाव विसर्जन...

पाँच वर्ष अघि प्रेमविवाह गरेर आएकी विणाको श्रीमाननै बने हत्यारा

जनकपुरधाम । धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं.९ लालभिट्टीका २८ वर्षिय...

अयोध्या भारतको होइन, नेपालकै हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस प्रकरणमा...

मुलुकभर बाढीपहिरोः मुख्य कारण ग्रामीण सडक

काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण...

डा. निरजलाई गजल प्रतिभा पुरस्कार

पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक गजलकारलाई हरेक वर्ष...

गरिबी साढे १६ प्रतिशत, प्रतिव्यक्ति आय १०८५

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको छ भने प्रतिव्यक्ति आय १ हजार ८५ डलर पुगेको छ ।...

‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)