Tuesday, June 22, 2021
Home बिचार निषेधाज्ञा जनअनुमोदित

निषेधाज्ञा जनअनुमोदित

राजधानी समाचारदाता,

कोरोना महामारीको दास्रो लहर फैलिएपछि यसको रोकथाम र फैलावटलाई रोक्न सरकारले प्रभावकारी रूपमा जारी गरेको निषेधाज्ञा देशव्यापी रूपमा अनुमोदन भएको छ । यसभन्दा पहिलो वर्षको लकडाउन तथा निषेधाज्ञाका निर्णय सरकारले गरेका तर जनताले जनस्तरमा लागू गर्नुनपर्ने जस्तो विरोधावास देखिएको थियो । यो कतै सरकारले बलजफ्ती गरेको जस्तो र जनताले जनस्तरबाट यसको व्यावहारिक रूपमा पालना गर्नु नपर्ने जस्तो गरी विपरीत मनोभावका रूपमा व्यक्त भएको थियो । तर, यो दोस्रो वर्षको दोस्रो निषेधाज्ञा बढी जनताको जनस्वास्थ्यसँग सरोकार रहेको महसुस गरेका छन् । मनोविज्ञानका हिसाबले पनि सरकारी निर्णय र निषेधाज्ञाका निर्णय जनताकै पक्षमा रहेको सर्वत्र महसुस भएको छ । यो खालको अनुभूति नेपालको कोरोना महामारी संक्रमण रोक्न एक अनुपम अस्त्र हो । सरकार र जनताबीचको बुझाइमा हुन पुगेको एकरूपता जनस्वास्थ्यका लागि कोरोनामाथि प्रहार गर्ने एक अचुक अस्त्र पनि हो ।

यसका लागि जनताको कोरोना महामारीसम्बन्धी बुझाइले गुणात्मकता हासिल गर्नु अर्को नयाँ उदाहरण हो । यसका कारण कोरोना संक्रमण रोकथाम गर्न सरकार, सरकारी निकाय, जनस्वास्थ्यसँग सम्बन्धित निकाय र जनसाधारणसम्म एक ठाउँमा आइपुगेका छन् । बुझाइमा हुने एकरूपता र त्यसले पैदा गर्ने चेतना कुनै पनि समस्या समाधानको लगभग ५० प्रतिशत कार्यान्वयन भएसरह हुनु हो । अहिले निर्माण भएको जनचेतनाले काठमाडौं सहर मात्र होइन देशका अन्य ठूला सहर पनि र दूरदराजका गाउँहरू समेत स्थानीय निकायले लिएको आवश्यक निर्णय कार्यान्वयन गर्न गराउन निकै ठूलो मद्दत पुगिरहेको छ । जनचेतनाका कारण असम्भव देखिएका वा कार्यान्वयनमा कठिन महसुस भएका कुरा पनि सहजै व्यवहारमा प्रयोग गरी सकारात्मक परिणाम हात पार्न सकिन्छ । यसको ज्वलन्त उदाहरण अहिले देशमा कार्यान्वयन भइरहेको निषेधाज्ञाको सकारात्मक, व्यावहारिक पक्षलाई लिन सकिन्छ । निषेधाज्ञा कार्यान्वयन गर्न स्थानीय जनता स्वस्फूर्त रूपमा लागिपरिरहेका छन् । स्थानीय क्षेत्रमा भिडभाड हुन छाडेको छ । लोकल बस चल्न छाडेका छन् । केही समयका लागि जनताले आफ्नै घरमा स्रोत साधनको जोहो गरेर परिवार धान्नका लागि मानसिक रूपमा तयार भइसकेका छन् । यसले जनस्वास्थ्य अब जनताको आफ्नै स्वास्थ्यको सरोकारको विषय बनिसकेको छ ।

त्यसैले, जति विकराल रूपमा कोरोनाको दास्रो चरणको महामारी देखिएको थियो त्यतिकै सर्तकर्ताको उचाइमा जनसाधारण समेत जुटेपछि यसलाई नियन्त्रण गर्न सकिने आशा बढेर गएको छ । नेपालीमा उखान पनि छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु धेरै बेस । त्यसैले पनि होला जनता अहिले रोकथामको उपायमा बढी ध्यान दिन थालेका छन् । मास्कको उचित प्रयोग भएको देखिएको छ । हातहातमा स्यानिटाइजर लिएर हिँडेको देखिन्छ । एकअर्कामा सामाजिक दूरी कायम गरेको पनि देखिन्छ । एकले अर्कालाई मास्क लगाउन हेलचेक्रयाइँ गरेकोमा वा सामाजिक दूरी कायम गर्न लापर्बाही गरेको देखेमा सतर्क गराउने र आफू पनि सचेत रहने गरिरहेका छन् । यसले सरकारले गरेका निषेधाज्ञाका निर्णय जनअनुमोदित हुन पुगेका छन् ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

साताका लोकप्रिय समाचार

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

ट्रेन्डिङ

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा...

क्यान्सर पीडित बालकलाई बेलायतबाट २ लाख रुपैयाँ सहयोग

लमजुङ । लमजुङका एक रक्त क्यान्सर पीडित १५ बर्षीय बालकलाई बेलायतमा रहेका लमजुङेहरुले २ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । मस्र्याङदी गाउँपालिका– ५...

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

मोरङ । प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार नाघेको छ । आइतबार थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेश १...

खेल गतिविधि रोक्न राखेपको दोस्रोपटक निर्देशन

काठमाडौं।  नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दोस्रोपटक सम्पूर्ण खेल गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)...

उर्मिलाकाे गीतमा पूजाकाे अभिनय

काठमाडाैं ।  गायिका उर्मिला लाम्गादेले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा...

ईन्डो हस्पिटल टी २० नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि हुने

कलैया । बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि शुरु हुने...

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ ।...

बाल बिछोड र हाम्रो समाज

एक जना भाइ पढ्नको लागि काठमाडौ आए । केही दिन दिदीभिनाजुसँगको बसाइ र शहरको रमझमले रमाइलो भो । रमाए पनि । महिना दिनपछि विद्यालय...

यी हुन् विश्वकै बोल्ड टिभी होस्ट (फोटोफिचर)

एजेन्सी । मेक्सिकाको टिलिभिजन कार्यक्रम प्रस्तोता यनेट ग्रेसिया विश्वका हट टिभी होस्ट मध्ये एक मानिन्छिन् । उनले सञ्चालन गर्ने कार्यक्रम भन्दा पनि धेरै चर्चा...

ओली–दाहाल छलफल सकियो, भोलि विहान फेरि बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज आइतबार प्रधानमन्त्री निवासमा झण्डै डेढ घण्टा...

अघि बढ्यो ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का

काठमाडौं । सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)