कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहनुभएका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ । कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।

चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित भएको गाउँबासी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?