Tuesday, June 22, 2021
Home अर्थ नयाँ पुनर्बिमा कम्पनीले लाइसेन्स पाउने

नयाँ पुनर्बिमा कम्पनीले लाइसेन्स पाउने

राजधानी समाचारदाता,

काठमाडौं । बिमा समितिले थप नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिने भन्दै प्रस्ताव माग गरेको छ । समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको हो ।

पुनर्बिमा व्यवसायलाई थप प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै निजी क्षेत्रको लगानीमा नयाँ पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिने समितिले जनाएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्न भनिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ । यसैगरी, समितिले प्रस्ताव पेस गर्दा न्यूनतम चुक्ता पुँजी १० अर्ब हुनुपर्ने बताएको छ ।

नेपाल पुनर्बिमा कम्पनीमा लगानी गरेका संस्थापक सेयरधनीले नयाँ आउने पुनर्बिमा कम्पनीमा लगानी गर्न नपाउने बिमा समितिले जनाएको छ । पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव पेस गर्दा बिमा समितिबाट जारी भएको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिकामा रहेको संस्थापना र दर्तासम्बन्धी प्रावधानमा उल्लिखित बुँदा समावेश गरेको हुनुपर्ने समितिले जनाएको छ ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रस्ताव आह्वान भएसँगै बिमा समितिमा यसअघि दर्ता भएको सबै प्रस्ताव रद्द हुने बताए । प्रक्रिया पूरा गरेर जोकोहीले पनि प्रस्ताव दर्ता गर्न सक्छन् । यसअघि दर्ता भएको सबै प्रस्ताव खारेज भएका छन् । तर, उनीहरूले पुनः प्रस्ताव दर्ता गर्न सक्ने बताउँदै उनले भने, ‘प्रस्ताव दर्ता गरेको प्रस्तावको फाइल अध्ययन गर्दा मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने एक मात्रलाई छनोट गरिनेछ ।’

यसैगरी, उनले एउटा मात्रै कम्पनीका लागि लाइसेन्स दिने स्पष्ट पारे । यसअघि, पुर्नबिमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जनाएको छ । अहिले समितिले एउटा मात्रै पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको बताएको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

४० हजार घुससहित वन अधिकृत पक्राउ

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित पक्राउ गरेको छ । फर्निचर उद्योगमा चिरानका...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

ढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको...

ट्रेन्डिङ

उच्च सतर्कतालाई नभुलौं

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएसँगै सामाजिक दूरी कायमै राख्ने मापदण्डको पालनासहित व्यापार व्यवसाय सुरु भएका छन् । खुद्रा बजार, थोक बजार, मर्मत...

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४...

कोरोना संक्रमणको चौथो चरणप्रति सावधान !

कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेपछि नेपालको सन्दर्भमा यसलाई संक्रमणको चौथो चरण प्रवेश गरेको स्वीकार गरिएको छ । बुधबारसम्म आइपुग्दा...

सडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा कोहलपुरमा...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ...

उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

मन्त्रिपरिषद् बैठकः सीडीओलाई सर्वस्व अधिकार

काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि...

श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

काठमाडौं । यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)