Sunday, June 13, 2021
Home अर्थ विदेशबाट फर्किएर स्वरोजगार बन्दै स्थानीय युवा

विदेशबाट फर्किएर स्वरोजगार बन्दै स्थानीय युवा

भगीरथ भण्डारी,

इलाम । वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ बाख्रापालन गर्दैछन् । वैदेशीक रोजगारी गुमाएर फर्किएका दुलालले ‘सामाजिक रूपान्तरणका लागि युवा’ कार्यक्रममार्फत सात दिनको उद्यामशीलता विकास तालिम र १० दिनको बाख्रापालनसम्बन्धी तालिमबाट सीप सिकेपछि बाख्रापालनमा लागेका हुन् ।

यो तालिम लिएपछि बाख्रा पाल्नलाई पनि सजिलो भएको बताउँदै दुलालले भने, ‘विदेशमा काम गर्न नसकेर राजीनामा गरेर आए, यहाँ तालिम लिएर ढुक्कले बाख्रा पालेर बसेको छु ।’

यसैगरी, माई नगरपालिका–७ की निशा लिम्बु वैदेशिक रोजगारीको क्रममा मलेसियामा काम गरेर फर्किइन् । वैदेशिक रोजगारीबाट फर्किएकी लिम्बु अहिले गाउँमा नै स्वरोजगार बनेकी छन् । सिलाइकटाइको तालिम लिएपछि लिम्बुले व्यावसायिक रूपमा सिलाइकटाइको काम गर्दै छिन् । उनलाई फेरि बिदेसिने रहर छैन । ‘विदेशमा साह्रै दुःख हुन्छ, त्यसैले स्वदेशमा नै सिलाइकटाइको काम थालेको छु,’ उनले अघि भनिन्, ‘यो काम अरूलाई पनि सिकाउँछु, रूलाई विदेश नजान भन्छु ।’

रोङ गाउँपालिकाका दिनेश निरौला भने बेरोजगारीले भौतारिरहेका थिए । कामको खोजीमा रहेका निरौला पनि ‘सामाजिक रूपान्तरणका लागि युवा अभियान’मा जोडिएपछि भने भौतारिनुपरेको छैन । कार्यक्रममार्फत निरौलाले उद्यमशीलता विकास र च्याउखेतीसम्बन्धी तालिम लिएपछि अहिले गाउँकै साथीहरूसँग मिलेर च्याउखेती गर्दै छन् । ‘साथीहरूसँगको साझेदारीमा सुरु गरेको च्याउखेतीबाट दिनको ५ देखि ७ हजार रुपैयाँसम्मको उत्पादन हुन्छ,’ निरौलाले भने, ‘ खर्च कटाएर महिनाको ५० हजार जति बचाउँछांै, चार÷पाँच जना अरूलाई पनि रोजगारी दिएका छौं ।’ बेरोजगारीले भौतारिरहेका निदेशलाई सीप सिकेपछि अहिले भौतारिनुपरेको छैन ।

सन् २०१९ देखि मानवअधिकार मञ्च नेपाल इलामले जिल्लको दुई पालिकामा सुरक्षित आप्रवासन, स्वउद्यमशीलताका लागि युवा सशक्तीकरण समूहमार्फत ‘सामाजिक रूपान्तरणका लागि युवा कार्यक्रम सञ्चालन गरेको थियो । माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रमको निर्धारित अवधि पूरा भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी साबित भएको छ । कार्यक्रमअन्तर्गत सन् २०१९ मा २ सय ४१ उद्यमशीलता विकास तालिम लिएका थिए ।

उनीहरूमध्ये ६९ जनालाई सीप विकास तालिम गराइएको थियो । सीप विकास तालिम लिएका सबै जनाले तालिमअनुसारको व्यवसाय गरिहेको कार्यक्रमका संयोजक सन्तोष मगरले बताए । ‘पहिलो वर्ष तालिम गराएका सबैलाई व्यवसाय सुरु गर्नका लागि हामीले १० हजार रुपैयाँका दरले सहयोग गरेका छौं, त्यहीअनुसार पालिकाहरूले समेत उनीहरूलाई व्यवसाय सुरु गर्न बीउ पुँजी प्रदान गरेका छन्,’ कार्यक्रम संयोजक मगरले भने, ‘उद्यमशीलता विकास तालिमपछि पनि धेरैले स्वरोजगार हुने काम सुरु गरेका छन् ।’

हातमा सीप भएकाहरू उद्यमशीलता विकास तालिम गराएपछि व्यावसायिक योजना बनाएर आर्थिक उपार्जनमा लागेको मगरले बताए । सन् २०२० मा ३ सय २ जनालाई उद्यमशीलता विकास तालिम गराइएको छ । तीमध्ये १ सय ८३ जनालाई विषयगत रूपमा सीप विकास तालिम गराइएको छ । सन् २०२० मा उद्यमशीलता विकास तालिम र सीप विकास तालिम लिएकामध्ये २ सय जनाभन्दा बढीले स्वरोजगार हुने व्यवासाय थालेको मगर बताउँछन् । तीमध्ये १ सय ५६ जनालाई व्यवसाय सुरु गर्न १२ हजार ४ सय ७५ रुपैयाँ कार्यक्रममार्फत सहयोग प्रदान गरिएको छ ।

माई नगरपालिकाले सोही बराबरको रकम उनीहरूलाई थप दिएको छ भने रोङ गाउँपालिकाले भने व्यवसायको आधारमा १० देखि ३५ हजार रुपैयाँसम्म युवाहरूलाई सहयोग प्रदान गर्दै छ ।

परियोजनाका लागि १ करोड ८७ लाख ६६ हजार १ सय ६२ रुपैयाँ खर्च गरिएको छ । रोङ र माई नगरपालिकामा सम्पन्न भएको कार्यक्रम माईजोगमाई गाउँपालिका र चुलाचुली गाउँपालिकामा कार्यान्वयन गरिने मानवअधिकार मञ्चले जनाएको छ । जर्मन कोअपरेसनको सहयोग र एडब्लूओ इन्टरनेसनलको साझेदारीमा स्थानीय पालिकाहरूको समन्वय र सहकार्यमा मानवअधिकार मञ्चले कार्यक्रम कार्यान्वयन गरेको हो ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

साताका लोकप्रिय समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः काँगे्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)बमोजिम शनिबार उनलाई...

प्रदेश १ मा चलचित्र विकास बोर्ड गठनको माग

सुनसरी । गणतन्त्रपछि मुलुक संघीयतामा गएकाले प्रदेशस्तरमा पनि चलचित्रको विकास हुनुपर्छ भन्ने माग सिनेकर्मीले उठाएका छन् । यसै क्रममा नेपाल चलचित्रकर्मी महासंघले प्रदेश १...

देश र जनता रहे राजनीति फेरी गरौंला : कांग्रेस नेता राजीवविक्रम शाह

  काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय राजनीज्ञिहरुले काठमाडौंबाट जिल्ला स्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

कांग्रेस महाधिवेशन आउँदो भदौमै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई...

ट्रेन्डिङ

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन आदेश

काठमाडौं । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश...

सिपीएलमा सन्दीपको मूल्य १ करोड ५६ लाख रुपैयाँ

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन्...

पहिरोले थुनिएको अरुण नदी खुल्न थाल्यो, तटीय क्षेत्रमा नजान आग्रह

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा थुनिएको पहिरो खुल्न थालेको छ । आइतबार विहान साढे ९ बजे...

मालपोत अधिकृतको अवैध सम्पत्ति १० करोड

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले झन्डै १० करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । गैरकानुनी...

भैंसी चोर्ने गिरोह पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैंसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती...

महिलामा बढ्दै गरेको एचआईभी

अमेरिकामा बस्ने केटा भनी झटपट विवाह गरिदिएकी दाङकी सिर्जना श्रेष्ठ एक वर्षपछि घर आएका बेला रक्तदान गर्दा एचआईभी संक्रमित भएको पाइन्न । स्वर्ग नै...

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा गम्भीर समस्या

तुलसीपुर । स्वासप्रस्वासमा गम्भिर समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी...

परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा...

काेराेना जाेखिम बढेपछि सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ...

राष्ट्रिय पुस्तकालय निर्माणमा सरकारको अंकुश

काठमाडौं । जमलमा निर्माण गर्ने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्यमा सरकारले अंकुश लगाएको छ । भवन निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेको पुस्तकालय...

स्वास्थ्य सुविधाको दिगो व्यवस्थापन

छिमेकी मित्रराष्ट्र चीनको हुवेईप्रान्तको बुहान नगरपालिकाको स्वास्थ्य नियोगले सन् २०१९ डिसेम्वर ३१ तारेखका दिन आधिकारिक रूपमा घोषण गरेको कोभिड–१९ अर्थात् कोरोना भाइसरले महामारी रोगको...

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)