Friday, July 23, 2021
HomeEditor-Picksभारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

एजेन्सी,

नयाँ दिल्ली ।  भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

साताका लोकप्रिय समाचार

प्रदेश २ मा माओवादी केन्द्र पनि सरकारमा

काठमाडौं । प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रबाट भरत साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री...

गैह् आबासीय नेपाली संघको १० औं ग्लोवल सम्मेलन अक्टोबर २३-२५ मा हुने

  काठमाडाैं ।  गैह्र आबासीय नेपाली संघको १० औं ग्लोबल सम्मेलन एबं साधारण सभा आयोजना हुने मिती निश्चित भएको छ । शनिबार सम्पन्न ७८ औं...

१० बुँदे प्रस्ताव कार्यान्वयनमा एमाले नेताहरू सहमत

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका...

ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...

ट्रेन्डिङ

लागू औषध सहित दुई युवक पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाबाट लागू औषध सहित दुई युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक जितेन्द्र...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?