सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९ जनाको परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा एक महिनायता कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

पछिल्लो पटक स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परिक्षणले राजविराज नगरपालिकाका ३ महिलासहित सर्वाधिक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।

अघिल्लो दिन संक्रमण पुष्टि भएका ७ मध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेका छन् । सबै संक्रमितलाई अहिले होमआइसोलेशनमै व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

यस्तै अघिल्लो दिन एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब