गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडाैं ।  गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् ।

‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरीर दुख्ने/ गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन् ।

अहिले उनी होम आइसोलेसनमा छन् । ‘लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउँ । सुरक्षित बसौं ! आसा राखौं यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौं,’ उनले लेखेका छन् । हालै प्रकाशले ‘मेरो पनि होइन र यो देश’ बोलको गीत सार्वजनिक गरेका छन् । बाेलमाया बाेलकाे गीतबाट चर्चामा अाएका सपुतले थुप्रै चर्चित गीत गाएका छन्

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार