Tuesday, June 22, 2021
Home Breaking News जसपा विवाद झन् पेचिलो बन्दै

जसपा विवाद झन् पेचिलो बन्दै

सुभाष साह,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ ।

पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयलले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव समूहले यी सांसदलाई कारबाही गर्न १४ वैशाखमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको जनाएको छ ।

पार्टी हितविपरीत कार्यमा संलग्न भएकाले पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयका आधारमा कारबाही गरिएको उल्लेख गरिएको छ । तर, जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको भन्दै सोको जानकारी दिन निर्वाचन आयोग पुगेका छन् ।

लुम्बिनी प्रदेशका आफ्ना चार सांसदलाई प्रदेश सभा सचिवालयले कारबाही गरेपछि शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष ठाकुरले कसैलाई पनि पार्टीले कारबाही नगरेको जानकारी गराएका छन् । ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक ७ पुस २०७७ यता हालसम्म नबसेको जानकारी आयोगलाई गराएका छन् । अध्यक्ष ठाकुरले गैरकानुनी पत्र एवं सोसँग सम्बन्धित अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानुनी प्रक्रिया अघि बढाउन आयोगसमक्ष माग गरेका छन् ।

‘जनता समाजवादी पार्टीको नेपालको कार्यकारिणी समितिको बैठक मिति २०७७ पुस ९ देखि ७ गतेपश्चात् हालसम्म नबसेको अवस्थामा प्रदेशसभा लुम्बिनी प्रदेशको सचिवालयको सूचनापत्र ४ मा उल्लेखित माननीय सदस्यको प्रदेशसभा सदस्य र पार्टी सदस्य पदबाट निष्कासन गरेको बेहोरा प्रथम पृष्टिमै अवैध एवं गैरकानुनी रहेकाले सो अवैध एवं गैरकानुनीपत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अघि नबढाउन अनुरोध छ,’ ठाकुरले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

‘साथै उक्त गैरकानुनी सूचनापत्र एवं सोसँग सम्बन्धित अन्य पत्र एवं निर्णयसमेत बदरका लागि यथाशीघ्र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बेहोरासमेत जानकारी लागि अनुरोध छ ।’ पार्टीको निर्णयविपरीत लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि उनीहरूलाई जसपा अध्यक्ष यादव समूहले कारबाही गरेको थियो ।

तर, अर्का अध्यक्ष ठाकुरले कोही कसैलाई कारबाही नगरिएको जानकारी बिहीबार नै गराइसकेका छन् । जसपाका चार सांसदको मतको सहयोगमा मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार टिकाएका थिए । यद्यपि, यस विषयलाई लिएर जसपाका शीर्ष नेताबीच विवाद चलिरहेको छ । पार्टी अध्यक्ष ठाकुर कोही कसैलाई कारबाही नगरिएको बताउँदै आएका छन् भने अर्का अध्यक्ष यादवले कारबाही हुनुपर्ने अडान लिँदै प्रक्रिया अघि बढाएका छन् ।

जसपा कार्यकारिणी समितिको १४ वैशाखमा बसेको बैठकले पार्टी निर्णय विपरीतको कार्यमा संलग्न रहेको भन्दै चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए । तर, जसपा कार्यकारिणी समितिका अर्का सदस्य लक्ष्मणलाल कर्णले १४ वैशाखमा कुनै बैठक नबसेको बताए । जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष यादवले नेताहरूको घरघरमा पुगेर हस्ताक्षर संकलन गरेको हुन सक्ने कर्णले बताए ।

पार्टीबाट बर्खास्त भएका लुम्बिनी प्रदेशका चार सांसद शुक्रबार नै पार्टीविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् । पदमुक्त भएपछि उनीहरू पार्टी र प्रदेशसभाले अन्याय गरेको भन्दै शुक्रबार सर्वोच्च अदालतसमेत पुगे पनि समय अभावका कारण आइतबार मात्र निवेदन दर्ता हुनेछ । लुम्बिनी प्रदेश सभा सचिवालयले निकालेको सूचनाअनुसार सांसदहरू पाण्डेय, यादव, रायमाझी र कल्पना पाण्डेको पद गुमेको छ ।

राजनीतिक दलसम्बन्त्री ऐन २०६३ को दफा ३४ बमोजिम जसपाले चार सांसदलाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले उठाउँदै आएका विभिन्न मागमध्ये मुद्दा फिर्ताको माग पूरा गरेका छन् । बाँकी रहेका मुद्दा फिर्ताका माग केही पूरा गर्ने प्रक्रियामा रहेका छन् ।

मुद्दा फिर्तापछि जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो समूहले सरकारमा सहभागी हुने वातावरण बन्दै गएको प्रक्रिया सार्वजनिक रूपमा दिइरहेका छन् । तर, अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष भट्टराई, वरिष्ठ नेता अशोक राई समूहले पार्टी कुनै पनि हालतमा संघीय सरकारमा सहभागी नहुने अडानमा छन् ।

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

साताका लोकप्रिय समाचार

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

ट्रेन्डिङ

हट्यो ‘वर्क फ्रम होम’

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ ।...

बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको २९ औं एक्स्टेन्सन काउण्टर तथा राजस्व संकलन केन्द्र सुरु भएको छ । जिल्ला प्रशासनका...

गरिबी र आत्महत्या

लालदेव सरार्फ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि बर्सेनि करिब ८ लाखको संख्यामा मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जना र एक...

२ जना संक्रमित समुदायमा घुमफिर गरेपछि कविलासीवासी त्रसित

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा यतिबेला स्थानियहरु त्रसित बनेका छन् । गए साझ कबिलासी नगरपालिका वडा न ८, अगर्वास्थित जन्ता मा .वि. क्वारेन्टाइनमा बसेका...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

जिम्मेवारी बाँडफाँडदेखि संगठन निर्माणसम्म जसपामा सकस

काठमाडौं । पार्टी एकीकरण भएको तीन महिना बित्दासमेत जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण गर्न सकेको छैन । शीर्षनेतालाई कमिटीमा रहने नेता छनोट...

बेपत्ता दम्पत्ती खोज्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । लामो समयदेखी वेपता महोतरी जिल्ला निवासी एक झा दम्पतीको अवस्था पत्ता लगाउन विहिवार यहाँ ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र...

अवसरको ध्रुवीकरणमा नेपाली राजनीति

लोकतन्त्रको सदृढीकरण र राजनीतिक प्रक्रियालाई सुचारु गर्ने संवाहक भनेकै राजनीतिक दल हुन् । लोकतान्त्रिक राजनीतिक व्यवस्थामा शासन सञ्चालन गर्न राजनीतिक दल नै अपरिहार्य हुन्छन्...

सवा २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर तत्काल आउने

६ अर्बको आईपीओ पाइप लाइनमा काठमाडौं । धितोबजार चम्किन थालेकै बेला बजारमा २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने भएको...

सुदूरपश्चिममा कोभिडका बिरामीलाई आवश्यक पर्ने औषधि अभाव

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिडबाट संक्रमित भएका लागि आवश्यक पर्ने औषधिको अभाव भएको छ । कोभिडका बिरामीलाई अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले...

स्वचालित पेसी व्यवस्थापन अध्ययन गर्न समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले स्वचालित प्रविधिबाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गर्न वरिष्ठ न्यायाधीशको नेतृत्वमा एक समिति बनाएको छ । न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू...

दिगो विकास लक्ष्यका लागि सहकारी

काठमाडौं । विभिन्न ऐन नियममा सहकारीको स्पष्ट व्यवस्था नभएको हुँदा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि सहकारी क्षेत्रले सोचजस्तो योगदान दिन सकेका छैनन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)