बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो । खेलमा रोयल च्यालेञ्जर्स बैंगलोरमाथि ३४ रनले विजयी हुँदै पञ्जाब पाँचौँ स्थानमा उक्लिएको छ ।

१ सय ८० रनको विजयी लक्ष्य पाएको बैंगलोरले पूरै ओभर खेल्दै १ सय ४५ रन मात्र बनाउन सक्यो । नियमित अन्तरालमा विकेट गुमाएको बैंगलोरका लागि कप्तान विराट कोहलीले ३५, रजत पाटीदार र हर्शल पटेलले समान ३१–३१ तथा काइल जेमिसनले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उख्लेखनीय मात्रामा रन बनाउन सकेन ।

उत्कृष्ट फर्ममा रहेका ग्लेन म्याक्सवेल हरप्रीत ब्रायरको पहिलो बलमै शून्य रनमा बोल्ड आउट भए । यस्तै एबी डी भिलियर्स ३ रनको स्थितिमा ब्रायरको बलमै आउट भए । पञ्जाबका हरप्रीत ब्रायरले ३, रवि बिस्नोइले २ विकेट हात परे । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी