वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ ।

बलेफी गाउँपालिका,संघीय सासंद र प्रदेश सासंदको पुर्वाधार कोषको बजेटबाट चालु आर्थिक वर्षमा वडा कार्यालयका भवन निर्माण सु्रु ग्रिएको थियो ।

गाउँपालिकाबाट २०,प्रदेश पुर्वाधार कोषबाट १० र संघीय पुर्वाधार कोषबाट १५ गरेर कुल ४५ लाख रुपियाँका लागतमा वडा भवन निर्माण हुन लागेको थियो ।

भवन निर्माणका लागि गाउँपालिकाले उपभोक्ता समिति मार्फत गर्नका लागि भनेको थियो । उपभोत्ता समिति गठनमा सुरु देखि नै समस्या भएपछि गाउँपलिका आफैले हस्तक्षेप गरेर उपभोत्ता समिति गठन गरेर सम्झौता गरेर काम समेत सुरुवात गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

बलेफी गाउँपालिका–२ का अध्यक्ष छबिलाल न्यौपानेले आफु निकटको व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्षमा सिफारिस गरेर एकलौटी समिति गठन गरेको भन्दै अन्य वडाबासीले विवाद गरेपछि गाउँपालिकाले उपाध्यक्ष कमला श्रेष्ठ कायस्थको उपस्थितिमा अर्काे उपभोक्ता समिति गठन गरेपछि गाउँपालिका र वडाध्यक्ष बिच विवाद सुरु भएको थियो ।

वडा भवन निर्माणमा गाउँपालिकाले हस्तक्षेप गरेको भन्दै केही दिन अघि वडा अध्यक्ष न्यौपाने सहित नेपाली कांग्रेसका कार्यकर्ताहरुले गाउँपालिकाको कार्यालयमा तालबन्दी गरेका थिए ।

गाउँपालिकाको कार्यालयमा तालबन्दी भएपछि अध्यक्ष केदार क्षेत्रीले प्रहरीको रोहवरमा गाउँपलिकामा लगाएको ताल खोलेपनि शनिबार वडा भवन निर्माण स्थालमा खनिएको खाडलहरु वडाध्यक्ष न्यौपानेको निर्देशनमा पुरीएको छ ।

वडा नम्बर–२ को कल्लेरीमा निर्माण गर्न लागिएको भवन गाउँपलिकाको उपाध्यक्षको नेतृत्वमा गठन गरिएको उपभोक्ता समितिले भवन निर्माणका लागि केही दिन अघि डोजर लगेर भवन निर्माणका लागि खाडलहरु खनेको थियो ।

उपभोक्ता समितिका सदस्य सहित कामदारहरु आज काम गर्न जानु भए छ तर वडाअध्यक्षको निर्देशनमा खनिएका सबै खाडल पुर्ने काम भयो गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भने–‘आफ्नै वडाको भवन निर्माणमा वडा अध्यक्ष स्वयबाट नै अवरोध गर्ने काम भयो अध्यक्ष क्षेत्रीले भने–‘विवाद भयो नै भने हामी यो वर्ष भवन निर्माण नै अघि बढाउन सक्दैनौ ।’

वडा अध्यक्ष छबिलाल न्यौपाने भने आफ्नो मात्रै नेतृत्वमा नभइ नेपाली कांग्रेसको नेतृत्वमा यस अघि गठन गरिएको उपभोक्ता समितिका सदस्यहरुले काम गर्न नदिएको बताउँछन् । यो मैले मात्रै गरेको होइन,कांग्रेसको केन्द्रीय नेतृत्वको निर्देशनमा नै यस्तो भएको हो वडाध्यक्ष न्यौपानेले भने ।

हामी वडा समितिले गठन गरेको उपभोक्ता समितिलाई माइन्स गरेर रातरात गाउँपालिकाले अर्काे उपभोक्ता समिति बनायौ,वडाको अधिकारीलाई हस्तक्षेप गर्न खोजीयो हाम्रो असहमीत त्यसैमा हो वडा अध्यक्ष न्यौपानेले भने –‘बरु टेण्डर प्रक्रिया मार्फत निर्माण गर्दा हामी स्वीकाछौ तर गाउँपालिकाले गठन गरेको उपभोत्ता समितिले गर्ने काम हामी स्वीकार गर्देनौ ।

गाउँपालिका अध्यक्ष क्षेत्री भने वडा अध्यक्षले समयमा नै विवादरहित रुपमा उपभोत्ता समिति गठन गर्न नसकेपछि आफुहरुले बाध्य भएर उपभोक्ता समिति गठन गरेको बताउँछन् । हामी वडाको अधिकारी हस्तक्षेप गर्ने कुनै नियत नै छैन तर वडाले विवादरहित रुपमा समिति गठन गर्न नसकेपछि वडाभन्दा माथील्लो निकायले समन्वय गरेर समिति गठन गरेका हौ क्षेत्रीले भने–अब टेण्डर मार्फत निर्माण गर्न समय अपुग छ,त्यसैले उपभोत्ता समिति मार्फत नै निर्माण गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी