Tuesday, June 22, 2021
Home Editor-Picks श्रमिकलाई कोरोना भए सामाजिक सुरक्षा कोषले उपचार खर्च बेहोर्ने

श्रमिकलाई कोरोना भए सामाजिक सुरक्षा कोषले उपचार खर्च बेहोर्ने

मधुजंग पाण्डे,

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरस संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । अन्य बिरामीले पनि औषधि उपचार खर्च पाउने कोषले जनाएको छ । यसैगरी, सूचीकृत श्रमिकको कोरोनाकै कारण मृत्यु भए मृतकका आश्रित परिवारले सुविधा पाउने कोषले जनाएको छ ।
कोषका प्रवक्ता विवेक पन्थीले भने, ‘कोषले अघि सारेका योजनामा पर्ने सबै सेवा सुविधा सूचीकृत कोरोना संक्रमित श्रमिकले पाउने भएकाले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउनेछन् ।’

कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । कोरोना संक्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइराखेको कोषले जनाएको छ ।

सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिकले कोरोना भएर घरैमा उपचार गराएको अवस्थामा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी गर्न पाउँछन् । अस्पताल भर्ना भई उपचार गरे वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने कोषले जनाएको छ ।

यस्तोे सुविधा पाउन श्रमिकले कोषमा योगदान गर्न सुरु गरेको तीन महिना पूरा भएको हुनुपर्ने प्रावधान छ । यसैगरी, यो सुविधा योगदान गर्न छाडेको तीन महिना नकटेसम्म लागू हुनेछ । कोरोना संक्रमणकै कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भए खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरणस्वरूप प्रदान गरिनेछ । मृतक योगदानकर्ताका छोराछोरीको हकमा उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिक वृत्ति भरणका रूपमा दिने प्रावधान रहेको छ । यदि एकभन्दा बढी सन्तान भएमा सोही रकम आश्रित परिवारलाई टाउको गनेर दामासाहीले बाँड्ने व्यवस्था छ ।

यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने यस्तो उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिक वृत्तिभरणबापतको सुविधा प्राप्त गर्ने कोषले जनाएको छ ।

यदि मृतक योगदानकर्ता अविवाहित भए उसको आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्य सरकारी क्षेत्रबाट माथि कोषबाट पाउनेभन्दा बढी सुविधा पाउने भए यो सुविधा नपाउने कोषले स्पष्ट पारेको छ ।

यसैगरी, मृतक योगदानकर्ताको हकवालाले अन्तिम संस्कार (काजकिरिया) खर्चबापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । मृतकका हकवालाले यस्तो रकम एकमुष्ठ पाउने कोषले जनाएको छ ।

सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिकले कोरोना भएर घरैमा उपचार गराएको अवस्थामा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी गर्न पाउँछन् । अस्पताल भर्ना भई उपचार गरे वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने कोषले जनाएको छ ।

यसैगरी, कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएको खण्डमा भने उसको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल योगदान रकम एकमुष्ठ प्रदान गरिनेछ । यस्तो सुविधा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को दोस्रो संसोधनमा पनि स्पष्ट उल्लेख गरिएको छ । सोही कार्यविधिअनुसार कोषले यस्तो सुविधा दिने सो कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषमा अहिलेसम्म कुल १३ हजार ७ सय ८३ वटा रोजगारदाता सूचीकृत भएका छन् । मुलुकभर गरी कुल २ लाख ३ सय ७६ जना योगदानकर्ता श्रमिक सूचीकृत छन् । आवश्यक सबै प्रक्रिया पु¥याएर सूचीकृत भएकामध्ये हालसम्म २ हजार १ सय ६ जना योगदानकर्ता श्रमिक लाभान्वित भएका छन् ।

हालसम्म कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायत विभिन्न सेवा सुविधाअन्तर्गत कुल ७ करोड २९ लाख रुपैयाँ दबी भुक्तानी गरिसकेको बताएको छ । अहिलेसम्म कुल ५ अर्ब ३१ करोड रुपैयाँ योगदान रकम जम्मा भएको मध्ये ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । केहि समय अघि मन्त्रिपरिषद्को बैठकले संशोधित सामाजिक सुरक्षा कोष लगानी कार्यविधि स्वीकृत गरेपछि विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कर्जा लिन पाउनेछन् । यस्तो सेवामा सहभागी हुने योगदानकर्ताले कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने कोषले जनाएको छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

बाँझाे जमिनमा तितेपाती खेती

  स्याङ्जा । धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती व्यवसायीक रुपले स्याङ्जामा खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको...

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

जर्मनीको लोभलाग्दो पुनरागमन

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग...

ट्रेन्डिङ

समुदायमा कोरोना देखिएपछि टोल शिक्षा प्रभावित

बागलुङ । कोरोना संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषण गरे पछि शैक्षिक संस्था बन्द छन् । लाखौं विद्यार्थी पठन...

कोरोना कहर : किसानलाई पाकेको गहुँ भित्र्याउन समस्या

नेपालगन्ज । लकडाउनका कारण नेपाली किसानलाई यति बेला हिउदे बाली भित्र्याउने चटारो छ । एकातिर नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन घरमै बस्नु पर्ने बाध्यता...

संक्रमणको बेवास्ता गर्दै विद्यालय संचालन गर्ने ११ जना पक्राउ

सप्तरी, राजविराज । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरु बन्द गर्ने सरकारको निर्णयको अवज्ञा गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक...

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु, चालक फरार

सप्तरी, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित सडकखण्डमा बिहीबार राती ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिततर्फ जादै...

मुगुमा मानवअधिकार अवस्था अनुगमन समिति गठन

मुगु । मुगु जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको छ । बुधबार जिल्ला बार...

आर्सनलद्वारा लिड्स युनाइटेड पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे...

दुई महिनाकाे छाेरालाई कलेजाे दिने बाकाे गीत

काठमाडौं ।  वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो...

५१ वर्षमा लागे अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन बिहीबारबाट ५१ वर्षमा लागेका छन् । उनले आफ्नो जन्म दिन बिहीबार घरमै परिवारसँग मनाएका छन् । विश्वमा फैलिएको...

हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ

मुम्बई । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ...

मृतक महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु...

जोभिकले यो सिजन गुमाउन सक्ने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वियन फरवार्ड लुका जोभिक घरमै प्रशिक्षणका क्रममा घाइते भएका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वव्यापी रूपमा खेलकुद...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)