Tuesday, June 22, 2021
Home बिचार महामारी संक्रमणमा जनसहभागिता

महामारी संक्रमणमा जनसहभागिता

राजधानी समाचारदाता,

कोरोना संक्रमणको दोस्रो लहर अनुमान गरेभन्दा बढी संक्रामक र खतरनाक देखिएको छ । यसको संक्रमण देशव्यापी रूपमा विकराल बन्दै गइरहेको छ । जनस्वास्थ्यविद् तथा स्वास्थ्यकर्मी यसको डरलाग्दो प्रभाव देखेर विस्मित हुन थालेका छन् । स्वास्थ्य सेवाको अग्रमोर्चामा खट्ने चिकित्सक तथा स्वास्थ्य सेवक आफंै बढी संक्रमणमा परिरहेका छन् । पहिलो भेयरियन्टभन्दा यूके संक्रमण आशंका गरिएको यो दोस्रो भेरियन्ट बढी आक्रामक देखिएको छ । नेपाली जनस्वास्थ्य पहिलो भेरियन्टमा कम जोखिम मोलिरहेको देखिए पनि यो दोस्रो भेरियन्टमा बढी चिन्तित र संक्रमित हुँदै गएका छन् । नेपालमा हाल यूके भेरियन्ट मात्र नभएर अफ्रिकामा विकास भएको एपी वान र दिल्ली भेरियन्ट एकै साथ आएको अनुमान गरिएको छ । यी तीनवटा भेरियन्टको पहिचान र असर तथा यिनीहरू मिसिएर बन्न सक्ने अर्को भेरियन्टको चिन्ताले सताइरहेको छ । अघिल्लो सालको कोरोना संक्रमणले बढी आतंकित बनाएको थियो भने अहिलेको भेरियन्टले चिन्तित र त्रसित पनि बनाएको छ । किनकि यसको आक्रामक असरबाट सबै बढी नै तनावमा रहेका छन् ।

छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर बढी आक्रामक देखिएसँगै यसले पारेको असर र पु¥याएको जनधनको क्षति अतुलनीय रहेको छ । भारतले कोरोना संक्रमितको दर र मृत्यु हुने संख्या दक्षिण अमेरीकी र उत्तर अमेरिकी तथा युरोपियन देशको आँकडालाई उछिन्न खोज्नु निकै चिन्ताको विषय बनेको छ । नेपालको छिमेकी देश हुनुको कारणले पनि र दुवै देशको सिमानाका खुला र बढी व्यस्त हुनुको कारणले पनि नेपालीहरूलाई मनोवैज्ञानिक साथै शारीरिक असर पनि पु¥याइरहेको छ । तराईका जिल्लामा देखिएको संक्रमण दर र मृत्यु हुनेको संख्या निकै उच्च नै छ । ती जिल्ला संघन बस्ती भएको राजधानी सहर काठमाडौंलाई पनि उछिनेर अगाडि बढेको देखिनुले नेपालमा अबको महामारी संक्रमण कम जोखिमपूर्ण छैन भन्ने स्पष्ट संकेत गरिसकेको छ । तराईका जिल्लामा हालको निषेधाज्ञा अब लकडाउनमा परिणत हुन पनि बेर छैन । यदि, त्यो महामारी पहाडी जिल्लामा पनि फैलने र देशव्यापी रूपमा लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भयो भने त्यसले नेपाली स्वास्थ्य जीवनमा मात्र होइन आर्थिक जनजीवनमा पनि दूरगामी नकारात्मक असर पार्नेछ । यो यथार्थतालाई समयमै मनन गरेर सरकारी तथा निजी जनस्वास्थ्यसँग सम्बन्धित संस्थाले बेलैमा ठूलो र बेलाबेलामा इमर्जेन्सी सेवा दिन सक्ने हैसियतको तयारी गर्नुपर्छ । यसका लागि सरकार र निजी संस्थाबीचमा सजीव सहकार्य हुन जरुरी छ ।

अहिले जनताको चेतना पोहोर सालभन्दा निकै उच्च र अग्रगामी छ । यसले स्वास्थ्यसम्बन्धी कार्यक्रम अगाडि बढाउन ठूलो मद्दत गरिरहेको छ । जनताको चेतना, सहकार्य र मनोवैज्ञानिक सहयोगलाई सरकारले सकारात्मक आधारका रूपमा लिन सक्नुपर्छ । सरकारले गरेको निषेधाज्ञा पनि जनताले कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् । यसका लागि सरकार र जनताबीचको सहकार्यमा जोड दिन सम्बन्धित सरकारी निकायले बेलैमा ध्यान पु¥याउन जरुरी छ । जनताको स्वास्थ्य आफैंमा सार्वजनिक जनस्वास्थ्यकोे विषय भएको हुनाले जनताको सहभागिता र परिचालनलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाउन सरकारले बेलैमा ध्यान दिनुपर्छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

निजी विद्यालय चरम संकटमा

काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

ट्रेन्डिङ

भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

काठमाडौँ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा...

बजार तताउन एउटै गीतमा चार कलाकार

काठमाडौं । लकडाउन हटेपछि कलाकारहरू गीतसंगीत रेकर्डिङ र भिडियो निर्माणमा सक्रिय हुन थालेका छन् । यसै क्रममा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा...

आयोजनाले भुक्तानी नगर्दा पर्सामा सडकको काम अलपत्र

वीरगन्ज । हुलाकी राजमार्ग आयोजनाले समयमा बिल भुक्तानी नगर्दा पर्साको वीरगन्जदेखि सेढवा सडकखण्डको स्तरोन्नतिको काम प्रभावित भएको छ । ठेक्का सम्झौताअनुसार बिल पेस भएको...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

इन्डक्सन चुलो किन्न आउनेको संख्या दैनिक पाँच सय बढी

काठमाडौं । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सातादेखि गरेको लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा भने दैनिक ५ सय...

वामदेवलाई राष्ट्रियसभा लोकतन्त्रको विडम्बना : साझा पार्टी

काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति...

कोभिड–१९ अध्यादेशः जुनसुकैबेला स्वास्थ्य आपतकाल

काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड–१९ संकट व्यवस्थापन...

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ...

दाङका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

दाङ । यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर...

समृद्धिका लागि सूचना र प्रविधि

खेमराज निरौला प्रविधिले प्रत्यक्ष असर पारिरहेको सन्दर्भमा सरकारको कामकाज चुस्त दुरुस्त रूपमा सञ्चालन गर्न सूचना प्रविधिको भूमिका महŒवपूर्ण हुने कुरामा दुईमत छैन । वास्तवमा भन्नु...

कोरोना : २५ जनाभन्दा बढी भएको भन्दै राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौँ । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था...

दुई दिने बिदाको गलत प्रस्ताव

विश्वव्यापी महामारी नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ले विश्वको आर्थिक गतिविधि प्रभावित भएकोे छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालको अर्थतन्त्रको एक प्रमुख सहयोगी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)