यस्ताे लक्षण देखिएमा अक्सिजनकाे आवश्यकता पर्छ

केही समयअघि भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएकामा हाल महाराष्ट्रमा अर्काे परिवर्तित स्वरूप अत्यन्त खतरनाक बेस्ट बंगालमा पहिलोपटक भेटिएको भनिने ट्रिपल म्युटेन्ट भेरियन्ट बी १६१८ देखिएको छ । पहिलाको भन्दा अत्यन्तै तीव्र गतिमा फैलन सक्ने, बालबालिकामा पनि युवामा जस्तै सर्न सक्ने देखिएको छ । शरीरमा बनेको संक्रमण वा खोपले बनेको एन्टिबडीले काम गर्न सक्दैन । भाइरल लोड अत्यधिक छ । जटिलता धेरै छन् ।

अक्सिजनको महत्व

नयाँ भेरियन्ट कोरोना संक्रमित भई अस्पताल भर्ना हुनेमा प्रमुख स्वासप्रश्वासमा समस्या रहेको र करिब ९० प्रतिशतलाई अक्सिजन आवश्यक परिरहेको छ । जुन गत वर्ष ६० प्रतिशत रहेको थियो । अन्यमा ९० तथा कोभिडमा ९४ प्रतिशत कम अक्सिजन भए बाहिरबाट अक्सिजन दिइन्छ । होम आइसोलसन तथा आइसोलेसन सेन्टरमा सामान्य लक्षणसहित बसिरहेका संक्रमितमा लगातार सय डिग्रीभन्दा माथि ज्वरो आयो, स्वास फेर्न गाहो भयो, लगातार डायरिया भयो भने शरीरमा अक्सिजनको मात्रा कम भयो कि भन्ने सम्झेर चिकित्सकको सल्लाह लिएर अस्पतालमा भर्ना हुनपर्छ । यस्तो बेला मुख्य उपचार भनेको अक्सिजन थेरापी हो ।

सास फेर्न गाह्रो भएका जटिल संक्रमितको उपचारका लागि हाइफ्लो अक्सिजन नेजल क्यानुलाबाट अक्सिजन दिने कार्य थालनी भएका छन् । सास फेर्न गाह्रो भएकालाई प्रतिमिनेट १४ देखि १५ लिटरसम्म अक्सिजन दिन पर्न सक्छ र यस माध्यमबाट हरेक मिनेटमा ५० देखि ६० लिटर अक्सिजन दिन मिल्छ । यसले ५० प्रतिशत बिरामीलाई भेन्टिलेटरतर्फ जानबाट बचाउँछ । अक्सिजन स्याचुरेसन ९५ वा बढी प्रतिशत सामान्य, ९३ प्रतिशत कम भए अक्सिजन थेरापी र ९० प्रतिशत कम भए तुरुन्त अक्सिजन दिनुपर्छ । नेपालमा सिकिस्तलाई ७५ प्रतिशतलाई अक्सिजन मात्र दिई बचाउन सकिन्छ । जटिल बिरामीको उपचार अर्थात् बिरामी आईसीयूमा गइसकेपछि सबैभन्दा प्रभावकारी देखिएको थेरापी प्रोन भेन्टिलेसन अर्थात् बिरामीलाई २४ घण्टामा १३ देखि १४ घण्टा घोप्टो पारेर सुताउने हो । हाइफ्लोले ५० प्रतिशत बिरामीलाई भेन्टिलेटरमा जानबाट जोगाउँछ ।

दाल चामलझैँ अक्सिजन पनि घरमा तथा अस्पतालमा स्टक गर्ने बढी छन्

हालको अवस्था हेर्दा अभाव अक्सिजन नभई सिलिन्डरको देखिन्छ

बनाइएको अक्सिजन अभाव

धरानको प्रतिष्ठान, वीर, पाटन अस्पतालको अक्सिजन प्लान्ट बिगत एक वर्षदेखि थन्किएका छन् । दैनिक सिलिन्डर खपत कोभिडका बेला ३ गुणा जरुरत परिरहेको छ । पोखरा प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि चाहिने २ करोडमा ६५ लाख मात्र आएकोमा विगत ५ वर्षदेखि बंैकमै राखेर दैनिक १ सय ५० सिलिन्डर किनिरहेको छ । टेकु अस्पतालमा एक वर्ष अघि लिक्विड अक्सिजन प्लान्ट जडान भए पनि ग्यास सिद्धिएर खाली भएको छ । तथापि प्लान्टमा अक्सिजन आफंै उत्पादन नभई बाहिरबाट हाल्ने भएकाले आपूर्तिमा गडबडले प्लान्ट खाली बन्छन् । देशभर निजी तथा १ सय २५ सरकारीमा १६ गरी ३० वटा अक्सिजन प्लान्ट छन् ।

दाल चामलझैँ अक्सिजन पनि घरमा तथा अस्पतालमा स्टक गर्ने बढी छन् । मन्त्रालयमा अक्सिजन व्यवसायीसँग भएको छलफलमा आँकलन गरिएका बिरामी उपचार गर्न थप २० हजार सिलिन्डर आवश्यक पर्न सक्ने देखिएपछि व्यवसायीले १ प्रतिशत भन्सारमा कि मन्त्रालयले किन्ने र त्यसमा व्यवसायीले अक्सिजन भर्दिने सहमति भएको थियो अक्सिजन ग्यास सिलिन्डरमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ । राष्ट्र बैंकबाट ५ प्रतिशतभन्दा कम ब्याजको सस्तो ऋण उपलब्धताका लागि मन्त्रालयले पत्राचार गरेको थियो ।

तथापि भारतमा अक्सिजनको अभाव भएपछि नेपालबाट अक्सिजन भारततिर निर्यात हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागी बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिसकेको छ । अक्सिजन सिलिन्डरको कालो बजारी, विदेश पैठारी भई स्वदेशमा असहज अवस्थाको सिर्जना हुन नदिन खपत गर्ने उद्योग बन्द वा खपत कम गर्न गराउन अनुरोध गरेको छ । सामान्यतः ४० प्रतिशत अक्सिजन अर्थात् २ हजार सिलिन्डरको खपत औद्योगिक प्रायोजनका लागि हुने गर्छ ।

भारतमा अक्सिजन अभाव

भारतमा अक्सिजनको कमी नभएर त्यसलाई चाहिएको ठाउँसम्म पु¥याउने गतिलो संयन्त्रको अभावले हो । त्यही हविगत नेपालले पनि भोग्ने हो कि भन्ने चिन्ता छ । कोरोना अघि दैनिक ६५ हजार मेट्रिक टन अक्सिजन उत्पादन हुन्थ्यो भने हाल ७२ हजार मेट्रिक टन उत्पादन भइरहेको छ । सामान्यतः ७ सय मेट्रिक टन मेडिकल अक्सिजनले पुग्ने गरेकोमा अहिले ५ हजार मेट्रिक टन नपुग्ने भएको छ । मुद्दा अदालतमै पुगेपछि सरकारलाई निकै कडा चेतावनी दिँदै अक्सिजनको व्यवस्थापन गर्न आदेश दिँदै अक्सिजन वितरणमा बाधा उत्पन्न गर्ने सरकारी वा जोसुकैलाई पनि फाँसीको सजाय हुन सक्ने चेतावनी छ । पहिलो चरणमा उद्योगमा अक्सिजन उपयोगमा रोक, १६२ पीएसए मेडिकल अक्सिजन प्लान्ट स्थापना गर्न रकम निकासा, ५० हजार मेट्रिक टन अक्सिजन आयातका लागि निजी क्षेत्रलाई आह्वान ग¥यो । अक्सिजन चाँडै पु¥याउन अक्सिजन एक्सप्रेस रेल सञ्चालन, खाली सिलिन्डर भर्न वायु सेना परिचालन गरेको छ ।

नेपालको अक्सिजन अभाव

अस्पतालका अक्सिजन प्लान्ट मर्मत नहुँदा सिलिन्डरको भरमा छन् । अक्सिजन उत्पादन दैनिक ३० हजार बिरामीलाई पर्याप्त भए पनि अस्पतालमा पु-याउन सिलिन्डर कम भएकाले अभाव देखिएको छ । उपत्यकामा नौवटा प्लान्टले दैनिक ८ देखि १० हजार सिलिन्डरसम्म अक्सिजन भर्न सक्छन् । त्यत्तिकै मात्रामा बोक्न मिल्ने साना सिलिन्डर पनि छन् । उपत्यकाबाहिर १४ वटा प्लान्ट रहेका र त्यत्तिकै मात्रामा सिलिन्डर भर्न सक्छन् । अभाव अक्सिजनको नभई सिलिन्डरको देखिन्छ । हाल ठूला ५ उद्योगसँग १२ हजार र अन्य १६ साना उद्योगसँग २ हजारका दरले कुल करिब ९२ हजार सिलिन्डर सञ्चालनमा छन् । उपत्यकामा ८ र बाहिर १८ अद्योग भए पनि हाल सञ्चालनमा रहेका काठमाडांैका ५ र बाहिरका १६ गरी २१ उद्योगबाट क्रमश ८ हजार र १२ हजार गरी कुल २० हजार सिलिन्डर दैनिक क्षमता छ । जसले करिब ७ हजार बिरामीलाई २४सै घण्टा अक्सिजन दिन सकिन्छ । तर, त्यति नै बेलामा अर्काे सिलिन्डर बिरामीलाई जोडन बाँकी सिलिन्डर बाटोमा र खाली सिलिन्डर अस्पतालमै हुन सक्छ । सिलिन्डर नियमित प्रक्रियाबाट आयात गर्न तीन महिना लाग्न सक्ने भएकाले सरकारले नै जी टु जीमार्फत एक महिनामै ३० देखि ४० हजार सिलिन्डर खरिद गर्नुपर्ने देखिन्छ ।

लिक्विड अक्सिजन भारतबाट आयात गरिने भए पनि सिलिन्डरमा भरिने ग्यास नेपालकै वातावरणबाट उत्पादन गरिन्छ । हाल उद्योगले ६० प्रतिशत लेभलमा मात्र उत्पादन भइरहेका छन् । कोभिड १९ संक्रमितको उपचारमा आवश्यक पर्ने आईसीयू बेड, अक्सिजन सिलिन्डर, अक्सिजन फ्लोमिटर, सिलिन्जपम्प, आईसीयू मोनिटरलगायत १० प्रकारका स्वास्थ्य सामग्रीमा अनःशुल्क, भ्याट, महसुल कर छुट दिने निर्णय सरकारले वैशाख १३ गते गरेको छ ।

अन्तमा, अल्पज्ञान, सस्तो लोकप्रयिता र क्षणिक फाइदालाई प्रमुखता मानेर मात्र काम गर्दा भाइरसलाई परास्त गर्न सकिँदैन । स्मरण रहोस्, ट्रम्प सरकारले अमेरिकाको सीडीसीलाई पाखा लगाउँदा ठूलो क्षति बेहोरेको थियो त्यस्तै नेपालमा स्वास्थ्य मन्त्रालयले विज्ञप्ति,अनुरोध गरिरहे पनि सरकार मान्न, लागू गर्न नमान्दा नेपालकै नियति त्यस्तै होला कि भन्ने आशंका छ । एक महिनादेखि स्वास्थ्य मन्त्रालयले जतिसुकै हार गुहार गरे पनि देशको स्वास्थ्य मन्त्रालय कसले चलाएको छ भन्न सकिएको छैन । स्रोत र साधनमा धेरै सम्पन्न देशले हरेस खाइसकेका बेला नेपालले ठिक गर्छु भन्ने दिवा स्वप्न भएकाले जनस्वास्थ्य मापदण्ड लागू नै सर्वत ठीक हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार